• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेपाल ट्रष्टले निक्षेपदेखि सेयरसम्म लगानी गर्ने, यस्ता छन् कार्यविधिका ९ विशेषता

64x64
उत्तम काप्री आइतबार, चैत ८, २०७७  १९:१८
1140x725

काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले आफ्नो सम्पत्तिबाट आयआर्जन गरेको सम्पत्ति लगानी गर्ने गरी 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७' को  मस्यौदा तयार पारेको छ। कार्यालयले नेपाल ट्रष्टको ऐन २०६४ को दफा २५ को उपदफा (२) बमोजिम ट्रष्टले लगानी कार्यविधिको मस्यौदा तयार गरेको हो।

कार्यविधिको प्रस्तावित मस्यौदा सञ्चालक समितिबाट पास भइसकेको छ। कार्यविधि रायका लागि अहिले अर्थ मन्त्रालय पठाइएको कार्यालयले जानकारी दिएको छ। अर्थबाट राय आएपछि पुनः कोषको सञ्चालक समितिबाट यो कार्यविधि स्वीकृत गरिनेछ। समितिबाट स्वीकृत भएपछि कार्यविधिअनुसार लगानी गर्न बाटो खुला हुनेछ। 

कार्यविधिको मस्यौदामा ट्रष्टले आयआर्जन गरेको रकम सबै प्रकारका वित्तीय उपकरणमा लगानी गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ। बैंक निक्षेपमा पैसा राख्नेदेखि सेयरमा लगानीसम्म गर्न सक्ने गरी कार्याविधि तयार भएको हो। 

नेपाल टष्ट्रको ऐन २०६४ को दफा १७ बमोजिमको कोषमा जम्मा रहेको रकमलाई दक्षतापूर्ण, प्रभावकारी एंव प्रतिफलमुखी तरिकाले परिचालन गर्न कार्यविधि तयार पारिएको ट्रष्टको कार्यालयले जनाएको छ। ट्रष्टले नियमावली २०६५ को नियम ४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि तयारी गरी जारी गर्ने तयारी गरेको हो। 

कार्यविधिको मस्यौदामा मुद्दती निक्षेप, ऋणपत्र, म्युच्युअल फन्ड र सेयरमा लगानी गर्न सक्ने उल्लेख छ।

ऋणपत्रमा लगानी
नेपाल ट्रष्ट कोष लगानी कार्यविधि २०७७ मा ट्रष्टको नियमावली २०६५ को अधीनमा रही नेपाल राष्ट्र बैंकबाट जारी हुने विभिन्न ऋणपत्रमा लगानी गर्न र त्यस्ता ऋणपत्रहरू खरिद वा बिक्री गर्न सक्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुद्दती निक्षेपमा लगानी
ट्रष्टका कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक नभएको रकम प्रचलित कानुन बमोजिमका 'क' वा 'ख' वर्गका बैङ्क वा वित्तीय संस्थामा ट्रष्टको नाममा मुद्दती निक्षेप वा दीर्घकालीन प्रकृतिका निक्षेप खाता खोली जम्मा गर्ने सक्ने उल्लेख छ।

त्यसरी राखिने कुल मुद्दती निक्षेपमध्ये ६० प्रतिशत रकम 'क' वर्गका र पूर्वाधार विकास बैंकमा राख्नुपर्ने सर्त राखिएको छ। 

कार्यालयले मुद्दती निक्षेप वा दीर्घकालीन प्रकृतिका निक्षेपमा लगानी गर्दा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त 'क' वर्ग र पूर्वाधार विकास बैंकमध्ये समितिबाट स्वीकृति प्राप्त देहाय बमोजिमका न्यूनतम मापदण्डहरू पूरा भएको हुनुपर्ने कार्यविधिको बुँदा नम्बर ४ को (२)मा उल्लेख छ।

Xtrem

Xtrem

–सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेका।

–बैंकमा रहेको कोषको निक्षेप वा कूल निक्षेप अनुपात, संस्थागत निक्षेप वा कूल निक्षेप अनुपात, प्राथमिक पुँजी अनुपात, पुँजीकोष अनुपात, निष्क्रिय कर्जा अनुपात (नन-पर्फर्मिङ लोन रेसियो), कर्जा, स्वदेशी निक्षेप तथा प्राथमिक पुँजी अनुपात (क्रेडिट टु कोर क्यापिटल एन्ड लोन रेसियो) र खुद तरल सम्पत्ति वा स्वदेशी निक्षेपको अनुपात र उत्पादनमूलक क्षेत्रमा गरिने लगानी अनुपात नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रहेको।

