• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

देशबाहिर नेपाली उत्पादन चिनाउने अभियानमा 'ने–नेपाल' [भिडियोसहित]

64x64
पुष्पा केसी शुक्रबार, फागुन २८, २०७७  ०७:०१
1140x725

काठमाडाैं–‘ने’ को अर्थ के होला? किंवदन्ती अनुसार मरिचि ऋषिका पुत्र ‘ने’ मुनिले पालन गरेको ठाउँका रूपमा ‘नेपाल’ रहन गएको विश्वास पनि छ। हामीलाई लाग्यो, ‘ने–नेपाल’ भन्ने नाम पनि यसैगरी राखियो होला। कम्तीमा यो नाम यही किंवदन्तीको सेरोफेरोमा फुराइएको होला। तर, नेपाली कला र संस्कृति झल्कने विभिन्न उत्पादनको प्रबर्द्धनमा जुटिरहेको स्टार्टअप ‘ने–नेपाल’की सह–संस्थापक तुल्जा केडियासँग भेटेपछि पूर्वानुमानभन्दा फरक तथ्य फेला परे।  

तुल्जा केडियालाई भेटेपछि हामीले सबभन्दा सुरुमा सोध्यौं– ‘ने–नेपाल भन्ने कस्तो नाम हो? यसले के अर्थ बोकेको छ? अनि यो नाम कसरी छान्नुभो?’ किनभने नाम नै कुनै पनि ब्राण्डको खास परिचय हो। अझ कुनै व्यापार वा व्यवसायमा त नाम नै ब्राण्डका रुपमा हुन्छ।    

उनको जवाफ हामीले अपेक्षा गरेभन्दा फरक थियो। ‘ने' को अर्थ फ्रेन्च भाषामा जन्म हो। त्यसैले नेपालमै उत्पादित वस्तुको प्रतिनिधित्व हुनेगरी 'ने-नेपाल' नाम राखिएको हो,' उनले सुनाइन्, ‘अर्थात् प्रोडक्टस् द्याट आर बर्न इन नेपाल।’

सन् २०१८ को अगस्टमा ने–नेपालले आफ्ना उत्पादनलाई बजारमा ल्याएको थियो। ‘यसको एउटै उदेश्य हो– नेपालको सांस्कृतिक जीवनशैलीसँग जोडिएका उत्पादनको प्रचार–प्रसार गर्नु’, उनले भनिन्, ‘त्यसैअनुरुप ने–नेपालले होम डेकोर, ज्वेलरी, वेलनेस (छालाको स्याहार सम्बन्धी) प्रोडक्ट र सेरामिक स्थानीय स्तरमै उत्पादन सुरु गरेको छ।’ 

ने–नेपालले आफ्ना उत्पादन मुख्यतः दुईवटा अन्तर्राष्ट्रिय वेवसाइट मार्फत् भारतको मुम्बई, जर्मनी, बेलायत लगायतका ठाउँमा निर्यात गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित नेपाली विशेषताका वस्तुको माग धेरै भएको केडियाको अनुभव छ। 

विभिन्न मुलुकमा नेपालमा उत्पादित वस्तुको माग र निर्यात बढिरहँदा देशभित्रै भने यसबारे पर्याप्त जानकारी थिएन, छैन। अरु त अरु, ने–नेपालकी सह–संस्थापक केडियाकै  परिवारका सदस्य पनि यसबाट अनभिज्ञ जस्तै थिए। त्यही महसुस गरेर ने–नेपालले कोरोना महामारी कम हुँदै गएपछि ललितपुरको झम्सिखेलमा आफ्नै स्टोर सञ्चालनमा ल्याएको छ। स्टोर खोलेपछि स्थानीय बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको केडिया बताउँछिन्। 

