• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

उपाधि पुलिसलाई, मेयर्स कपमा देखिएका केही उत्कृष्ट प्रदर्शन

64x64
सराेज तामाङ शनिबार, फागुन २९, २०७७  १४:१६
1140x725

काठमाडौं– विभागीय क्लब नेपाल पुलिसले ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफलाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिसले एपीएफलाई स्तब्ध पार्दै उपाधि चुम्यो। १०६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले २४. १ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। पुलिसको जितमा ओपनर सुनिल धमलाले अर्धशतकीय पारी खेले। उनी ५९ रनमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल र अलिकुमार साहले समान १५–१५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे।

 बलिङतर्फ एपीएफका अविनाश बोहरा र भुवन कार्कीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसलाई झिनो लक्ष्य दिएको हो। २९.४ ओभरमा सबै विकेटको क्षतिमा एपीएफले १०५ रन मात्रै बनायो। एपीएफका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन्। 

बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए। १० रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान शरद भेषावकर शून्यमै आउट भएपछि एपीएफ दबाबमा आएको थियो। 

यसअघि शंकर राना चार र आशिफ शेख शून्यमै आउट भएका थिए। एपीएफका ब्याट्सम्यानले पुलिसविरुद्ध खुलेर खेल्न सकेनन्। पुलिसका गुल्सन झा र सागर ढकालले समान ४–४ विकेट लिए।

उपाधिसँगै पुलिसले पाँच लाख नगद पाउँदा उपविजेतामा चिक्त बुझाएको एपीएफले तीन लाख पाएको छ।

प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी दीपेन्द्र घाेषित भए। त्यस्तै उत्कृष्ट ब्याट्सम्यानमा आर्मीका कप्तान विनेद भण्डारी र उत्कृष्ट बलरमा बागमतीका आरियाे पाैडेल घाेषित भए।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो रह्यो उपाधि यात्रा

पुलिसले लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा पुलिसले एपीएफसँग आफ्नो दोस्रो खेलमा एक विकेटको हार ब्यहोरेको थियो। 

यसअघि पुलिसले आफ्नो पहिलो खेलमा भने बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो। तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको पुलिसले चौथो खेलमा काठमाडौं मेयर्स एघार टिमलाई १०३ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पहिलो पटक आयोजना भएको काठमाडौं मेयर्स कपको उपाधि दौडमा पुलिसले लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो। पुलिसले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनायो।

पुलिसलाई उपाधि जिताउन सबै खेलाडीले उतिकै महत्वपूर्ण भूमिका खेले। बलिङमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसको ब्याटिङ पनि राम्रै देखियो। 

विशेषगरी दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको अलराउण्डर भूमिका रह्यो भने, सुनिल धमला, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की लगायतले ब्याटिङमा सन्तोषजनक नै प्रदर्शन गरे। बलिङ, सागर ढकाल, गुल्सन झा र ललितनारायण राजवंशीले किफायति प्रदर्शन गरे।

ब्याट्सम्यान, अलराउण्डर र बलरको समिश्रण प्रदर्शनमा पुलिसले उपाधि चुम्न सफल भयो।

दीपेन्द्र र पवनको शनसनीपूर्ण प्रदर्शन

काठमाडौं मेयर्स कप प्रतियोगिताको उपाधि पुलिसले जित्दा टिमका दुई हिरो सावित भए, दीपन्द्र र पवन। पुलिसले खेलेका लिग चरणका चार खेलमध्ये दुई खेलमा दीपेन्द्र प्लेयर अफ द म्याच घोषित हुँदा पवन पनि दुई पटक नै प्लेयर अफ द म्याच चुनिए।

पहिलो खेलमा बागमतीलाई दुई रनले हराउँदा दीपेन्द्रले चार विकेट लिए। त्यस्तै, एपीएफसँग एक रनले हार्दा पनि दीपेन्द्र उत्कृष्ट खेलाडी सावित भए। उनले शतकसहित १४० रन बनाए। जुन प्रतियोगिताकै पहिलो शतक बन्यो। प्रतियोगितामा दीपेन्द्रले कुल पाँच खेलबट १७६ रन बनाए। जसमा एक शतक र एक अर्धशतक बन्यो। 