-नेपाल राष्ट्र बैंकले कारोबारमा बन्देज नलगाएको, शीघ्र सकारात्मक कारबाहीबाट फुकुवा भएको अवधि एक वर्ष पूरा भएको वा समस्याग्रस्त कारबाहीको स्थितिबाट फुकुवा भएको तीन वर्ष पूरा भएको र कोषको जोखिम विश्लेषणमा लगानीको लागी उपयुक्त देखिएको।

– विगतमा कोषले मुद्दती निक्षेपमा लगानी गर्दा कोषलाई आवश्यक परेको समयमा म्याद समाप्त भएपश्चात निक्षेप रकम भुक्तान गर्न, पाकेको व्याजरकम तथा भुक्तानी अवधि नाघेको निक्षेप रकम सोही दिन कोषको खातामा प्रविष्टी गर्ने र कोषसँगको अन्य कारोवार समयमा राफसाफ गरेको वा सो अनियमितता वापतको विलम्ब ब्याज तथा कोषले निर्धारण गरको अन्य शर्त पूरा गरको÷शुल्क बुझाई सकेको।

– सञ्चित नोक्सानी नरहेको संस्था।

मुद्दती निक्षेपमा लगानीको सीमा
कोषले मुद्दती निक्षेपमा लगानी  गर्दा देहायको एकल पक्ष सीमाको अधीनमा रही गर्नु पर्न सर्त कार्यविधिमा उल्लेख छ। यसमा पनि एक पटक निर्णय गर्दा समान ब्याजदर तोक्ने बैंक वा वित्तीय संस्थाहरू मध्ये एउटा बैंक वा वित्तीय संस्थाको हकमा कोषको जम्मा बोलकबोल रकमको बढीमा १० प्रतिशतसम्म लगानी गर्न सकिने कार्यविधिको मस्यौदामा उल्लेख छ। 

तर, यसरी लगानी गर्न प्रर्याप्त बोलपत्र प्राप्त नभएमा सोही संख्याको आधारमा दामासाहीले लगानी गर्न सकिने व्यवस्था गरेको छ।

एउटा बैंक वा वित्तीय संस्थामा कोषको कुल मुद्दती निक्षेप लगानीको ७ प्रतिशतभन्दा बढी नराखिने, तर निजी क्षेत्रका बैंकहरु पर्याप्त संख्यामा उपलब्ध हुन नसके सरकारी स्वामित्वको बैंकमा कोषको कुल मुद्दती निक्षेप लगानीको २५ प्रतिशतसम्म राख्न सकिनेछ व्यवस्था कार्यविधिको मस्यौदामा छ। 

यसैगरी कार्यविधिको मस्यौदामा एउटा बैंक वा वित्तीय संस्थाको हकमा लगानीको निर्णय पश्चात कोषको सो बैंक वा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा डिबेन्चर वा प्रस्ताव पेस गर्न बैंक वा वित्तीय सस्थाको चुक्ता पुँजी तथा जगेडा कोषको अनुपात बढीमा ५० प्रतिशतसम्म हुन सक्ने उल्लेख छ। 

साथै एउटा बैंक वा वित्तीय सस्थाको हकमा लगानीको निर्णय पश्चात कोषको सो बैंक वा वित्तीय संस्थामा रहेको कुल निक्षेप वा प्रस्ताव पेस गर्ने बैंक वा वित्तीय संस्थाको कुल निक्षेप अनुपात बढीमा १५ प्रतिशतसम्म हुन सक्ने व्यवस्था गर्न लागिएको छ।

सेयरमा लगानी
सेयर लगानीको विषयमा नेपाल ट्रष्ट कोष लगानी कार्यविधिले नियमावलीको नियम ६ को उपनियम (२) (घ) मा भएको व्यवस्थाअनुसार कुनै बैंक वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक सेयरधनी हुने गरी लगानी गर्न सक्ने विषय मस्यौदामा उल्लेख छ। कार्यविधिको मस्यौदामा सेयरमा लगानी गर्दा देहायबमोजिम सर्तहरु अगाडि सारेको छ।

–बैंक वा वित्तीय संस्था, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट प्रवर्द्धन गरिएको जलविद्युत उत्पादन तथा प्रसारण परियोजना जस्ता सीमित दायित्व भएको कम्पनीमा संस्थापक सेयर, हकप्रद सेयर र अग्राधिकार सेयरमा लगानी गर्न सकिने।

–सेयरमा लगानी गर्दा बैंक, वित्तीय संस्था वा अन्य पब्लिक लिमिटेड कम्पनीबाट निश्कासित पुँजीको पाँच प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने।

–बैंक, वित्तीय संस्था वा पब्लिक लिमिटेड कम्पनीले जारी गरेको सेयर प्राथमिक वा दोस्रो बजारबाट समेत खरिद वा बिक्री गर्न सकिने।

