• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पिताजीलाई गोली हानेर मारिएको घरमा पुग्दा...

64x64
गणेश लाठ बिहीबार, फागुन २०, २०७७  २२:२७
1140x725

आज सुरञ्जन र ज्योत्स्ना सिरहा पुगेका छन्। हिजो साँझ सिरहा प्रहरी कार्यालयबाट एउटा चित्तबुझदो खबर आएको थियो, ‘दीनानाथलाई गोली हान्न मोटरसाइकलमा पुगेका दुई जना भगोडा अपराधीमध्ये ठ्याक्क गोली नै हान्ने अपराधी पक्राउ परेको छ। दुई–तीन दिन सिरहामै राखेर अनुसन्धान गरिनेछ। त्यसपछि अन्यत्र चलान गरिनेछ।’ 

यो सुनेर सुरञ्जनलाई अनौठो सुखानुभूति भएको थियो। उनको घाउमा मल्हम लागेको थियो— जे होस्, ढिलै भए पनि पिताजीको हत्यारालाई कानूनको गलपासो परेको छ। उनले मनमनै ईश्वरप्रति आभार प्रकट गर्दै उत्साहित भएर माताजी र घरका अन्य सदस्यलाई यसबारे अवगत गराए। 

तर, वन्दनाको मुहारमा कुनै परिवर्तन देखिएन। उनले अपत्यारिलो प्रतिक्रिया दिइन्, ‘जाएबला त चली गेलै! अपराधी समातिए अथवा नसमातिए पनि अहाँक बाबूजी फर्केर आउँदैनन्।’

कुन्नि कुन भावनाबाट वशीभूत भएर ज्योत्स्नाले भनी, ‘म त्यो क्रिमिनललाई दुई मिनेटको लागि भए पनि भेटेर सोध्न चाहन्छु, आखिर मेरा बाबालाई कुन गलत काम गरेबापत गोली हान्या थियौ? ह्वाट डिड यु गेट किलिङ हिम?’

ती अपराधीलाई हतकडी लागेको हेर्ने अदम्य इच्छा सुरञ्जनको पनि थियो। उनले ज्योत्स्नालाई नाइँ भन्न सकेनन्। सुरञ्जनले झ्न्डै दश वर्षपछि सिरहा टेकेका थिए।
हाईवेबाट सिरहाबजार पुग्ने बाटो कतै पिच त कतै ग्राभेल। बाटाका दायाँबायाँ लहलहाउँदा धानबालीहरू र अनेक बोटबिरुवा। 

विगतको तुलनामा तिनको घनत्व चाहिँ कम थियो। उनले बाल्यकालमा देखेकोभन्दा अहिलेको सिरहाले व्यापक संरचनागत प्रगति गरिसकेको थियो। स–साना झुपडी भएका ठाउँमा पक्की घरहरू खडा भएका थिए।

कुनै बेला सिङ्गो गाउँमा एक–दुइटा मोटरसाइकल देखिन्थे; आज प्रायः घरअगाडि खडा भेटिए। बजार पनि विस्तारित भएको थियो। विभिन्न थरीका आधुनिक संरचनासहितका पसलहरू थपिएका थिए। उतिखेर सिरहाबजारमा जेनतेन जीउ ढाकेका भित्री भेगका महिलाहरू देखिन्थे। 

अहिले प्रायः महिला, पुरुष, स–साना नानीहरू सबै सफासुग्घर पहिरनमा देखिए। सुरञ्जन बरबराए, ‘ओहो, यो देशमा एक पैसा पनि विकास भएको छैन भन्न मिल्दैन! केही न केही विकास त अवश्य नै भएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सुरञ्जनलाई पहिलेको सिरहामा कहिल्यै रुचि बस्न सकेन; आजको सिरहामा त झनै छैन। बरु ज्योत्स्नाका उत्सुक आँखा चारैतिर घुम्दै थिए।

दुवै जना सोझै प्रहरी कार्यालय पुगे। संयोगवश, त्यो अपराधीसित सोधपूछ गर्न अर्को जिल्लाबाट समेत अनुसन्धान टोली आएको रहेछ। सुरञ्जन र ज्योत्स्नालाई एक घण्टा कुर्न भनियो। 

