• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

देशबाहिर नेपाली उत्पादन चिनाउने अभियानमा 'ने–नेपाल' [भिडियोसहित]

64x64
पुष्पा केसी शुक्रबार, फागुन २८, २०७७  ०७:०१
1140x725

काठमाडाैं–‘ने’ को अर्थ के होला? किंवदन्ती अनुसार मरिचि ऋषिका पुत्र ‘ने’ मुनिले पालन गरेको ठाउँका रूपमा ‘नेपाल’ रहन गएको विश्वास पनि छ। हामीलाई लाग्यो, ‘ने–नेपाल’ भन्ने नाम पनि यसैगरी राखियो होला। कम्तीमा यो नाम यही किंवदन्तीको सेरोफेरोमा फुराइएको होला। तर, नेपाली कला र संस्कृति झल्कने विभिन्न उत्पादनको प्रबर्द्धनमा जुटिरहेको स्टार्टअप ‘ने–नेपाल’की सह–संस्थापक तुल्जा केडियासँग भेटेपछि पूर्वानुमानभन्दा फरक तथ्य फेला परे।  

तुल्जा केडियालाई भेटेपछि हामीले सबभन्दा सुरुमा सोध्यौं– ‘ने–नेपाल भन्ने कस्तो नाम हो? यसले के अर्थ बोकेको छ? अनि यो नाम कसरी छान्नुभो?’ किनभने नाम नै कुनै पनि ब्राण्डको खास परिचय हो। अझ कुनै व्यापार वा व्यवसायमा त नाम नै ब्राण्डका रुपमा हुन्छ।    

उनको जवाफ हामीले अपेक्षा गरेभन्दा फरक थियो। ‘ने' को अर्थ फ्रेन्च भाषामा जन्म हो। त्यसैले नेपालमै उत्पादित वस्तुको प्रतिनिधित्व हुनेगरी 'ने-नेपाल' नाम राखिएको हो,' उनले सुनाइन्, ‘अर्थात् प्रोडक्टस् द्याट आर बर्न इन नेपाल।’

सन् २०१८ को अगस्टमा ने–नेपालले आफ्ना उत्पादनलाई बजारमा ल्याएको थियो। ‘यसको एउटै उदेश्य हो– नेपालको सांस्कृतिक जीवनशैलीसँग जोडिएका उत्पादनको प्रचार–प्रसार गर्नु’, उनले भनिन्, ‘त्यसैअनुरुप ने–नेपालले होम डेकोर, ज्वेलरी, वेलनेस (छालाको स्याहार सम्बन्धी) प्रोडक्ट र सेरामिक स्थानीय स्तरमै उत्पादन सुरु गरेको छ।’ 

ने–नेपालले आफ्ना उत्पादन मुख्यतः दुईवटा अन्तर्राष्ट्रिय वेवसाइट मार्फत् भारतको मुम्बई, जर्मनी, बेलायत लगायतका ठाउँमा निर्यात गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित नेपाली विशेषताका वस्तुको माग धेरै भएको केडियाको अनुभव छ। 

विभिन्न मुलुकमा नेपालमा उत्पादित वस्तुको माग र निर्यात बढिरहँदा देशभित्रै भने यसबारे पर्याप्त जानकारी थिएन, छैन। अरु त अरु, ने–नेपालकी सह–संस्थापक केडियाकै  परिवारका सदस्य पनि यसबाट अनभिज्ञ जस्तै थिए। त्यही महसुस गरेर ने–नेपालले कोरोना महामारी कम हुँदै गएपछि ललितपुरको झम्सिखेलमा आफ्नै स्टोर सञ्चालनमा ल्याएको छ। स्टोर खोलेपछि स्थानीय बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको केडिया बताउँछिन्। 

