Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सामुदायिक विद्यालयका १२० विद्यार्थीलाई वार्षिक छात्रवृत्ति दिने नेपाल ट्रष्टको प्रस्ताव

64x64
उत्तम काप्री मंगलबार, चैत १०, २०७७  १७:५२
1140x725
फाइल तस्वीर

काठमाडाैं- नेपाल ट्रष्टको कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि छात्रवृति दिने प्रस्तावसहितको कार्यविधि बनाएको छ।

कार्यालय स्थापना भएको १३ वर्षपछि सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वधार)सम्बन्धी कार्यविधिको प्रस्तावित मस्यौदा तयार पारेको हो।

स्थापना हुँदा नै नेपाल ट्रष्टले गरेको आयआर्जनबाट शैक्षिक क्षेत्रमा लगानी गर्ने विषय कानुनमा स्पष्ट रुपमा उल्लेख गरेको थियो। तर, आर्यआर्जन गर्न थालेको १३ वर्ष हुँदासम्म शैक्षिक क्षेत्रमा ट्रष्टले रकम लगानी नगरेको भन्दै विरोध भएको थियो। ट्रष्टको खातामा १ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ।

कानुनी व्यवस्था अनुसार ट्रष्टको सञ्चालक समितिको स्वीकृतिमा कार्यालयले पहिलो पटक नेपाल ट्रष्टको ऐन २०६४ को उद्देश्य अनुसार शैक्षिक क्षेत्रमा लगानी गर्नका लागि कार्याविधि तयार पारेको हो।

कार्यालयले नेपाल ट्रष्टको ऐन २०६४ को दफा ५ (२) क तथा नियमावली २०६५ को नियम ३ (२) बमोजिम नेपाल ट्रष्ट र सामुदायिक/सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका विद्यालयमा सहयोग गर्ने गरी कार्यविधिको मस्यौदा बनाएको हो।

शिक्षा ऐन २०२८ को दफा ११ दको आधारमा सहयोग तथा साझेदारी गर्न कार्यविधि जारी गर्न लागेको कार्यालयका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए।

कार्यालयले पहिलो चरणमा नेपालको प्रचलित कानुन बमोजिम दर्ता भै सञ्चालनमा रहेको सामुदायिक विद्यालय तथा सार्वजनिक शैक्षिक गुठीअन्तर्गत रही सञ्चालन भएका माध्यमिक विद्यालयलाई सहयोग गर्नेगरी कार्यविधि बनाएको हो।

नेपाल ट्रष्ट ऐन २०६४ को दफा ५, उपदफा २ को  खण्ड (क) मा विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्ने उल्लेख छ। सोही अनुसार शैक्षिक क्षेत्रमा लगानी गर्नेगरी कार्यविधि तयार पारेको भुसालले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा साझेदारी गर्ने र विद्यालय सञ्चालन सरोकारवालाको जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्ने उद्देश्य अगाडि सार्दै कार्यविधि बनाएको छ।

कार्यविधिमा दुर्गम, पिछडिएका क्षेत्र, दलित, अति विपन्न, सीमान्तीकृत तथा उपेक्षित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन छात्रवृत्ति उपलब्ध गराई न्यायपूर्ण समाजको स्थापना गर्न योगदान गर्ने उद्देश्य लिएको जनाएको छ।

यसैगरी, कार्यालयले तयार पारेको कार्यविधिले नेपाल ट्रष्टको स्वामित्व भएका जग्गामा सञ्चालनमा रहेका सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका) विद्यालयमा विज्ञान, गणित र सूचना प्रविधि र व्यवस्थापन विषयमा शिक्षण सिकाइमा प्रभावकारिता हासिल गर्न शिक्षकलाई क्षमता अभिवृद्धि कार्यक्रममा सहयोग गर्ने उद्देश्य लिएको छ।

कार्यविधिमा कार्यालयले दुर्गम, पिछडिएको क्षेत्र, दलित, अति विपन्न, सीमान्तीकृत तथा उपेक्षित समुदायबाट छनोट भएका वार्षिक १२० जना बालबालिकालाई आवासीय अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। यस्तो छात्रवृति सुविधा कक्षा ५ देखि १० सम्म अध्ययन गर्नेका लागि मात्रै हुने कार्यविधिमा उल्लेख छ।

Xtrem

Xtrem

छात्रवृत्ति रकम कति?

कार्यालयले छात्रवृत्ति वापतको अनुदान शैक्षिक सत्र २०७८ का लागि प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपैयाँ र पाठयपुस्तक तथा स्टेशनरी वापतसमेत रकम उपलब्ध गराउनेछ। कार्यालयले तयार पारेको कार्यविधिमा प्रत्येक आर्थिक वर्षमा ट्रष्टबाट स्वीकृत नर्म्सको आधारमा रकम भने तलमाथि हुने उल्लेख गरेको छ।

कार्यविधिमा छात्रवृत्तिका लागि ७७ वटै जिल्लाबाट १/१ जना, उच्च हिमाली जिल्ला, सबैभन्दा कम साक्षरता  दर भएका ३० जिल्लाबाट थप १/१ र विद्यालय रहेको नगरपालिका क्षेत्रबाट १ जना गरी १ सय २० जना विद्यार्थी छनोट गर्ने उल्लेख छ।