यसैगरी, कार्यालयले तयार पारेको नेपाल ट्रष्ट कोष लागनी कार्यविधि,२०७७ ले सामाजिक आह्वानमार्फत निष्काशन गरिएको सेयर (आइपिओ)मा लगानी गर्दा सेयर निष्काशन गर्न संस्था प्रचलित कानुन बमोजिम स्थापना भएको र त्यस्तो सस्थाको कुनै नियमनकारी निकाय भएमा सो निकायवाट ईजाजत प्राप्त गरको हुनु पर्ने सर्त राखेको छ।

यसैगरी सेयर निष्काशनको विवरणपत्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको हुनुपर्ने र सेयर निष्काशन गर्न संस्थाको प्रति सेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी हुनुपर्ने र प्रति सेयर आम्दानी शून्यभन्दा माथि हुनुपर्ने विषय समावेश गरिएको छ।

यसैगरी कार्यविधिको मस्यौदामा जलविद्युत आयोजनाको प्राथमिक सेयर निष्काशनको हकमा त्यस्तो आयोजनाको प्रकार, क्षमता, प्रति मेगावाट लागत, लगानी फिर्ता भुक्तानी अवधि, प्राविधिक पक्षहरू (फ्लो, हेड, रन अफ रिभर वा प्लान्ट विथ रिजर्भायर) तथा आयोजनाका संस्थापकहरुको पृष्ठभूमिको पनि अध्ययन गरी लगानी गर्नुपर्ने विषय उल्लेख छ।

हकप्रद सेयर
कार्यालयले तयार पारेको नेपाल ट्रष्ट कोष लगानी कार्यविधि २०७७ मा हकप्रद सेयर (राइट सेयर) मा लगानी गर्दा  सेयरको बजार मूल्य सो सेयरको अंकित मूल्यभन्दा कम्तीमा बीस प्रतिशतले बढी हुनु उल्लेख छ। सेयरको बजार मूल्य भन्नाले त्यस्तो सेयरको कारोवार भएको पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य र सेयर कारोबार भएको निकटतम पछिल्लो दिनको अन्तिम मूल्य मध्ये जुन घटी छ सो मूल्य सम्झनु पर्ने समेत कार्यविधिमा उल्लेख छ। 

दोस्रो बजारको लगानीमा 
कार्यालयले तयार पारेको नेपाल ट्रष्ट कोष लगानी कार्यविधि २०७७ मा दोस्रो बजार लागनी (एफपिओ)मा लगानी गर्दा सेयरको विगत वर्षहरूको बजार दर, बजार मूल्य उतारचढाव तथा औसत मूल्य र हालको सेयरको बजार मूल्यको तुलनात्मक विश्लेषण गरी लगानी गर्नु पर्ने उल्लेख छ। 

यसैगरी, लिलाम बिक्रीका माध्यमबाट खुल्ला भएका संस्थापक समूहका सेयरमा लगानी गर्दा त्यस्तो सेयरको विगत वर्षहरूको बजार मूल्यको उतारचढाव तथा औषत मूल्य र हालको बजार मूल्यको तुलनात्मक विश्लेषण गरी बोलकबोलमा उल्लेखित न्यूनतम प्रतिसेयर दररेट तथा लगानी पश्चात सो कम्पनीले भविष्यमा दिन सक्ने प्रतिफललाई समेत आधार मानी फरक-फरक दररेटमा निवेदन दिई लगानी गर्न सक्न कार्यविधिमा उल्लेख छ। 

ऋणपत्रमा लगानी 
ऋणपत्रमा समेत लगानी गर्ने गरी कार्यविधिको मस्यौदा तयार पारिएको छ। नियमावलीको व्यवस्था अनुसार सञ्चालक समितिको स्वीकृतिमा कार्यालयले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्ने उल्लेख छ। ऋणपत्रमा लगानी गर्दा भने केही सर्त लागू हुने कार्यविधिमा उल्लेख छ। 
–ऋणपत्र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको हुनुपर्ने।

–ऋणपत्र जारी भएको विवरणपत्र नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको हुनुपर्ने।

–ऋणपत्रको भुक्तानी अवधि तोकिएको हुनुपर्ने। 

म्युचुअल फन्डमा लगानी
कार्यालयले तयार पारेको कार्यविधिको मस्यौदमा नेपाल ट्रष्टको नियमावलीको अधीनमा रही स्वीकृति प्राप्त म्युचुअल फन्ड तथा अन्य स्थिर सम्पत्तिमा लगानी गर्न सक्ने उल्लखे छ।

परामर्श सेवा लिन सकिने
कार्यविधिको मस्यौदा सेयर लगानी गर्दा कार्यालयले वित्तीय विश्लेषणका लागि चार्टर्ड एकाउन्टेन्ट वा अन्य विज्ञको परामर्श सेवा लिन व्यवस्था समेत गरेको छ। 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १९:१८
  • #नेपाल_ट्रष्ट
  • #लगानी_कार्यविधि_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्