ने–नेपालको सुरुवाती योजना ग्रामीण भेगमा उत्पादित वस्तुमा केन्द्रित हुने थियो। प्राथमिकता पनि त्यसलाई नै दिइएको थियो। तर, स्थानीय विश्वास जित्न आफूहरुसँग सामग्री नभएपछि उसको यो योजना सुरुमै सफल हुन सकेन। ‘अब ग्रामीण भेगसम्म पुगेर त्यहाँ उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिस्तरमा पुर्‍याउने लक्ष्य राखेका छौं’, केडियाले भनिन्, ‘त्यसका लागि सुरुमा ग्रामीण भेगका महिलालाई स्किल ट्रेनिङ दिने योजना छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सुरु भयो ने–नेपाल 
उद्योग–व्यवसायमा जमेको परिवारमा जन्मेकी तुल्जा केडियालाई आफैले केही नयाँ काम सुरु गर्नुपर्छ भन्ने लाग्थ्यो। तर, के गर्ने भन्ने उपाय फुरेको थिएन। सोच्थिन्, तर अन्योल थियो। 

त्यसबेला उनी भारतको मुम्बइमा बस्थिन्। विदेशमा पढेकी उनी मुम्बईमा जागिर गर्थिन्।  इसू ढाक्रस उनको साथी थिइन्। दुवैजना मुम्बइमा सँगै काम गर्थे। सोचाई इसुको पनि उनको जस्तै थियो। नेपालमै केही नयाँ काम गर्नुपर्छ भन्ने थियो। तर, द्विविधा इसुमा पनि उस्तै थियो।

यस्तैमा दुवैजना मुम्बइको जागिर छाडेर नेपाल फर्के। नेपालको संस्कृति झल्कने, नेपाली पहिचान बुझाउने र यहीँ नै उत्पादन भएका वस्तु अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु पर्छ भन्ने निष्कर्षमा उनीहरु पुगे। अनि दुवैको सहकार्यमा स्थापना भयो, ने–नेपाल। 

कम्पनी त स्थापना भयो, तर कसरी अगाडि बढ्ने भन्नेबारे सुरुका दिनमा दुवैजना अनभिज्ञ थिए। केडियाले विगत सम्झिइन्, ‘कारिगरलाई भेट्न जाँदा दुईजना केटी मात्र आएर यसरी ठूलो कुरा गरिरहेका छन् भन्ने मनोभाव प्रष्ट देखिन्थ्यो। उहाँहरुमा पुरुष र महिलालाई हेर्ने फरक हेराई पनि देख्न सकिन्थ्यो।’

त्यसमाथि कारिगरहरुलाई विश्वास दिलाउने उनीहरुसँग केही आधार थिएन। तर, विस्तारै उनीहरुले कुरा बुझाउन सके। अनि सम्बन्ध विश्वासमा बदलियो। ‘अनेक उपाय खोज्दै जाँदा बाटाहरु पनि भेटिँदै जाँदा रहेछन्’, उनले सुनाइन्। 

यो काम सुरु गर्दाका दिन सम्झने क्रममा केडियाले सेरामिकसँग जोडिएको घटना पनि सम्झिइन्। उनी सेरामिकको बारेमा रिसर्च गर्दै थिइन्। त्यस क्रममा कतिपयले उनलाई सुनाए, ‘अबको १० वर्षमा सेरामिक उद्योग नै नेपालबाट हराउँछ।’ 

कारण खोज्दै जाँदा थाहा भयो, युवा पुस्ता यसबाट टाढिँदै गएको रहेछ। जो यसमा आवद्ध थिए, उनीहरुले मिहिनेत गरेअनुसार कमाई गर्न सकिरहेका थिएनन्। सेरामिकको महत्व र सम्भावना देखेर ने–नेपालले यसलाई आफ्नो प्रमुखमध्ये एक उत्पादन बनाउन सुरु गर्‍यो। सुरुआती दिन जति कठिन थिए, अहिले त्यति नै सहज हुँदै गएको केडियाको अनुभव छ।

‘दुई वर्षमा हामीले जे जति गरेका छौं, त्यो सबै हामीले सिक्दै गरेका हौं। हरेक दिन नयाँ कुरा सिकिरहेका छौं,' उनले सुनाइन्, ‘अहिले विभिन्न समुदायबाट २९ जना कारिगर हामीसँग जोडिनु भएको छ। उहाँहरुलाई डिजाइन हामीले नै दिन्छौं, त्यहीअनुसार उहाँहरुले सामान बनाउनुहुन्छ। ती सामग्री हातबाटै बन्छन्। उहाँहरुबाट धेरै सहयोग मिलेको छ। उहाँहरुको साथ र सहयोगबिना यहाँसम्म आइपुग्न सम्भव थिएन।’

