• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चमा पालो नै आउँदैन सुनुवाइको, कानुन व्यवसायी भन्छन्- तयारी गरेर आयो बहसै हुँदैन

64x64
दुर्गा दुलाल मंगलबार, चैत ३, २०७७  १७:३५
1140x725

काठमाडाैं- सोमबारदेखि देशभरका मेडिकल कलेजहरुमा चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको कक्षा सञ्चालन हुँदै थियो। तर, सर्वोच्च अदालतमा पेशी भएपछि चिकित्सा शिक्षा आयोगले अदालतको आदेशपछि मात्र के गर्ने निर्णय गर्ने भन्दै कक्षा रोक्यो।

सर्वोच्चको एकल इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले अर्को सुनुवाइ हेर्ने निर्णयमा आयोग पुगेको थियो। तर, सोमबार उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेशी पर्‍यो। निवेदक प्रतिपक्ष र सरकारी पक्ष सबै तयारीका साथ बिहान ११ बजे नै सर्वोच्च पुगे। तर, उक्त मुद्दा  २८औं नम्बरमा पेशी तोकियो। यसरी अन्तिमतिर सुनुवाइको पेशी तोकिएपछि मुद्दा सुनुवाइ हुन सकेन। अग्राधिकार पाएको यो मुद्दाको सुनुवाइ कम्तिमा एक साता पछाडि धकेलियो। 

५२ जना विद्यार्थीको विवादका कारण करिब १६ सय सिटका लागि भर्ना भएका १२ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ। प्रवेश परीक्षा पास भएपछि 'मेरिट लिष्ट'बाट हटाइएका विद्यार्थी सर्वोच्च पुगेका थिए। कुल १३ सरकारी र ३६ खुला तर्फबाट विद्यार्थीले एकीकृत प्रवेश परीक्षा पास भए पनि दुर्गमको कार्यअनुभव  प्राप्त गर्नका लागि गलत विवरण पेश गरेको भन्दै उनीहरुलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको थियो। 

अदालतले निर्णय नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको र त्यसको असर अन्य विद्यार्थीलाई परेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए। अदालतको निर्णय नआएसम्म एमडी\एमएस र एमडीएसको  कक्षा सञ्चालन नहुने उपाध्याक्ष गिरीको भनाइ छ।

‘समोबारको पेशी पनि सर्‍यो, एमडी\एमएस र एमडीएसको कक्षा सञ्चालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने, ‘सर्वोच्चले आयोगविरुद्ध परेको मुद्दालाई प्राथमिकतामै राखेको सुनेका छौं, अब भोलिका दिनमा के हुन्छ। अदालतको निर्णय नआई पढाइ सुरु हुने भने अवस्था छैन।’   

यो विषयमा गएको माघ र फागुनमा ११ थान मुद्दा दायर भएका थिए। गएको फागुन ४ गते सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। दोस्रो सुनुवाइ गर्दै फागुन २६ मा मुद्दालाई प्राथमिकता दिने निर्णय सर्वोच्चले गरेको थियो।

त्यसपछि न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा सोमबार पेशी तोकिएको थियो। भट्टराई र फुयाँलको इजलासमा चिकित्सा शिक्षादेखि दिपकराज खरेलसम्मको मुद्दा पेशीमा रहेको थियो। 

कानुन व्यवसायीहरू पनि यसरी मुद्दाको पालो नआउँदा हैरानी खेपिरहेका छन्। 'बहसका लागि तयारी गरेर अदालत आयो मुद्दाको पालो नै आउँदैन फर्कनुपर्छ', सर्वाेच्चमा भेटिएका कानुन व्यसायीहरू भन्छन्, 'बरु थोरै पेशी राखेर सुनुवाइ गर्दा पालो पनि आउँछ। सेवाग्राहीले दु:ख पनि पाउँदैनन्।'

Ncell 2
Ncell 2
nimb
nimb

यसो हुँदा काठमाडाैं बाहिरबाट आउने सेवाग्राहीलाई पनि सहज हुने कानुन व्यवासयीहरू बताउँछन्। बिहान ११ बजे इजलास सुरु हुने, ३ बजे  सकिने र बीचमा चिया समय समेत छुट्याउनुपर्ने भएकाले बहसका लागि समय अपुग हुने उनीहरूको भनाइ छ। यसको व्यवस्थापनका लागि नेतृत्वले उचित योजना बनाउनुपर्ने  कानुन व्यवसायीहरूको सुझाव छ। 

एउटै इजलासमा ७३ थान मुद्दा
अन्त:शुल्क छपाइसम्बन्धी विवाद संसदको लेखा समितिबाट सुरु भयो। समितिले नेपालमै छपाइ गर्न निर्देशन दिएको थियो। संसदको लेखा समिति हुँदै सर्वोच्चसम्म विवाद पुगेपछि सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ सुरु गरिसकेको छ। तर, सर्वोच्चबाट यस विषयमा निर्णय छिटो हुनुपर्नेमा अझ अलमल र ढिलाइ भइरहेको छ। 