‘यहाँ युजलेसली बसेर टाइम वेस्ट गर्नुभन्दा हाम्रो पुरनका घर हेर्न भ्याइन्थ्यो’, ज्योत्स्नाले प्रस्ताव राखी। सुरञ्जनलाई छोरीले आफ्नै मनको कुरा गरे जस्तो लाग्यो। दुवै जना त्यहाँबाट पुख्र्यौली घरतिर निस्के।

सुरञ्जनको मनमस्तिष्कमा पुराना सम्झ्नाहरू ताजा भए। उतिखेर उनी आफ्ना हजुरबुवा रघुवरप्रसादसँगै सिरहा पुग्दा ‘नमस्ते भाईजी, आहाँ कखन ऐलौँ हँ?’ भन्दै अभिवादन गर्ने मान्छेहरूको ओइरो लाग्थ्यो। बाटामा पैदल हिँड्दा टोलछिमेकका मान्छेहरू एक क्षण गफिन लालायित हुन्थे। कोही रघुवर बाबुलाई दहीचिउरा खान, कोही चिया खान, कोही सतुआ खान आग्रह गर्थे।

Xtrem

Xtrem

सुरञ्जनका आँखाहरूले हजुरबुवाका ती पुराना मित्रहरूलाई खोज्न थाले। लामो समयपछि सिरहा टेकेकाले उनीहरू पुख्याैली घर पुग्ने बाटामा अलमलिए। धेरैतिर सोधपूछ गर्दै उनीहरू ठीक ठाउँमा पुगे। सुरञ्जन, ज्योत्स्ना र ड्राइभर गाडीबाट ओर्लेर प्राङ्गणमा पुगे।

दुईतले काठको घर। टिनको छानो। घर सानै भए पनि चारैतिर प्रशस्त खाली जग्गा छोडिएको थियो। सम्पूर्ण जग्गालाई काँडे तारले घेरिएको थियो। बाहिरी प्राङ्गणको एक कुनामा दुई–तीन वटा गाई बाँधिएका थिए। अर्को कुनामा तरकारी रोपिएको थियो। जमीनका छेउछेउमा विभिन्न खाले बोटबिरुवा ठडिएका थिए। 

प्राङ्गणभरि आठ–दश केटाकेटी उफ्रिँदै थिए। प्राङ्गणको मेनगेटको नाममा केही पनि थिएन। सुरञ्जनले घर–कुरुवालाई अलि उच्च स्वरमा बोलाए, ‘मुनीलाल! मुनीलाल!’
एक क्षणपछि एक महिला भुइँतलाको कोठाबाट बाहिर आई । ‘कहु, अपने के छी? केकरा खोजैत छी?’

सुरञ्जनले स्थानीय लवजमै भने, ‘मुनीलाल कतऽ छै? हम काठमाण्डूसँ आएल छी आ एही घरके मालिक छी।’ (मुनीलाल कता छ? म काठमाडौँबाट आएको, यो घरको मालिक हुँ।) 

सुरञ्जनको जवाफ सुन्नेबित्तिकै महिलाले घुम्टो काढी अनि टाउको निहु¥याउँदै मसिनो स्वरमा भनी, ‘अहाँ भितर आऊ, हम हुनका तुरन्ते बोला दैत छी।’ सुरञ्जन प्राङ्गणमा काठे स्टुलमा बसेर मोबाइल फोनसित खेल्न थाले। ज्योत्स्ना अलि पर बच्चाहरूसँग रमाउँदै थिई।

पन्ध्र मिनेटपछि मुन्नीलाल हतारहतार आयो। चालीस हाराहारीको, एकोहोरो जीउ, कालो मुहार। सुरञ्जननजिक पुगेर उसले हात जोड्दै भन्यो, ‘प्रणाम मालिक! अहाँके अएबाक कोनो सूचना नहीँ मिलल!’

सुरञ्जनले मुसुमुसु हाँस्दै फर्काए, ‘जानकारी दऽ कऽ आबितियै त तोहर कामकाजक अवस्था कोना थाह पाबितियै।’ (खबर गरेर आएको भए त तिम्रो कामकाज कस्तो छ भनेर कसरी थाहा पाउनु!) लगत्तै उनले अर्को जिज्ञासा प्रकट गरे, ‘ई गाईसभ केकर छै?’ 

