• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेवानिले वाइडबडी किन्न लिएको २४ अर्ब ऋण बढेर सवा २९ अर्ब पुग्यो, पुँजी विस्तारमा अर्थको 'ग्रिन सिंग्नल'

64x64
उत्तम काप्री सोमबार, चैत २, २०७७  २१:४८
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुई वटा वाइडबडी ए-३३० विमान खरिदका लागि लिएको २४ अर्ब ऋण बढेर सवा २९ अर्ब रुपैयाँ पुगेको छ। तीन वर्षअघि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२-१२ अर्ब रुपैयाँ ऋण लिएर दुईवटा वाइडबडी ए-३३० विमान खरिद गरेको थियो।

निगमले झन्डै १० प्रतिशत ब्याजमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई विमान ल्याएको थियो। पहिलो विमान २०७४ असार र दोस्रो साउनमा आइपुगेको थियो। 

विमान आएको महिना दिनपछि निगमले उक्त विमानबाट व्यावसायिक उडान सुरु गरेको थियो। तर, उडान भएको ३ वर्षसम्म पनि वाइडबडी विमान फुलफेजमा सञ्चालन हुन भने सकेको छैन। कोभिड महामारीका कारण एक वर्षदेखि वाइडबडी विमानको उडान केही मात्रामा मात्रै भएको छ। 

कोभिड महामारी सुरु हुनुभन्दा अगाडि पनि निगमले वाइडबडी विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज भुक्तानी गर्न सकेको थिएन। कोभिडपछि ऋणको किस्ता र ब्याज भुक्तानी गर्ने विषय निगमको प्राथमिकतामा परेको छैन। अहिले निगमले उडानबाट कर्मचारीलाई तलब खुवाउने रकम र अल्पकालीन ऋण, ब्याज र किस्ता तिरिरहेको छ। 

कर्मचारी सञ्चय कोषले १२ अर्ब ऋणको किस्ता र ब्याज समयमा नतिरेपछि त्यसलाई पुँजीकरण गरेर १४ अर्ब १५ करोड ७१ लाख ९४ हजार ८ सय रुपैयाँ पुर्‍याएको छ। पछिल्लो समयको किस्ता र ब्याज ६९ करोड १५ लाख हजार ९ सय ३५ रुपैयाँ छ। अब यो रकमलाई पनि कोषले पुँजीकरण गरेपछि विमान खरिदका लागि लिएको ऋण १४ अर्ब ८३ करोड ८७ लाख  ४६ हजार ७ सय ६० रुपैयाँ पुग्नेछ।

यसैगरी वाइडबडी विमान खरिदका लागि नागरिक लगानी कोषसँग पनि निगमले १२ अर्ब ऋण लिएको थियो। उक्त रकम पनि बढेर १३ अर्ब ८१ करोड ७३ लाख ५५ हजार ८ सय रुपैयाँ पुगिसकेको छ। यसबाहेक पनि पछिल्लो समयको किस्ता र ब्याज रकम ७३ करोड ५२ लाख १९ हजार ५ सय ३९ रुपैयाँ छ। यो रकमलाई पनि कोषले ब्याज पुँजीकरणमा जोडेपछि तिर्नुपर्ने रकम १४ अर्ब ५५ करोड २५ लाख ७५ हजार ३ सय ४० रुपैयाँ पुग्नेछ।

No description available.

यसरी निगमले २ वटा वाइडवडी विमान खरिदका लागि लिएको २४ अर्ब ऋणको दायित्व बढेर २९ अर्ब ३९ करोड १३ लाख २२ हजार १ सय रुपैयाँ पुग्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

१० अर्ब ऋणको ६ वर्षमा ६० करोड मात्रै घट्यो 
यसैगरी निगमले २ वटा एयरबस-३२० विमान खरिदका लागि ६ वर्ष अगाडि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो। उक्त ऋणको पनि समयमै किस्ता र ब्याज तिर्न नसकेपछि दायित्व बढेको बढ्यै छ। 

ऋण लिएको ६ वर्षमा निगमले ६० करोड रुपैयाँ मात्रै घटाएको छ। अहिले पनि निगमले एयरबस खरिदका लागि लिएको ऋणको किस्ता र ब्याजको पुँजीकरण गरेपछि तिुर्नपर्ने सावा रकम ९ अर्ब ४० करोड २७ लाख ५३ हजार ८ सय १ रुपैयाँ पुगेको छ। यो रकममा पनि पछिल्लो समयको किस्ता र ब्याज थपिने क्रममा छ। पछिल्लो समयको ब्याज र किस्ताबापतको रकम ४४ करोड ७० लाख ८६ हजार १ सय १३ रुपैयाँ पुगेको छ। यो रकम पनि निगमले तत्काल तिर्न नसक्ने अवस्थामा छ। यो रकमलाई पनि पुँजीकरण गर्दा एयरबस-३२० विमान खरिदका लागि निगमले लिएको ऋणको तिर्न पर्ने दायित्व रकम ९ अर्ब ८४ करोड ९८ लाख ३९ हजार  ९ सय १४ रुपैयाँ पुग्नेछ।

