• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरीविरुद्धको मुद्दा फिर्ता होला?

64x64
दुर्गा दुलाल बिहीबार, फागुन २७, २०७७  ०८:०२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा दुई तहका अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउने आश्वासन जनता समाजवादी पार्टी (जसपा)लाई दिएका छन्। प्रधानमन्त्रीका तर्फबाट यो आश्वासन पाएपछि कैलालीको टीकापुरमा ५ वर्षपहिले भएको उक्त घटनाको मुद्दा फिर्ता हुन सक्छ कि सक्दैन भन्ने बहस चलेको छ। 

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएको अवस्थामा उच्च अदालत दिपायलको फैसलाले सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका चौधरीलाई छुटाउने माग उनको पार्टी जसपाले गरेको छ भने प्रधानमन्त्री ओलीका तर्फबाट पनि आश्वासन दिइएको छ। 

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जसपाका नेताहरुसँग छलफल गरेर यस्तो वचन दिएको जसपाका नेताहरूले दावी गरेका छन्। 

जसपाले पनि यो मुद्दालाई प्राथमिकताका साथ उठाएकाले फिर्ता वा माफी हुन सक्छ कि सक्दैन भन्ने विषयमा बहस चलिरहेका बेला जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँगै सत्ता सहकार्यका लागि जोडबल गरिरहेको चर्चा हुन थालेको छ।

जेलमा रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई छाडेर मात्र आफूहरूको माग पूरा नहुने जसपा नेता राजेन्द्र महतोको दाबी छ। रेशम चौधरीलाई रिहाइ गरेपनि ओली नेतृत्वको सरकारलाई समर्थन गरिनहाल्ने उल्लेख गर्दै महतोले भने, ‘जसले हाम्रा सबै माग पूरा गर्छ, त्यसैलाई सहयोग गर्ने हो। सबै मुद्दा सम्बोधन गर्न तयार भए धन्यवाद पनि दिने सहयोग पनि गर्ने हो। रेशम चौधरीलाई छाडेर मात्रै हुँदैन।’

के छ  कानुनी व्यवस्था?
सत्ता गठबन्धनका लागि पछिल्लो राजनीतिक अवस्थाले निर्णायक भएको जसपासँग ३४ सांसद रहेका छन्। नेपाली काग्रेस, माओवादी र जसपा मिल्दा ओलीलाई सरकारबाट विस्थापन गरेर अर्को सरकार बन्न सक्छ। प्रधानमन्त्री ओलीको सर्मथनमा जाँदा पनि जसपा र एमालेको सरकार बन्ने देखिन्छ। यही कारण अहिले जसपा सत्ताको निर्णायक कार्ड भएको छ।

रेशम चाैधरीसहित ८ जनालाई जन्मकैदकाे सजाय हुने उच्च अदालतकाे फैसला

यो अवस्थामा जसपाले आफ्ना केही मुद्दा नगदमै सहमति गर्ने अडान देखाइरहेको छ। चौधरीसहितका नेता कार्यकर्ताको रिहाइ, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेश आन्दोलनका कतिपय विषयलाई यही समयमा राजनीतिक दलहरुसँग लिखित सहमति र कार्यान्वयनको ग्यारेन्टी जसपाले खोजेको छ। यसरी हेर्दा अन्य मुद्दामा सहमति भएपछि चौधरीको मुद्दा फिर्ता अलि पेचिलो हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले चाहँदैमा वा सत्ताले चाहेकै भरमा मुद्दा फिर्ता वा माफी गर्न सकिने देखिँदैन। मुद्दा फिर्ताका लागि मुलुकी फौजदारी संहिताको दफा ११६ मा टेक्नुपर्छ। सो दफाको उपदफा १ मा 'अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूरमा अदालतमा एक पटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन' भनी उल्लेख छ।