मुनीलालले दुवै हत्केला श्रद्धाले जोड्दै निकै कोमल स्वरमा फर्कायो, ‘मालजाल आ दुनू लडका हमर बाँकी सभ एम्हर ओम्हरके।’ मुनीलालकी श्रीमतीले गिलासमा पानी लिएर आई। आफ्नी श्रीमतीको हातबाट गिलास लिएर सुरञ्जनलाई टक्र्याउँदै मुनीलालले भन्यो, ‘मालिक! पानी पिबु।’

सुरञ्जनले मुनीलालको हातबाट गिलास लिएर सोधे, ‘अप्पन घरके लगमेँ सुन्दर थापा आ जमील मियाँ रहैत छल। ओसभ एखन छै कि नहीँ?’ (हाम्रो घरनजिकै सुन्दर थापा र जमील मियाँ बस्थे। उनीहरू अचेल छन् कि छैनन्?) 

मुनीलालले एक क्षण सोचेर फर्कायो, ‘जमील बाबा त मरी गेलै। हुनक परिवार आ बालबच्चा गाम छोडी कऽ दोसर ठाम चली गेलै। सुन्दर बाबा एखनो छै। हँ, आँखीसँ कम देखैत छै आ चलबुल करऽ नहीँ सकैत छै।’ (जमीलबाब त बिते। उनको परिवार र सन्तान गाउँ छोडेर अन्यत्र कतै गए। सुन्दर बाबा अझै पनि छन्। आँखा कम्ती देख्छन्, हिँडडुल गर्न पनि सक्दैनन्।)

सुरञ्जन र ज्योत्स्नाले माथिल्लो तलामा उक्लेर कोठाहरू चहारे। कुल तीनवटा कोठा। एउटा भान्साकोठा, दुइटा सुत्ने कोठा। कोठाको अवस्था लथालिङ्ग थियो। चारैतिर माकुराको जालो। खाटहरू ठड्याइका थिए; ओछ्यानहरू प्लास्टिकमा बेरेर झुन्डाइएका  थिए। 

सुरञ्जनले रिसको आवेगमा मुनीलाललाई हप्काए। महीनामा कम्तीमा दुई पटक सम्पूर्ण सफाइ गरिराख्न अह्राए। घरको निरीक्षणपछि तल झ्र्दै सुरञ्जनले सोचे, ‘मेरा पिताजीले यही ढोकाबाट बाहिर पुगेर मोटरसाइकलमा आएका मान्छेलाई यहीँनिर भेट्नुभयो होला। उहाँलाई यहीँनिर गोली हानियो होला।’ अडकल काट्दाकाट्दै उनको मन विरक्त भयो। मुहारमा असीम वेदना देखियो। अनि मुनीलाललाई विरक्त स्वरमै भने, ‘सुन्दर बाबासँ भेटके लेल चलऽ।’

उमेरको नब्बे घुम्ती कटेका सुन्दरलाई सिरहाभरिका युवाहरू ‘सुन्दर बाबा’ भनेर सम्बोधन गर्छन्। उनी बजारतिर कमै देखिन्छन्। दुई वर्षअघि बूढी बितेपछि उनी नितान्त एक्ला छन्, मानौँ आफ्नो मृत्युको पर्खाइमा दिन बिताउँदै छन्। कुनै बेला सुन्दर बाबा, जमील मियाँ र रघुवर बाबु खूब घनिष्ठ थिए। उमेरमा रघुवर बाबु ठूला थिए, तैपनि आपसमा खूबै हँसीठट्टा गर्थे। सुरञ्जनको मानसपटलमा यी तीन मित्रहरूबीच हुने हँस्यौली–ठट्यौली अझै ताजा छ।

सुन्दर बाबाको कोठाबाहिर पुगेर मुनीलाल करायो, ‘सुन्दर बाबा! ओ सुन्दर बाबा!’ भित्रबाट लरबराउँँदो पुरुष आवाज आयो, ‘के हई?’ ‘हम छी, मुनीलाल। रघुवर बाबाके पोता आ परपोती अहाँसँ भेटऽ आएल छै।’ 

लाठीको सहारा लिँदै सुन्दर बिस्तारै बाहिर आए। उनको शारीरिक अवस्था दयनीय नै थियो। ढाड कुप्रो परेकोे। लुगाहरू महीनौँदेखि नधोइए जस्ता। मुहार र पहिरन हेर्दा उनी पहाडी मूलका हुन् भनेर कसैले नपत्याउने। ठेट मधेशी देखिने। 

