• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनताले एक वर्षमा हाले सरकारविरुद्ध १६ हजार मुद्दा

64x64
दुर्गा दुलाल आइतबार, चैत १, २०७७  १२:१७
1140x725

काठमाडाैं- सर्वोच्च, उच्च, जिल्ला अदालत र अन्य न्यायिक निकायमा गरी सरकारविरुद्ध नागरिकले एक वर्षमा १६ हजार मुद्दा दायर गरेका छन्। अर्थिक वर्ष २०७६/७७ मा मात्र नेपाल सरकारविरुद्ध ९ हजार ३ सय ३८ थान रिट निवेदन दायर भएका छन्।

त्यस्तै, अन्य निवेदनको संख्या ६ हजार ९ सय ७ थान रहेको छ। सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार सरकारले पक्ष भई यो वर्ष मुद्दा चलाउने निर्णय भएका मुद्दाको संख्या २९ हजार ७ सय ६० रहेको छ। ती मुद्दाहरूमा जम्मा प्रतिवादी संख्या ५४ हजार ५ सय ४२ रहेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ अनुसार २८ हजार ७ सय ४२ थान मुद्दा दायर भएका छन्। अनुसूची-१ को भाग-२ अन्तर्गत रहेका मुद्दामा ५२ हजार ५९ जना प्रतिवादी छन्। अनुसूची-१ मा परिच्छेद २४ सम्मका मुद्दा रहेका छन्। यो खण्डमा राज्य विरुद्धको कसूरदेखि लिखितसम्बन्धी कसूर रहेका छन्।

मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची-२ को कसूरमा १ हजार १८ थान मुद्दा दायर भएका छन्। यी मुद्दामा २ हजार ४ सय ८३ जना प्रतिवादी छन्। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतको मुद्दा दायर गर्ने विशेष सरकारी वकिल कार्यालयबाट यो आर्थिक वर्षमा ३ हजार ६ सय ९३ थान मुद्दा दायर भएका छन्। यी मुद्दाहरूमा ३ हजार ७ सय ८० जना प्रतिवादी छन्।

यस आर्थिक वर्षमा घटेका कसूरसम्बन्धी विवरणमध्ये अनुसूची-१ भित्रका अपराधमा ४१ हजार ८ सय ९८ थान मुद्दा दर्ता भएका छन्। अनुसूची-२ को कसूर संख्या १ हजार १८ गरी कुल ४२ हजार ९ सय १६ कसूर सम्बन्धी मुद्दा दर्ता भएको सरकारी तथ्यांकमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट बहस, पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको संख्या ९५ हजार ८ सय थान रहेको छ। सरकार विपक्षी भएका ७९ हजार ५ सय ५५ थान मुद्दामा सरकारी वकिलले सरकारको बचाउ गरेका छन् ।

सर्वोच्चमा मात्रै सरकार विरुद्धका १४ हजार  निवेदन

महान्यायाधिवक्ताको कार्यालयले सर्वाेच्च अदालतमा मात्र १४ हजार २ सय ३६ थान मुद्दा बहस, पैरवी र प्रतिरक्षा गरेको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये ३ हजार १३ थान फैसला भएको उल्लेख छ। कुल मुद्दामध्ये ६२ प्रतिशतमा सरकारलाई जिताउन सफल भएको र ३७.४० प्रतिशतमा विपक्षमा फैसला भएको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

उच्च सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको संख्या २२ हजार १ सय ५९ रहेकोमा १२ हजार ८ सय २० थान फैसला भएको छ।

कसूर ठहर र निवेदन खारेज प्रतिशत ५३.०५ रहेको प्रतिवेदनमा उल्लेख छ। विशेष सरकारी वकिल कार्यालय, काठमाडौंबाट बहस, पैरवी र प्रतिरक्षा गरिएका मुद्दा तथा निवेदनको संख्या ६ हजार ३ सय ८५ थान रहेको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये २ हजार ५ सय ४८ थान फर्छ्योट भइ मुद्दामा कसूर ठहर र निवेदन खारेज प्रतिशत ९५ प्रतिशत रहेको छ।

जिल्ला सरकारी वकिल कार्यालयबाट ५४ हजार २० थान रिट, निवेदन बहस, पैरवी र प्रतिरक्षा गरिएको छ। यीमध्ये २३ हजार ४ सय ६० थान फैसला हुँदा मुद्दामा कसूर ठहर र निवेदन खारेज प्रतिशत ८१ रहेको प्रतिवेदनमा उल्लेख छ। ७० प्रतिशत मुद्दा सरकारले जित्यो। समग्रमा सरकारवादी मुद्दा, रिट र निवेदनमा कसूर ठहर र निवेदन खारेज ७० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

महान्यायाधिवक्ताको कार्यालयमा प्रतिसरकारी वकिल वार्षिक ३३१.०७ वटा मुद्दाको जिम्मेवारी रहेको प्रतिवेदनमा उल्लेख छ। उच्च सरकारी वकिल कार्यालयमा प्रतिसरकारी वकिल वार्षिक १९० थान, विशेष सरकारी वकिल कार्यालयमा प्रतिवकिल ३१९ थान र जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवकिल २०९ थान मुद्दामा बहस गनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

समग्रमा प्रतिसरकारी वकिल मुद्दा संख्या २२१ थन रहेको प्रतिवेदनमा उल्लेख छ। संघीय संरचनाको कार्यान्वयन, नयाँ संहिता र संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेका ऐनहरुले बढाएको जिम्मेवारी समेतका आधारमा यो कार्यबोझको संख्या क्रमशः बढ्दै जाने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

फैसला कार्यान्वयन गर्ने निकाय गम्भीर भएनन् सरकारी वकिलको कार्यालयले सर्वाेच्च अदालतबाट प्रतिपादन भएका सिद्धान्त र आदेशको कार्यान्वयनका लागि सम्बन्धित निकाय गम्भीरतापूर्वक अग्रसर नभएको आरोप लगाएको छ।

हिरासत, बाल सुधार गृह तथा कारागारमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था र हिरासत, बाल सुधार गृह तथा कारागारको कक्ष अनुगमन गरी पेश भएका प्रतिवेदनलाई अध्ययन गरी ती प्रतिवेदनले सुझाएका सुझावको कार्यान्वयनतर्फ संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ।

अभियोजन प्रशिक्षण केन्द्रलाई पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्था गरी मुलुकी अपराध संहिता, २०७४ समेतका कानुनले गरेका व्यवस्थाका सम्बन्धमा सरकारी वकिल तथा कर्मचारीलाई निरन्तर अभिमुखीकरण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ।

फौजदारी न्याय प्रशासनमा प्रभावकारिता ल्याउन र सरकारी वकिलको जिम्मेवारी पूरा गर्न प्रत्येक कार्यालयमा आवश्यक पर्ने न्यूनतम दरबन्दीका अतिरिक्तप्रति १५० मुद्दाका लागि एक जना सरकारी वकिलको अनुपातमा सरकारी वकिलको दरबन्दी कायम गरिनु अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्