• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चमा पालो नै आउँदैन सुनुवाइको, कानुन व्यवसायी भन्छन्- तयारी गरेर आयो बहसै हुँदैन

64x64
दुर्गा दुलाल मंगलबार, चैत ३, २०७७  १७:३५
1140x725

काठमाडाैं- सोमबारदेखि देशभरका मेडिकल कलेजहरुमा चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको कक्षा सञ्चालन हुँदै थियो। तर, सर्वोच्च अदालतमा पेशी भएपछि चिकित्सा शिक्षा आयोगले अदालतको आदेशपछि मात्र के गर्ने निर्णय गर्ने भन्दै कक्षा रोक्यो।

सर्वोच्चको एकल इजलासले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले अर्को सुनुवाइ हेर्ने निर्णयमा आयोग पुगेको थियो। तर, सोमबार उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेशी पर्‍यो। निवेदक प्रतिपक्ष र सरकारी पक्ष सबै तयारीका साथ बिहान ११ बजे नै सर्वोच्च पुगे। तर, उक्त मुद्दा  २८औं नम्बरमा पेशी तोकियो। यसरी अन्तिमतिर सुनुवाइको पेशी तोकिएपछि मुद्दा सुनुवाइ हुन सकेन। अग्राधिकार पाएको यो मुद्दाको सुनुवाइ कम्तिमा एक साता पछाडि धकेलियो। 

५२ जना विद्यार्थीको विवादका कारण करिब १६ सय सिटका लागि भर्ना भएका १२ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ। प्रवेश परीक्षा पास भएपछि 'मेरिट लिष्ट'बाट हटाइएका विद्यार्थी सर्वोच्च पुगेका थिए। कुल १३ सरकारी र ३६ खुला तर्फबाट विद्यार्थीले एकीकृत प्रवेश परीक्षा पास भए पनि दुर्गमको कार्यअनुभव  प्राप्त गर्नका लागि गलत विवरण पेश गरेको भन्दै उनीहरुलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको थियो। 

अदालतले निर्णय नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको र त्यसको असर अन्य विद्यार्थीलाई परेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए। अदालतको निर्णय नआएसम्म एमडी\एमएस र एमडीएसको  कक्षा सञ्चालन नहुने उपाध्याक्ष गिरीको भनाइ छ।

‘समोबारको पेशी पनि सर्‍यो, एमडी\एमएस र एमडीएसको कक्षा सञ्चालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने, ‘सर्वोच्चले आयोगविरुद्ध परेको मुद्दालाई प्राथमिकतामै राखेको सुनेका छौं, अब भोलिका दिनमा के हुन्छ। अदालतको निर्णय नआई पढाइ सुरु हुने भने अवस्था छैन।’   

यो विषयमा गएको माघ र फागुनमा ११ थान मुद्दा दायर भएका थिए। गएको फागुन ४ गते सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। दोस्रो सुनुवाइ गर्दै फागुन २६ मा मुद्दालाई प्राथमिकता दिने निर्णय सर्वोच्चले गरेको थियो।

त्यसपछि न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा सोमबार पेशी तोकिएको थियो। भट्टराई र फुयाँलको इजलासमा चिकित्सा शिक्षादेखि दिपकराज खरेलसम्मको मुद्दा पेशीमा रहेको थियो। 

कानुन व्यवसायीहरू पनि यसरी मुद्दाको पालो नआउँदा हैरानी खेपिरहेका छन्। 'बहसका लागि तयारी गरेर अदालत आयो मुद्दाको पालो नै आउँदैन फर्कनुपर्छ', सर्वाेच्चमा भेटिएका कानुन व्यसायीहरू भन्छन्, 'बरु थोरै पेशी राखेर सुनुवाइ गर्दा पालो पनि आउँछ। सेवाग्राहीले दु:ख पनि पाउँदैनन्।'

Ncell 2
Ncell 2
nimb
nimb

यसो हुँदा काठमाडाैं बाहिरबाट आउने सेवाग्राहीलाई पनि सहज हुने कानुन व्यवासयीहरू बताउँछन्। बिहान ११ बजे इजलास सुरु हुने, ३ बजे  सकिने र बीचमा चिया समय समेत छुट्याउनुपर्ने भएकाले बहसका लागि समय अपुग हुने उनीहरूको भनाइ छ। यसको व्यवस्थापनका लागि नेतृत्वले उचित योजना बनाउनुपर्ने  कानुन व्यवसायीहरूको सुझाव छ। 

एउटै इजलासमा ७३ थान मुद्दा
अन्त:शुल्क छपाइसम्बन्धी विवाद संसदको लेखा समितिबाट सुरु भयो। समितिले नेपालमै छपाइ गर्न निर्देशन दिएको थियो। संसदको लेखा समिति हुँदै सर्वोच्चसम्म विवाद पुगेपछि सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ सुरु गरिसकेको छ। तर, सर्वोच्चबाट यस विषयमा निर्णय छिटो हुनुपर्नेमा अझ अलमल र ढिलाइ भइरहेको छ। 