उनले सुरञ्जन र ज्योत्स्नातिर एकटक लगाइरहे; कमजोर आँखामा बल दिइरहे। केही क्षणको असफल प्रयासपछि उनले मधुरो स्वरमा भने, ‘बहुत पहिने देखने छलियै; आब कोना चिन्हऽ सकब! आँखी सेहो संग नहीँ दैत छै।’ (खै, धेरै पहिले देखेको थिएँ; कसरी चिन्नु! आँखाले पनि साथ दिँदैनन्।)

सुरञ्जन आदर प्रकट गर्दै सुन्दरका पाउ लागे। ज्योत्स्नाले डैडुलाई अनुसरण गरी। सुरञ्जनले पुलकित मुहार बनाउँदै भने, ‘बाबा! बच्चामेँ जहिआ हम अप्पन बाबुसंगे एही ठाम आबैत छलियै तऽ दही चूरा खूब खाइत छलियै।’ (बाबा, म बाल्यकालमा आफ्ना बाबासँगै आउँदा हजुरको घरमा दहीचिउरा खूब खाएको छु।) 
यसैबीच मुनीलालले कतैबाट तीनवटा मुढा ल्यायो र भन्यो, ‘अहाँसभ बसी कऽ गप्प करू।’

सुरञ्जनले सुन्दर बाबाको हात समाउँदै मुढामा बस्न सघाए अनि आफू पनि बसे। केही क्षणसम्म यताउतिका कुराहरू भए। सुरञ्जन उनका साथ अतीतका कुराहरूमा गफिन खोज्दै थिए। 

तत्पश्चात् सुन्दर बाबाले ज्योत्स्नातिर हेर्दै आफ्नो अतीतको पोको खोल्न शुरू गरे। ‘पोती ! तोहर बाबा रघुवरप्रसाद बहुत पहिने नेपालक गाम माडर होइत सिरहा आएल छलै आ कहने छलै कि ओ दुमकासँ आएल छी।’ (नातिनी, तिम्रा जिजुबाजे रघुवरप्रसाद कुनै जमानामा नेपाली गाउँ माडर हुँदै सिरहा पसेका थिए। उतिखेर उनले जनाउ दिएका थिए— उनी मूलतः दुमका भन्ने ठाउँबाट आएका हुन्।)

ज्योत्स्नाले उनको कुरो भुइँमा खस्न नपाउँदै भनी, ‘दादा! म मैथिलीमा साह्रै कमजोर छु। थोरबहुत मात्र बोल्न र बुझन सक्छु। हजुरले नेपालीमै भन्दा मलाई सजिलो हुन्थ्यो।”

सुन्दर बाबाको मुहारमा अचम्म माने जस्तो भाव प्रकट भयो। तर केही भनेनन्। फिस्स हाँस्दै उनले नेपालीमा भन्न शुरू गरे, ‘उतिखेर दुमका बिहार प्रान्तको अङ्ग थियो, अहिले झरखण्डमा पर्छ रे। दुमका बनियाँ समाजमा उनको परिवारको राम्रो प्रतिष्ठा थियो। तर बहुत घाटा लागेपछि उनी नयाँ काम खोज्दै सपरिवार सिरहा पसेका थिए। उनले यहीँ किराना व्यवसायबाट कारोबार शुरू गरेका थिए। उतिखेर सडक नहुँदा सिरहा नेपालबाटै छुट्टिएको जस्तो थियो। चारैतिर जङ्गलैजङ्गल। 

जङ्गलको छेउमा कहीँ–कहीँ खेतहरू। खेतको अगल–बगलमा दुई–चार घरबाहेक केही नभएको। कपडालत्ता, नून–मसला, जुत्ता–चप्पल, बिडी–सिगरेट, सुर्ती, खैनी सब खरीद गर्न दिउँसो दूरदराजबाट गाउँलेहरू सिरहा आइपुग्थे। साथमा धान, गहुँ, मकै र घिउ इत्यादि बोकेर आउँथे। 

एक थरी सामान दिन्थे, अर्को थरी सामान लिन्थे। रघुवर बाबुको बढ्दो कारोबारमा सीतामढीतिरका डकैतहरूको आँखा लाग्यो। एक रात मौका छोपेर डाँकाहरूले उनको घरमा आक्रमण गरे। दुर्भाग्यवश भनौँ अथवा सौभाग्यवश भनौँ, उनी त्यतिखेर गाउँमा थिएनन्। 

