• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार–विप्लव सहमति: दुवैको शक्ति क्षयीकरणको परिणाम

64x64
भानु बोखिम सोमबार, फागुन २४, २०७७  १६:२३
1140x725

भूमिगत गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीचको वार्ता निष्कर्शमा पुगेर विप्लव शान्तिपूर्ण, खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउने निधोमा पुगेका छन्। वार्ताको शैली र समयावधि हेर्दा यी दुई पक्षबीच मतभिन्नता नै नभए जस्तो देखिन्छ। द्रूत सहमतिका विभिन्न कारण होलान। देखिएको कारण चाहीँ सरकार र विद्रोही दुबैमा चुलिएको शक्तिको क्षयीकरण हो। 

पुनः खुला राजनीतिमा आउने निर्णयले विप्लव ‘क्रान्तिको रुमानी सपनाबाट ब्युझिएको’ जस्तो देखिन्छ। यसबारे अहिले नै ठोकुवा गरिहाल्न त नसकिएला, किनभने तत्कालीन माओवादीमा रहँदा उनी कुशल संगठकको रुपमा हेरिन्थे। एक दशक लामो सशस्त्र विद्रोहमार्फत् माओवादीलाई उचाई दिलाउनुमा उनको भूमिका महत्वपूर्ण थियो। त्यस्तो भूमिका निभाएका विप्लवबारे भ्रमहरु पनि थिए। तिनै भ्रमले गर्दा खुला राजनीतिमा आएपछि आफ्नै पार्टीका नेता, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असहमति बढ्दै गयो। 

विप्लवको बुझाईमा त्यसबेला ‘क्रान्तिको अभिभारा’ पुरा भएको थिएन। अर्काेतिर शान्ति प्रकृयापछि प्रचण्ड संशोधनवादी भए भन्ने उनलाई लाग्यो। पूँजीवादको चंगुलमा फस्दै गएका प्रचण्डको नेतृत्वले क्रान्तिको अभिभारा पुरा गर्न नसक्ने उनको ठम्याई थियो। त्यहीकारण क्रान्तिको रुमानी सपना देख्दै विप्लव प्रचण्डसँग अलग भएर अघि बढे। 

प्रचण्डसँग अलग हुँदै गर्दा सायद विप्लवले क्रान्तिको परिकल्पना राम्रैसँग गरेका थिए। तर राजनीति लिकमा गुड्ने रेल हैन। त्यहाँ अनेकन अप्ठ्याराहरु सामना गनुपर्छ। अझ विप्लवले समातेको बाटो त परिआएमा हतियार पनि उठाउने भन्ने थियो। विगतमा हतियार साध्य हैन साधन मात्र हो भनेर सशस्त्र युद्धको खुलेआम वकालत गर्दैन्थे उनी। उनको बुझाईमा सरकारले दमन गरे हतियार उठ्नु स्वाभाविक थियो। सरकारले कति दमन गर्‍यो त्यो छलफलको बिषय होला। सारमा भन्दा फरक बाटो अपनाएको राजनीतिक दललाई सरकारले कुनै न कुनै रुपमा दमन गर्छ नै। विप्लवले हतियार उठाएको र सरकारले नियन्त्रण गर्न खोजेको कुरा छर्लंग छ। 

यसरी भइरहेथ्यो ओली–विप्लवको शक्ति क्षयीकरण

यसबीच विप्लवका गतिविधिबाट केही जनता मारिए, सरकारको तर्फबाट उनका कार्यकर्ता पनि मारिए। केन्द्रिय तहका धेरै नेता धमाधम पक्राउ पर्दै गए। उनको पार्टीका कतिपय नेतालाई अदालतले छाड्न भनेपनि कुनै न कुनै बहानामा सरकारले पक्राउ गरिरह्यो। सरकारले दुःख दिन थालेपछि कति नेता सरकारको नेतृत्व गरिरहेको नेकपामै प्रवेश गरे। आफ्ना नेताहरुले पार्टी छाड्ने र थुनिने क्रम बढेपछि विप्लवले क्रान्तिको नाममा शक्ति आर्जन गर्न सकेका थिएनन्। उल्टै भएको शक्ति क्षयीकरण हुँदै गएको थियो। 

परिस्थिति नियाल्ने हो भने विप्लव स्वयं कुनै पनि बेला पक्राउ पर्न वा मारिन सक्थे। क्रान्तिको लागि मुल नेता पक्राउ पर्नु वा मारिनु भनेको अवशानको बाटो हो। यस्तो बेला वार्ताबाट आफूमाथिको प्रतिबन्ध खुलाउनु उनका लागि उत्तम विकल्प बनेको हुनुपर्छ। 

हिंसात्मक गतिविधि गरेको भन्दै करिब दुई बर्ष अघि सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध लगाउँदै गर्दा सत्तारुढ दलकै नेताहरुले विरोध गरेका थिए। नागरिक तहको सुझाव पनि वार्ताबाटै निकास खोज्नुपर्छ भन्ने थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जोडबलमा विप्लवमाथि प्रतिबन्ध लगाए। आज उनै ओलीले विप्लवलाई आफूसँगैको मञ्चमा उभ्याएर शान्ति र विकाशको गर्जन छोडे। 