अन्त:शुल्क स्टिकरको मुद्दा पनि भट्टराई र फुयाँलको सोमबारकै इजलासमा पेशी रहेको थियो। मिराज प्रिन्टिङ सोलुसनले दर्ता गरेको मुद्दामा २०७७ मंसिर १४ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि उक्त मुद्दा सुनुवाइ हुन सकेको छैन।

यी दुई मुद्दा प्रतिनिधि उदाहारण मात्र हुन्। न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा मात्र ७६ थान मुद्दा पेशीमा परेका थिए। उक्त इजलासले सात वटा मुद्दामा मात्र सुनुवाइ गर्न भ्यायो। अन्य ७० थान भन्दा मुद्दा हेर्न नभ्याउने भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चका हरेक इजलासमा औसतमा १५ थान मुद्दा पेशीमा चढेका थिए। तीमध्ये औसतमा चार थान मुद्दामात्र सुनुवाइ भएका छन्। सोमबार १२ वटा इजलास गठन गरिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित २ पूर्ण र अन्य १० इजलास गठन भएका थिए।

राणाको इजलासमा पशुपतिको जलहरी सम्बन्धी  मुद्दा पेशीमा थियो। इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो। 

अर्को इजलासमा महालक्ष्मी गार्मेन्टको विवादमा निसु तोकिएपनि फैसला हुन सकेन। राणाले आफ्नो इजलासमा ६ थान पेशी तोकेपनि पशुपतिको मुद्दा मात्र सुनुवाइ गर्न भ्याए। अन्य पाँच थान मुद्दा भने हेर्न नभ्याइने हुँदै सुनुवाइ सर्‍यो। 

१ लाख  मुद्दा  विचाराधीन, सर्वोच्चमा मात्र २४ हजार 
देशभरका अदालतमा करिब १ लाख मुद्दा विचाराधीन छन्। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६\७७को वार्षिक प्रतिवेदन अनुसार देशभरका अदालतमा गत वर्षको जिम्मेवारी सरेर १ लाख ६ हजार २ सय ६५ मुद्दा आएका थिए भने २ लाख ११ हजार २ सय ५४ नयाँ दर्ता भएका थिए। कुल  ३  लाख १७ हजार ५ सय २० थानमध्ये हाल १ लाख २२ हजार मुद्दा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ।

सर्वोच्चमा जिम्मेवारी सरेको २४ हजार १ सय ८० र नयाँ दर्ता ११ हजार ८ सय १ थान मुद्दा थिए। यी सबै गरी  ३५ हजार ९ सय ८१ थान भएकोमा  ११ हजार २ सय २५ थान फैसला हुँदै २४ हजार ७ सय ५६ थान मुद्दा यो वर्षका लागि सरेका थियो।  सर्वोच्चमा यो आर्थिक वर्षमा ३१ प्रतिशत मुद्दा मात्र फैसला भएको थियो। 

मुद्दा धेरै भएको र एउटै मुद्दामा धेरै कानुन व्यवसायी सं‌लग्न हुँदा पनि सुनुवाइ नहुने समस्या भइरहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए। २५ हजार मुद्दा विचाराधीन रहेको बताउँदै उनले हरेक दिन १० वटा इजलासले सुनुवाइ गर्नुपर्ने भएकाले धेरै मुद्दा चाहेर पनि सुनुवाइ हुन नसकेको जानकारी दिए।

यही समस्याका कारण सुनुवाइ समयमै होस् भनेर  सर्वोच्चले पञ्चवर्षीय रणनीतिक योजना सुरु गरेको उनले बताए। विगतको वर्षभन्दा मुद्दा दर्ता हुनेक्रममा पनि वृद्धि भएकाले धेरै मुद्दा थुप्रने क्रम रहेको उनको भनाइ छ। सर्वोच्चले यसलाई व्यवस्थित गराएर छिटो सुनुवाइका लागि कम कानुन व्यवसायी राख्नेदेखि बहसको समय तोक्नेसम्मका कार्य गरिरहेको उनले बताए।

सर्वोच्चमा दायर हुने सार्वजनिक सरोकारका मुद्दाका कारण पनि धेरै मुद्दा सुनुवाइ हुन नसकेको देखिन्छ। केही साताअघि सर्वोच्चको संवैधानिक इजलासमा दायर भएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा करिब २ महिना निरन्तर सुनुवाइ भएको थियो। 

यो अवधिमा संवैधानिक इजलासमा अन्य मुद्दा सुनुवाइ हुन सकेन। प्रतिनिध सभा विघटन सम्बन्धी मुद्दाको फैसलापछि संवैधानिक इजलास गठन भएको छैन। संवैधानिक इजलास गठन नहुँदा संवैधानिक निकायमा अध्यादेशमार्फत् भएको नियुक्ति सम्बन्धी  विवादको पहिलो सुनुवाइ पनि हुन सकेको छैन। 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्