निगमको ऋण ४६ अर्ब नाघ्यो
गत वर्षको असार मसान्तसम्म निगमको सम्पूर्ण सम्पत्तिको पुँजीकरण ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार छ। तर, निगमको ऋण अहिले ४६ अर्ब १३ करोड ४६ लाख ६५ हजार ७ सय २२ रुपैयाँ पुगेको छ। 

कर्मचारी सञ्चय कोषलाई तिुर्नपर्ने ऋण मात्रै २६ अर्ब १८ करोड ८५ लाख ८६ हजार ६ सय ७५ छ। यसैगरी नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण १४ अर्ब ५५ करोड २५ लाख ७५ हजार ३ सय ४० रुपैयाँ छ। साथै राष्ट्रिय वाणिज्य बैंकको ५९ करोड ५ लाख २३ हजार ७ सय ५६ रुपैयाँ, हिमालयन बैंकको १ अर्ब १९ करोड ३१ लाख ६३ हजार २ सय ७२ रुपैयाँ र सरकारलाई तिर्नु पर्ने ऋण ३ अर्ब ६० करोड ९८ लाख १६ हजार ६ सय ७८ रुपैयाँ छ।

ऋणको भार किन बढ्दै छ?
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई हामीले ऋणको भार किन बढेको बढ्यै छ भनेर सोधेका थियौँ। उनले सरकारले निगमलाई बचाइराख्ने भए पुँजी विस्तार गरिदिनुपर्ने बताए। सरकारले पुँजी विस्तारका लागि स्वीकृति नदिँदा ऋण बढेको उनको भनाइ छ। 

‘निगमको सुरुवाती पुँजी र ऋणको भार सन्तुलन अति नै दयानीय छ,’ पौडेलले भने, ‘ऋणको भार ९४ प्रतिशत छ। सुरुवाती पुँजी (लगानी)को भार ६ प्रतिशत मात्रै छ।’

सरकारले निगमको पुँजी विस्तारमा सहयोग नगरेको अवस्थामा निगमले आर्थिक संकट पार लगाउन नसक्ने पौडेल बताउँछन्।

सरकारले निगमको पुँजी विस्तार गरेर ५० अर्ब रुपैयाँ बनाइदिने हो भने सोही वर्षबाट निगम नाफामा जाने र राष्ट्रिय ध्वजाबाहकको छवि सुधार आउने पौडेल बताउँछन्। साथै सरकारले पुँजी विस्तार गरे ३० प्रतिशत लगानी गर्नु पर्ने पौडलको तर्क छ।

पुँजी विस्तारमा अर्थको 'ग्रिन सिंग्नल'
निगमले १० वर्षे व्यावसायिक योजनासहित पुँजी विस्तारका लागि सरकारसँग गरेको अनुरोधमा अर्थ मन्त्रालयले 'ग्रिन सिग्नल' दिएको छ। अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत निगमको पुँजी विस्तारमा सहयोग गर्ने आश्वासन दिइसेको छ। 

निगमको व्यावसायिक योजना सञ्चालक बोर्डबाट अनुमोदन भइसकेको छ। अनुमोदन भएको व्यावसायिक योजना अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको छ। 

निगमको चुक्ता पुँजी ३१ करोड रुपैयाँ पुगेको छ। यसलाई बढाएर ५० अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भन्दै निगमले व्यावसायिक योजना अगाडि सारेको थियो। निगमको सुरुवाती पुँजी अति नै न्यून रहेको कारण व्यावसायिक योजना अगाडि बढाउने असहज भएको महाप्रबन्धक पौडेल बताउँछन्।

निगमको पुँजी विस्तारको विषय नयाँ भने होइन। निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकारले २०७३ सालदेखि नै निगमको पुँजी विस्तारको विषय उठाउँदै आएका थिए। तर, सरकारले निगमलाई फाइदामा लैजाने आधारसहित व्यवसायिक योजना माग गर्दै आएको थियो।

कंसाकारपछि कार्यकारी अध्यक्ष बनेका मदन खरेलले पनि पुँजी विस्तारका लागि सरकारसँग अनुरोध गरिरहेका थिए। २०७६ सालमा निगमले वार्षिकोत्सव मनाउँदै गर्दा खरेलले सुरुवाती पुँजी अति नै न्यून भएका कारण निगमले आर्थिक संकट भोग्दै आएको बताउँदै पुँजी विस्तार गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए।
 
वार्षिकोत्सव कार्यक्रममा नै प्रधानमन्त्री ओलीले तत्काल निगमको पुँजी विस्तार नगर्ने र निगमलाई फाइदामा लैजाने गरी व्यावसायिक योजना आएको अवस्थामा सरकारले रकम दिने बताएका थिए।

निगमका हरेक काम विवादित बन्दै गएपछि २०७६ माघमा खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसपछि महाप्रबन्धक भएका पौडेलले व्यवसायिक योजना ल्याएको महिनौँ हुँदा पनि सरकारले पुँजी विस्तारको बाटो नखोलिदिएपछि आर्थिक संकटमा परेको निगमले बताउँदै आएको छ। निगमको ऋण मात्रै ४६ अर्बभन्दा बढी पुगिसकेको छ भने एयरबस ए–३२० र वाइडबडी ए–३३० विमान खरिदमा लिएको ऋणको ब्याज र किस्तासमेत तिर्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्