अन्त:शुल्क स्टिकरको मुद्दा पनि भट्टराई र फुयाँलको सोमबारकै इजलासमा पेशी रहेको थियो। मिराज प्रिन्टिङ सोलुसनले दर्ता गरेको मुद्दामा २०७७ मंसिर १४ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि उक्त मुद्दा सुनुवाइ हुन सकेको छैन।

यी दुई मुद्दा प्रतिनिधि उदाहारण मात्र हुन्। न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा मात्र ७६ थान मुद्दा पेशीमा परेका थिए। उक्त इजलासले सात वटा मुद्दामा मात्र सुनुवाइ गर्न भ्यायो। अन्य ७० थान भन्दा मुद्दा हेर्न नभ्याउने भयो।

सर्वोच्चका हरेक इजलासमा औसतमा १५ थान मुद्दा पेशीमा चढेका थिए। तीमध्ये औसतमा चार थान मुद्दामात्र सुनुवाइ भएका छन्। सोमबार १२ वटा इजलास गठन गरिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित २ पूर्ण र अन्य १० इजलास गठन भएका थिए।

राणाको इजलासमा पशुपतिको जलहरी सम्बन्धी  मुद्दा पेशीमा थियो। इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो। 

अर्को इजलासमा महालक्ष्मी गार्मेन्टको विवादमा निसु तोकिएपनि फैसला हुन सकेन। राणाले आफ्नो इजलासमा ६ थान पेशी तोकेपनि पशुपतिको मुद्दा मात्र सुनुवाइ गर्न भ्याए। अन्य पाँच थान मुद्दा भने हेर्न नभ्याइने हुँदै सुनुवाइ सर्‍यो। 

१ लाख  मुद्दा  विचाराधीन, सर्वोच्चमा मात्र २४ हजार 
देशभरका अदालतमा करिब १ लाख मुद्दा विचाराधीन छन्। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६\७७को वार्षिक प्रतिवेदन अनुसार देशभरका अदालतमा गत वर्षको जिम्मेवारी सरेर १ लाख ६ हजार २ सय ६५ मुद्दा आएका थिए भने २ लाख ११ हजार २ सय ५४ नयाँ दर्ता भएका थिए। कुल  ३  लाख १७ हजार ५ सय २० थानमध्ये हाल १ लाख २२ हजार मुद्दा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ।

सर्वोच्चमा जिम्मेवारी सरेको २४ हजार १ सय ८० र नयाँ दर्ता ११ हजार ८ सय १ थान मुद्दा थिए। यी सबै गरी  ३५ हजार ९ सय ८१ थान भएकोमा  ११ हजार २ सय २५ थान फैसला हुँदै २४ हजार ७ सय ५६ थान मुद्दा यो वर्षका लागि सरेका थियो।  सर्वोच्चमा यो आर्थिक वर्षमा ३१ प्रतिशत मुद्दा मात्र फैसला भएको थियो। 

मुद्दा धेरै भएको र एउटै मुद्दामा धेरै कानुन व्यवसायी सं‌लग्न हुँदा पनि सुनुवाइ नहुने समस्या भइरहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए। २५ हजार मुद्दा विचाराधीन रहेको बताउँदै उनले हरेक दिन १० वटा इजलासले सुनुवाइ गर्नुपर्ने भएकाले धेरै मुद्दा चाहेर पनि सुनुवाइ हुन नसकेको जानकारी दिए।

यही समस्याका कारण सुनुवाइ समयमै होस् भनेर  सर्वोच्चले पञ्चवर्षीय रणनीतिक योजना सुरु गरेको उनले बताए। विगतको वर्षभन्दा मुद्दा दर्ता हुनेक्रममा पनि वृद्धि भएकाले धेरै मुद्दा थुप्रने क्रम रहेको उनको भनाइ छ। सर्वोच्चले यसलाई व्यवस्थित गराएर छिटो सुनुवाइका लागि कम कानुन व्यवसायी राख्नेदेखि बहसको समय तोक्नेसम्मका कार्य गरिरहेको उनले बताए।

सर्वोच्चमा दायर हुने सार्वजनिक सरोकारका मुद्दाका कारण पनि धेरै मुद्दा सुनुवाइ हुन नसकेको देखिन्छ। केही साताअघि सर्वोच्चको संवैधानिक इजलासमा दायर भएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा करिब २ महिना निरन्तर सुनुवाइ भएको थियो। 

यो अवधिमा संवैधानिक इजलासमा अन्य मुद्दा सुनुवाइ हुन सकेन। प्रतिनिध सभा विघटन सम्बन्धी मुद्दाको फैसलापछि संवैधानिक इजलास गठन भएको छैन। संवैधानिक इजलास गठन नहुँदा संवैधानिक निकायमा अध्यादेशमार्फत् भएको नियुक्ति सम्बन्धी  विवादको पहिलो सुनुवाइ पनि हुन सकेको छैन। 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्