ने–नेपालको सुरुवाती योजना ग्रामीण भेगमा उत्पादित वस्तुमा केन्द्रित हुने थियो। प्राथमिकता पनि त्यसलाई नै दिइएको थियो। तर, स्थानीय विश्वास जित्न आफूहरुसँग सामग्री नभएपछि उसको यो योजना सुरुमै सफल हुन सकेन। ‘अब ग्रामीण भेगसम्म पुगेर त्यहाँ उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिस्तरमा पुर्‍याउने लक्ष्य राखेका छौं’, केडियाले भनिन्, ‘त्यसका लागि सुरुमा ग्रामीण भेगका महिलालाई स्किल ट्रेनिङ दिने योजना छ।’

nimb
nimb
Ncell 2
Ncell 2

यसरी सुरु भयो ने–नेपाल 
उद्योग–व्यवसायमा जमेको परिवारमा जन्मेकी तुल्जा केडियालाई आफैले केही नयाँ काम सुरु गर्नुपर्छ भन्ने लाग्थ्यो। तर, के गर्ने भन्ने उपाय फुरेको थिएन। सोच्थिन्, तर अन्योल थियो। 

त्यसबेला उनी भारतको मुम्बइमा बस्थिन्। विदेशमा पढेकी उनी मुम्बईमा जागिर गर्थिन्।  इसू ढाक्रस उनको साथी थिइन्। दुवैजना मुम्बइमा सँगै काम गर्थे। सोचाई इसुको पनि उनको जस्तै थियो। नेपालमै केही नयाँ काम गर्नुपर्छ भन्ने थियो। तर, द्विविधा इसुमा पनि उस्तै थियो।

यस्तैमा दुवैजना मुम्बइको जागिर छाडेर नेपाल फर्के। नेपालको संस्कृति झल्कने, नेपाली पहिचान बुझाउने र यहीँ नै उत्पादन भएका वस्तु अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु पर्छ भन्ने निष्कर्षमा उनीहरु पुगे। अनि दुवैको सहकार्यमा स्थापना भयो, ने–नेपाल। 

कम्पनी त स्थापना भयो, तर कसरी अगाडि बढ्ने भन्नेबारे सुरुका दिनमा दुवैजना अनभिज्ञ थिए। केडियाले विगत सम्झिइन्, ‘कारिगरलाई भेट्न जाँदा दुईजना केटी मात्र आएर यसरी ठूलो कुरा गरिरहेका छन् भन्ने मनोभाव प्रष्ट देखिन्थ्यो। उहाँहरुमा पुरुष र महिलालाई हेर्ने फरक हेराई पनि देख्न सकिन्थ्यो।’

त्यसमाथि कारिगरहरुलाई विश्वास दिलाउने उनीहरुसँग केही आधार थिएन। तर, विस्तारै उनीहरुले कुरा बुझाउन सके। अनि सम्बन्ध विश्वासमा बदलियो। ‘अनेक उपाय खोज्दै जाँदा बाटाहरु पनि भेटिँदै जाँदा रहेछन्’, उनले सुनाइन्। 

यो काम सुरु गर्दाका दिन सम्झने क्रममा केडियाले सेरामिकसँग जोडिएको घटना पनि सम्झिइन्। उनी सेरामिकको बारेमा रिसर्च गर्दै थिइन्। त्यस क्रममा कतिपयले उनलाई सुनाए, ‘अबको १० वर्षमा सेरामिक उद्योग नै नेपालबाट हराउँछ।’ 

कारण खोज्दै जाँदा थाहा भयो, युवा पुस्ता यसबाट टाढिँदै गएको रहेछ। जो यसमा आवद्ध थिए, उनीहरुले मिहिनेत गरेअनुसार कमाई गर्न सकिरहेका थिएनन्। सेरामिकको महत्व र सम्भावना देखेर ने–नेपालले यसलाई आफ्नो प्रमुखमध्ये एक उत्पादन बनाउन सुरु गर्‍यो। सुरुआती दिन जति कठिन थिए, अहिले त्यति नै सहज हुँदै गएको केडियाको अनुभव छ।

‘दुई वर्षमा हामीले जे जति गरेका छौं, त्यो सबै हामीले सिक्दै गरेका हौं। हरेक दिन नयाँ कुरा सिकिरहेका छौं,' उनले सुनाइन्, ‘अहिले विभिन्न समुदायबाट २९ जना कारिगर हामीसँग जोडिनु भएको छ। उहाँहरुलाई डिजाइन हामीले नै दिन्छौं, त्यहीअनुसार उहाँहरुले सामान बनाउनुहुन्छ। ती सामग्री हातबाटै बन्छन्। उहाँहरुबाट धेरै सहयोग मिलेको छ। उहाँहरुको साथ र सहयोगबिना यहाँसम्म आइपुग्न सम्भव थिएन।’