Ncell 2
Ncell 2
nimb
nimb

विप्लवसँगको वार्ताको सम्बन्धमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ‘जनतालाई केन्द्रमा राख्दा छिटो परिणाम आएको’ बताएका थिए। तर, यथार्थ फरक थियो। सरकारले विप्लवसँग वार्ता जनताको सट्ठा आफूलाई केन्द्रमा राखेर गरेको थियो।

सत्ताधारी नेकपाभित्रको द्वन्द्वले प्रधानमन्त्री ओलीलाई कमजोर बनाएको छ। यस्तो बेलामा प्रधानमन्त्री ओली विभिन्न विकल्प खोजिरहेका छन्। प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी घेराबन्दीमा रहेका ओली अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेपछि अझ रक्षात्मक हुनपुगे। प्रधानमन्त्रीलाई विप्लवसँगको वार्ता सफल भएमा आफ्नो पक्षमा माहोल बनाउन सकिन्छ भन्ने लागेको हुनुपर्छ। विप्लवसँगको संयुक्त सम्बोधनमा राजनीतिक रुपले शान्तिको वातावरण बनाएको भनेर जस लिने ओलीको प्रयासले यो कुरालाई प्रमाणित गर्छ। 

शक्तिले बदलेको सम्बन्ध

विगततर्फ नियाल्दा विप्लवमा क्रान्तिको मोह र प्रधानमन्त्री ओलीमा दुईतिहाई बहुमतको अहं अलि बढ्तै देखिन्थ्यो। आलोचनात्मक चेत राख्ने व्यक्ति विशेष होस् वा प्रतिपक्षी दलको नेता, प्रधानमन्त्री उनीहरुलाई दुईतिहाईकै धाक लगाईरहन्थे। स्वयंलाई शक्तिशाली ठान्ने प्रधानमन्त्रीलाई आफ्नो शासनकालमा कसैले हतियार उठाएको चित्त बुझ्ने कुरै थिएन। त्यहीकारण विप्लवमाथि दुई वर्षअघि प्रधानमन्त्रीले प्रतिबन्ध लगाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शक्तिशाली हुँदा प्रतिबन्ध लगाएका प्रधानमन्त्री ओलीले आफू कमजोर हुँदा विप्लवलाई शान्तिपुर्ण राजनीतिमा अवतरण गराएका छन्। यसनिम्ति उनले यति हतारमा विप्लवलाई शान्तिपुर्ण राजनीतिमा ल्याएका छन् कि विप्लव नेतृत्वको पार्टीसँग रहेका हतियारबारे कुनै कुरा नै भएको छैन। सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिमा शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि गर्ने भन्ने मात्र छ।

के विप्लव क्रान्तिको रुमानी सपनाबाट साँच्चै ब्युझिएका हुन्? वा सहमतिलाई उनी आफ्नो कुनै अस्त्रको रुपमा प्रयोग गर्न खोजिरहेका छन्? अहिले नै यसको निक्र्योल गर्न गाह्रो छ। विप्लवको विगतले कम्युनिष्ट दर्शन र सिद्धान्तप्रति प्रतिवद्ध नेताको छवि निर्माण गरेको छ। दर्शन र सिद्धान्तप्रति प्रतिबद्ध कम्युनिष्टले वार्तालाई कार्यनीतिको रुपमा प्रयोग गर्न सक्छ, तर रणनीतिक हिसाबले नै त्यो उसले स्वीकार्ने बाटो होइन। ऊ आफ्नो दर्शन र सिद्धान्त अनुरुपको समाज निर्माण नभएसम्म लडिरहन्छ। विप्लवको विगत र खुला राजनीतितर्फको सहज कदमले शंका गर्ने प्रशस्त ठाउँ छाडेको छ। 

तीनबुँदे सहमति–पत्रले पनि शंका गर्ने ठाउँ दिएको छ। समाज परिवर्तनको लागि भन्दै हतियार उठाएको पार्टी शान्तिपूर्ण राजनीतिमा आउँदा पनि कुनै खास सम्झौता भएको छैन। उसका मुद्धालाई सम्बोधन गर्नेगरी कुनै सम्झौता भएको वा त्यसलाई सार्वजनिक गरिएको छैन। यसको दुईवटा अर्थ लाग्न सक्छ। पहिलो, विप्लवसँग जनताको लागि कुनै मुद्धा थिएन, केवल जनताको नाममा उनी स्वयंले पालेका केही भ्रम मात्र थिए। 

यसमा भ्रम मात्र थिएनन् होला। तर, भ्रममात्र थिएन भने किन सहमति–पत्रमा ती मुद्धा सम्बोधन गर्ने शर्त उल्लेख भएन? किनभने त्यो शर्तले वार्तालाई यति चाँडै निष्कर्षमा पुर्‍याउँदैन्थ्यो। यो सरकार अहिले संघारमा उभिएको छ, सरकार परिवर्तन भइहालेमा नयाँ सरकारले विप्लवलाई ओली सरकारले दिए जस्तो महत्व नदिन सक्थ्यो। 

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति निरन्तर कायम रहला कि नरहला? यो  सहमति ओली सरकारको स्वार्थ र विप्लवको बाध्यताको परिणाम भएजस्तै संशय गर्ने ठाउँ पनि प्रशस्त छन्। त्यति हुँदाहुँदै पनि वार्ताबाट राजनीतिक द्धन्द्धको समाधान खोज्नु सकरात्मक कुरा नै हो। 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्