तिम्रो सानो हजुरबुवा, दीनदयालप्रसाद खाइलाग्दो, भरभराउँदो जीउडाल भएको एक साहसी युवक थियो। ऊ डकैतहरूको प्रतिकारमा कुद्यो। डाँकाहरूले झेँक्किएर बन्दूक पड्काए। दीनदयालको टाउकोमा गोली लाग्यो, घटनास्थलमै दीनदयालले प्राण त्याग्यो। सो काण्डपछि रघुवर बाबुलाई ठूलो चोट पुग्यो। 

उनी सपरिवार जनकपुर सरे। तर उनी बेलाबखत सिरहा आइराख्थे। उनको मृत्युपछि तिम्रो हजुरबुवा दीनानाथले सो नियमलाई जीवित नै राख्यो। ऊ सिरहा पस्दा सबैभन्दा पहिले मलाई भेट्न आउँथ्यो। देशभरि खूनखराबावाला लडाइँको आगो फैलिएको बेलामा समेत दीनानाथको सिरहा आवतजावत गर्ने क्रम रोकिएको थिएन। 

अस्तिसम्म जुन कामदार दीनानाथलाई ‘मलीकार’ भनेर सम्मान प्रकट गर्थे, तिनले बिस्तारै मुख छाडेर फोहोर गाली गर्न थाले। तिमीहरूको पुख्र्यौली खेतखलोमा रातो झ्न्डा गाडियो। हेर्दाहेर्दै दीनानाथलाई शोषक, सामन्ती, दलाल पूँजीपति भन्न थालियो। तैपनि दीनानाथ अलिकता पनि डराएको थिएन। ऊ बडो साहसिलो मान्छे थियो।’

यता सुन्दर बाबा आफ्ना अतीतका कुराहरू सम्झीसम्झी, स्याँस्याँ गर्दै सुनाउँदै थिए, उता ज्योत्स्ना करुणावश द्रवित हुँदै गई। सुन्दरका आँखाबाट पनि अश्रुधारा बग्दै थिए। एक क्षण बिसाएपछि सुन्दर बाबाले भने, ‘दीनानाथ आफ्नो पिता जस्तै असल मान्छे थियो। 

मलाई आफ्नो पितासरह माया गथ्याे। खै किन हो, यो सिरहाले पहिले रघुवर बाबुको लक्का जवान कान्छो छोरालाई खायो, पछि जेठो छोरालाई पनि खाइदियो। दीनानाथलाई गोली लागेको दिन सारा सिरहाबजार रोएर बसेको थियो। मलाई धेरै दिनसम्म खाना पनि रुचेन। खै, ईश्वरले मलाई किन जोगाएछ! मलाई पनि खाइदिएको भए हुन्थ्यो!’ सुन्दर झन् भावुक भए ।

सुरञ्जनले उत्साहित स्वरमा भने, ‘सुन्दर काका, बाबुजीके गोली मारऽबाला आदमी पकडा गेल छै। ओकरा अप्पन करतूतके सही फल भेटत। आब बेसी दुःख करबाक जरूरत नहीँ।’ (पिताजीलाई गोली हान्ने मान्छे समातिएको छ। उसले आफ्नो करतूतको उचित फल पाउने भयो। धेरै दुःखमनाउ नगर्नोस्।)

सुन्दरको मुहारमा कुनै प्रतिक्रिया प्रकट भएन। उनले बडो शान्त स्वरमा फर्काए, ‘ई पुलिस केकरा पकडलकै? गोली चलाबऽवाला के? एहन लोग त अपराधक माध्यम मात्र छैक। हिम्मत छै त ओकरासभके हाथमेँ बन्दूक देबऽ वालाके पकडी।’ (यी पुलिसहरूले कसलाई समातेका छन्? गोली हान्नेलाई? यी बिचराहरू अपराधकर्मका माध्यम मात्र हुन्। हिम्मत छ भने यी अबोध अपराधीहरूका हातमा बन्दूक र गोली थमाउने मूल अपराधीलाई समातेर देखाओस्।) हठात् उनको ध्यान ज्योत्स्नातिर गयो। र, आफ्नो भनाइलाई पूर्णता दिए, ‘त्यसो भएको दिन म साँच्चिकै खुशी मनाउनेछु।’

(नेपालयद्वारा प्रकाशित, शुक्रबार जनकपुर साहित्य महोत्सवमा विमोचन हुन लागेको लाठको पुस्तक ‘क्षमादान’बाट)

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गणेश लाठ
लेखकबाट थप
पिताजीलाई गोली हानेर मारिएको घरमा पुग्दा...
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्