ने–नेपालमा सेरामिक बनाउने भक्तपुरका ५ जना स्थानीय कारिगर छन्। ज्वेलरी बनाउने दुईजना महिला छन्। कोरोना महामारीका बेला काठमाडौं छाडेर गाउँ जान लागेका उनीहरुलाई ज्वेलरी बनाउने काममा आवद्ध गरिएको थियो।  

परम्परा झल्किने विलासितामा रुचि 
नेपाली मौलिक उत्पादन संसारलाई चिनाउने काम त अरु धेरैले पनि गरिरहेका छन्। ने–नेपालले चाहिँ त्यसभन्दा भिन्न के चाहिँ गरिरहेको छ त? केडियाको जवाफ छ, ‘हामीले कलात्मक विलासिताका वस्तुलाई केन्द्रमा राखेका छौं। त्यसका निम्ति नेपाली संस्कृतिको बारेमा बुझाउने प्रयास गरिरहेका छौं ताकि त्यसमा हाम्रो परम्परा पनि झल्कियोस्। अनि समुदायको शिल्प पनि भेटियोस् जहाँ हाम्रो समाज प्रतिबिम्बित होस्।’

समय अहिले सहज छैन। व्यवसाय गर्नेहरुका लागि त झन् सहज छैन। तर, केडियाले प्रतिकुल समयलाई पनि अनुकुल बनाउने प्रयत्न गरिरहेकी छन्। ‘समय त हामी बदल्न सक्दैनौं, यो जस्तो छ त्यसैलाई स्वीकारेर सुन्दर कलात्मक बस्तुहरु निर्माण गर्न जुट्ने हो जसले जसले वर्तमानलाई परिभाषित पनि गरोस् अनि जीवनभर उपयोगी पनि भइरहोस्।’ 

ने–नेपालले पैतृक कथा बोल्ने स्थानीय कला, आधुनिक बिरासतका पारखी र खोजकर्ताका लागि आफ्ना उत्पादन विशेष रहेको दाबी गरेको छ। ‘उनीहरुलाई हाम्रा उत्पादन प्रेरणादायी हुनेछन्। हामी स्थानीय शिल्प संरक्षण गर्न चाहने कलाकारका लागि एक प्लेटफर्म बन्न चाहन्छौं’, केडियाले भनिन्, ‘समग्रमा सांस्कृतिक जटिलता र यसको गहिराइ खोतल्ने प्रयास गर्छौं। कलामार्फत् संस्कृतिको वास्तविक परिचय समाजसामु ल्याउनु हाम्रो उद्धेश्य हो।’

३५ लाख लगानीमा मासिक ४ लाख आम्दानी
नेपाली मौलिक पहिचान बोक्ने वस्तुलाई विदेशीमाझ चिनाउने ने–नेपालको अभियान सुन्दा जति आकर्षक छ, आर्थिक रुपमा यो कति फाइदाजनक छ त? हामीले यो प्रश्न तुल्जा केडियालाई सोध्यौं।

उनले यसको हिसाबकिताब सुनाउनुअघि केही पृष्ठभूमि खोतलिन्। यो काम सुरु गर्दाका सजिला, अप्ठेरा सबै सम्झिइन्। र, हिसाब निकालिन्। ‘हामीले अहिलेसम्म जम्मा ३५ लाख जति लगानी गरेछौं’, उनले भनिन्, ‘अहिले महिनाको करिब चार लाख रुपैयाँ जति आम्दानी हुन्छ। पाँचजनालाई प्रत्यक्ष र ३० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी पनि दिएका छौं।’ 

यो काम सुरु गरेपछिको एक वर्ष त कोरोना महामारी, त्यसले निम्त्याएको लकडाउन आदीमै बित्यो। तर, यो असहज अवस्थामा पनि उनी निराश छैनन्। ‘कोभिडको समयमा पनि सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौं, त्यसकारण यसको स्कोप राम्रो छ भन्ने लागेको छ’, उनले भनिन्, ‘परम्परागत संस्कृतिसँग जोडिएका उत्पादन भएकाले यसको बजार भविष्यमा अझ फैलिनेछ भन्नेमा हामी विश्वस्त छौं।’ 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०७:०१
  • #स्टार्ट_अप_बिजनेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्