साथै कार्यविधिमा कम साक्षरता दर भएका जिल्ला र उच्च हिमाली जिल्ला दोहोरिन गएमा दोहोरिन नदिई १०औं पछिको क्रममा रहेका न्यून साक्षरतायुक्त जिल्लाबाट विद्यार्थी छनोट हुने उल्लेख छ। एक भन्दा बढी विद्यार्थी छनोट हुने जिल्लाहरुबाट कम्तिमा १/१ जना छात्रा हुनुपर्ने पनि कार्यविधिमा छ।

छात्रवृत्तिका लागि आवश्यक योग्यता

  • नेपाली नागरिकका सन्तान हुनुपर्ने
  • सरकारी निकाय तथा अन्य गैरसरकारी संघ संस्थाबाट तत्काल छात्रवृत्ति नपाएको
  • तोकिएको जिल्लाको सामुदायिक विद्यालयमा अध्ययन गरेको
  •  परिवारका सबै सदस्य कृषि वा परम्परागत पेसामा मात्र रहेका र कुनै स्थायी आयस्रोत नभई गरिबीको रेखामुनि रहेको
  •  कक्षा पाँचमा भर्ना हुँदा कक्षा ४ उत्तीर्ण गरेको लब्धांक पत्रको प्रतिलिपि
  •  गाउँ\नगर शिक्षा समितिले आवेदक विद्याथीले अंग्रेजी माध्यबाट पढाइ हुने विषय उत्तीर्ण गर्न सक्ने खालको मेधावी रहेको र शिक्षा, स्वास्थ्य जस्ता विकास सूचकहरुका आधारमा पिछडिका जातजाति वा समुदायका रहेको भए सो समेत खुलाई दिएको सिफारिस पत्र

छात्रवृत्ति प्रदानका लागि भने कार्यालयले तयार पारेको कार्यविधिमा एउटा मूल्यांकन समिति गठन गर्ने व्यवस्था राखेको छ। नेपाल ट्रष्टका सहसचिव संयोजक रहने मूल्यांकन समितिमा तीन सदस्य रहनेछन्।

जनशक्ति विकासका लागि पनि सहयोग

कार्यालयले तयार पारेको प्रस्तावित कार्यविधिको मस्यौदामा विद्यालयको जनशक्ति विकासमा पनि अनुदान प्रदान गर्ने उल्लेख छ।

कार्यविधिमा दक्ष र प्रतिस्पर्धी जनशक्ति तयार गर्न ख्यातिप्राप्त विद्यालयसँग अनुभव आदानप्रदान गर्ने तालिम प्रदायक संस्थामार्फत अनुशिक्षण तथा तालिम सञ्चालन गर्ने विषय उल्लेख छ। 

साथै शिक्षण सिकाइ प्रक्रियामा ख्यातिप्राप्त विद्यालयसँग साझेदारी गर्ने कार्यमा आर्थिक सहयोग, समन्वय गर्न सक्ने कार्यविधिमा उल्लेख छ। यसका लागि विद्यालयले कार्यालयसमक्ष प्रस्ताव पेस गर्नुपर्नेछ।

यसैगरी विद्यालय व्यवस्थापन समितिको सिफिारिसमा शिक्षण सिकाइमा उत्कृष्ट कार्यसम्पादन गरी विशिष्ट नतिजा ल्याउन योगदान पुर्‍याउने शिक्षक तथा व्यवस्थापकलाई समेत पुरस्कृत गर्ने कार्यविधिमा उल्लेख छ।

विद्यालयको पूर्वाधार विकासमा सहयोग
विद्यालयमा प्रयोगशाला, छात्राबास, खेलकुद सामग्री तथा अन्य शैक्षिक पूर्वाधारका लागि विद्यालयले ट्रष्टको कार्यालयमा प्रस्ताव पेस गर्न सक्ने कार्यविधिमा उल्लेख छ। तर, प्रस्ताव पेस गर्दा विस्तृत अध्ययन र लागत अनुमानसहितको विवरण बुझाउनु पर्नेछ।

विद्यालयबाट आएको प्रस्तावमा समन्वय समितिमा छलफल गरी समितिले निर्णयार्थ ट्रष्ट सञ्चालक समितिमा पेस गर्ने कार्यविधिमा उल्लेख छ। यसैगरी, शैक्षिक पूर्वाधार विकासमा स्थानीय तह, विद्यालय र कार्यालयले लागत साझेदारीसमेत गर्न सक्ने कार्यालयले तयार पारेको कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा सहयोग उपलब्ध गराउँदा नेपाल ट्रष्टको स्वामित्वमा रहेका जग्गा वा भौतिक संरचना प्रयोग गरिरहेका सामुदायिक वा संस्था (सार्वजनिक शैक्षिक गुठी)का विद्यालयलाई प्राथमिकता दिने उल्लेख छ।

नेपाल ट्रष्टबाट वितरण गरिने छात्रवृत्तिको विवरण

छात्रवृत्तिमा विद्यार्थी भर्ना
छात्रवृत्तिमा प्रतिविषयगत विद्यार्थी खर्च
छात्रवृत्तिमा प्रतिविद्यार्थी कूल खर्च विवरण

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्