ने–नेपालमा सेरामिक बनाउने भक्तपुरका ५ जना स्थानीय कारिगर छन्। ज्वेलरी बनाउने दुईजना महिला छन्। कोरोना महामारीका बेला काठमाडौं छाडेर गाउँ जान लागेका उनीहरुलाई ज्वेलरी बनाउने काममा आवद्ध गरिएको थियो।  

परम्परा झल्किने विलासितामा रुचि 
नेपाली मौलिक उत्पादन संसारलाई चिनाउने काम त अरु धेरैले पनि गरिरहेका छन्। ने–नेपालले चाहिँ त्यसभन्दा भिन्न के चाहिँ गरिरहेको छ त? केडियाको जवाफ छ, ‘हामीले कलात्मक विलासिताका वस्तुलाई केन्द्रमा राखेका छौं। त्यसका निम्ति नेपाली संस्कृतिको बारेमा बुझाउने प्रयास गरिरहेका छौं ताकि त्यसमा हाम्रो परम्परा पनि झल्कियोस्। अनि समुदायको शिल्प पनि भेटियोस् जहाँ हाम्रो समाज प्रतिबिम्बित होस्।’

समय अहिले सहज छैन। व्यवसाय गर्नेहरुका लागि त झन् सहज छैन। तर, केडियाले प्रतिकुल समयलाई पनि अनुकुल बनाउने प्रयत्न गरिरहेकी छन्। ‘समय त हामी बदल्न सक्दैनौं, यो जस्तो छ त्यसैलाई स्वीकारेर सुन्दर कलात्मक बस्तुहरु निर्माण गर्न जुट्ने हो जसले जसले वर्तमानलाई परिभाषित पनि गरोस् अनि जीवनभर उपयोगी पनि भइरहोस्।’ 

ने–नेपालले पैतृक कथा बोल्ने स्थानीय कला, आधुनिक बिरासतका पारखी र खोजकर्ताका लागि आफ्ना उत्पादन विशेष रहेको दाबी गरेको छ। ‘उनीहरुलाई हाम्रा उत्पादन प्रेरणादायी हुनेछन्। हामी स्थानीय शिल्प संरक्षण गर्न चाहने कलाकारका लागि एक प्लेटफर्म बन्न चाहन्छौं’, केडियाले भनिन्, ‘समग्रमा सांस्कृतिक जटिलता र यसको गहिराइ खोतल्ने प्रयास गर्छौं। कलामार्फत् संस्कृतिको वास्तविक परिचय समाजसामु ल्याउनु हाम्रो उद्धेश्य हो।’

३५ लाख लगानीमा मासिक ४ लाख आम्दानी
नेपाली मौलिक पहिचान बोक्ने वस्तुलाई विदेशीमाझ चिनाउने ने–नेपालको अभियान सुन्दा जति आकर्षक छ, आर्थिक रुपमा यो कति फाइदाजनक छ त? हामीले यो प्रश्न तुल्जा केडियालाई सोध्यौं।

उनले यसको हिसाबकिताब सुनाउनुअघि केही पृष्ठभूमि खोतलिन्। यो काम सुरु गर्दाका सजिला, अप्ठेरा सबै सम्झिइन्। र, हिसाब निकालिन्। ‘हामीले अहिलेसम्म जम्मा ३५ लाख जति लगानी गरेछौं’, उनले भनिन्, ‘अहिले महिनाको करिब चार लाख रुपैयाँ जति आम्दानी हुन्छ। पाँचजनालाई प्रत्यक्ष र ३० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी पनि दिएका छौं।’ 

यो काम सुरु गरेपछिको एक वर्ष त कोरोना महामारी, त्यसले निम्त्याएको लकडाउन आदीमै बित्यो। तर, यो असहज अवस्थामा पनि उनी निराश छैनन्। ‘कोभिडको समयमा पनि सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौं, त्यसकारण यसको स्कोप राम्रो छ भन्ने लागेको छ’, उनले भनिन्, ‘परम्परागत संस्कृतिसँग जोडिएका उत्पादन भएकाले यसको बजार भविष्यमा अझ फैलिनेछ भन्नेमा हामी विश्वस्त छौं।’ 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०७:०१
  • #स्टार्ट_अप_बिजनेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्