त्यस्तै सोही दफाको उपदफा ५ बमोजिम नेपाल सरकारले कुनै मुद्दा फिर्ता लिने निर्णय गरेमा महान्यायाधिवक्ता वा निजले अख्तियारी दिएको सरकारी वकिलमार्फत् सम्बन्धित अदालतमा मुद्दा फिर्ता लिनु पर्ने कारण सहितको निवेदन दिनुपर्ने उल्लेख छ। उपदफा ६ मा उपदफा ५ बमोजिम निवेदन पर्न आएमा अदालतले मुद्दा फिर्ता लिने आदेश दिनुअघि सुनुवाई गराउनु पर्ने उल्लेख छ। त्यस्तै दफा ७ मा उपदफा ६ बमोजिम सुनुवाई भएपछि मुद्दा फिर्ता लिने आदेश गर्न मनासिब हुने देखिएमा कारण खुलाई सम्बन्धित अदालतले मुद्दा फिर्ता लिन सक्ने आदेश गर्न सक्ने व्यवस्था छ। 

कहाँ छ चौधरीको मुद्दा?
चौधरीको मुद्दा जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च आइपुगेको छ। चौधरी पक्षले फागुन १२ गते पुनरावेदन दर्ता गराएको छ। जिल्ला र उच्चको फैसला त्रुटीपूर्ण भएकाले उल्टनुपर्ने दावा पुनरावेदन निवेदनमा गरिएको छ। उच्च अदालत दिपायलले पुस ३ गते फैसला सुनाएको थियो। उच्चले फैसला सुनाएको २ महिनापछि चौधरी पक्ष सर्वोच्च आएको हो।  

चौधरीले उन्मुक्ति पाउने एक मात्र उपाय भनेको सर्वोच्चबाट सफाइ पाउने हो। सर्वोच्च अदालतमा मुद्दा पुगेकाले अबको केही वर्षमा पेसी चढेर अन्तिम सुनुवाई भई सफाई पाएमा वा हालसम्म बसेको सजाय मात्र ठहर भएमा उनी रिहा हुने छन्।

के भन्छन् कानुनका जानकार?
कानुनका जानकार भने यो मुद्दा फिर्ता वा माफी हुन नसक्ने बताउँछन्। संहिताको दफा ११६ को २ क ले त्यसो गर्न नदिने कानुनविदहरुको तर्क छ। उक्त व्यवस्थामा क्रुर, अमानवीय तवरले वा नियन्त्रणमा लिई हत्या गरेमा मुद्दा फिर्ता लिन नसकिने भनिएकाले यो फिर्ता नहुने अधिवक्ता सुवास आचार्यले बताए।

टीकापुर घटनामा अमानवीय रुपमा घेरा हालेको, बालकको हत्या गरेको, समुहमा हत्या गरेको र पेट्रोल छर्केर मारेको देखिएकाले यो फिर्ता नहुने उनको दावी छ। ‘यसमा मुद्दा फिर्ता लिन सकिदैन। विगतमा कानुनमा प्रष्ट थिएन, अहिले राख्नुपर्छ भनेर राखिएको हो,' आचार्यले भने, ‘सरकारले चाहेमा सक्छ भनेर सरकारले कानुन दुरुपयोग गर्न मिल्दैन।’

फिर्ता हुन नसके सरकारले उत्सव वा अन्य अवसरमा माफी दिनसक्ने व्यवस्था कानुनमा छ। तर, त्यसका लागि कम्तिमा ४० प्रतिशत सजाय काटेको हुनुपर्ने छ। कानुन अनुसार आधा सजाय काटेको भनिएपछि सर्वोच्च अदालतले पछिल्लो पटक गरेको एक फैसलाले पुरानो कानुन अनुसार दर्ता भएको मुद्दामा सोही समयका कानुन आर्कषित हुने भनेकाले ४० प्रतिशत सजाय काटेमा माफी हुन सक्छ। चौधरीको हकमा २० वर्ष कैद भएकाले कम्तिमा माफी  पाउन १० वर्ष जेलमा विताउनुपर्ने छ।  

के थियो उच्चको फैसला? 
कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दीपायलले पुस ३ गते जन्मकैदको फैसला सुनाएको थियो। न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले उक्त फैसला गरेको थियो। 

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको थियो। 

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी थिए। सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दीपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको थियो। 

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ। कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो। उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा दिएका थिए। 

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको थियो। विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको थियो। रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन्। उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो। करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मन्त्रालयले नीति, कार्यक्रम तथा निर्धारित लक्ष्यलाई नतिजामुखी ढंगले कार्यान्वयन गर्न र जिम्मेवार पदाधिकारीलाई कामको परिणामप्रति जवाफ... मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफ... मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्