सर्वाधिक रन बनाउने खेलाडीमा भने आर्मीका कप्तान विनोद भण्डारी रहे। विनोदले चार खेलबाट एक शतकसहित १८४ रन बनाए। त्यस्तै, बलिङतर्फ पनि दीपेन्द्र चम्किए। उनले कुल ८ विकेट लिन सफल भए।
त्यस्तै, एपीएफविरुद्धकै खेलमा ब्याटिङतर्फ ३५ र बलिङतर्फ पवनले पाँच विकेट लिए। 

आर्मीविरुद्ध ब्याटिङतर्फ २२ र बलिङमा तीन विकेट लिएका पवन नायक बने। त्यसपछि उनले काठमाडौंलाई पराजित गर्दा पनि चार विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भएका थिए। ब्याटिङतर्फ ८४ रन बनाएका पवन बलिङमा जमे। उनले सर्वाधिक १३ विकेट लिए। एपीएफविरुद्ध उनले ९ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए।

तीन शतक

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा यो पटक तीन शतक बन्यो। जसमा पहिलो शतक पुलिसका दीपेन्द्रले बनाउँदा दोस्रो शतक बागमती प्रदेशका पारस खड्का र तेस्रो शतक आर्मीका विनोद भण्डारीले बनाए।

दीपेन्द्रले बनाएको शतकमा टिम पुलिस भने एपीएफसँग एक विकेटले हारेको थियो। त्यो खेलमा दीपेन्द्रले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै शतकसहित १४० रन बनाए। जुन प्रतियोगिताकै सर्वाधिक उच्च रन हो।

पारस र विनोदले भने अन्तिम खेलमा एकआपसको टिमविरुद्ध बनाएका थिए। पहिले ब्याटिङ गरेको बागमतीका लागि पारसले शतकसहित उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई उकासे। 

१३३ बलमा ११ चौका र दुई छक्कासहित पारसले ११९ रन बनाएका थिए। जवाफी ब्याटिङ थालेको आर्मीले बागमतीसँग खेल १० रनले हारेपनि विनोदले भने शतक बनाए। 

विनोदले पनि शतकसहित ११९ रन नै बनाएका थिए। उनले ११४ बलमा आठ चौका र सात छक्का प्रहार गरे।  विनोद प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्।

१२ अर्धशतक

प्रतियोगितामा १२ अर्धशतक बन्यो। जसमा एपीएफका सन्दीप जोराले दुई अर्धशतक बनाए। सन्दीपले पुलिसविरुद्ध ६१ रन बनाए। त्यस्तै, दोस्रो अर्धशतक बनाउने क्रममा उनले काठमाडौं मेयर्स ११ टिमविरुद्ध ६२ रन बनाए। सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा रहेका उनले पाँच खेलबाट १६६ रन जोडे।

त्यस्तै, सुनिल धमलाले एपीएफविरुद्ध फाइनल खेलमा अर्धशतक बनाए। उनी फाइनलमा ५९ रनमा अविजित रहे। त्यस्तै, आर्मीका अलराउण्डर सोमपाल कामीले काठमाडौं मेयर्स एघारविरुद्ध अर्धशतक बनाए। उनले ८० रन जोडेका थिए। बागमती प्रदेशका नन्दन यादवले ६० रन बनाए।

एपीएफका आशिफ शेखले ५०, बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ५७, एपीएफकै सुमित महर्जनले ६०, पृथु बास्कोटाले ६०, एपीएफका कप्तान शरद भेषावकरले ६१, आर्मीका रोहितकुमार पौडेलले ५६, एपीएफका सुवास खकुरेलले ५० रन बनाउँदै अर्धशतक बनाए।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग २ सिरिज : नेपालले आज स्कटल्याण्डसँग खेल्दै विश्वकप क्रिकेट लिग–२ अन्तर्गत २०२३ मा स्कटल्यान्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा प... मंगलबार, वैशाख २९, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ खेल मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा ३ विकेटले हारेको अमेरिका आज नेपाल ए लाई हराएर लि... सोमबार, वैशाख २८, २०८३
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्पष्ट निर... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत मंगलबार, वैशाख २९, २०८३
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा आजदेखि सुरु मंगलबार, वैशाख २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्