• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मेलम्ची : १८ प्रधानमन्त्री र २५ विभागीय मन्त्रीको 'सदाबहार नारा'

64x64
नेपाल लाइभ बिहीबार, फागुन १३, २०७७  ०६:०७
1140x725

काठमाडौ- २०४७ सालमा कृष्णप्रसाद भट्टराईको भाषणसंगै सुरु भएको मेलम्ची खानेपानी आयोजना निर्माण थालनीपछि मात्र १८ जना प्रधानमन्त्री परिर्वतन भएका छन्। यो अवधिमा आयोजनाको नेतृत्व ३० जना सचिवले गरेका छन्।

पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा विना मगरले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। निवर्तमान खानेपानीमन्त्री मगरबाट गत दशैंमा काठमाडौंमा पानी आउनेदेखि सिएमसी ठेक्का तोडेर जाने काम भयो। यसका साथै मन्त्रालयका तत्कालीन सचिवबाट मन्त्रीले घुस मागेपछि सिएमसी भागेको आरोपसम्म लगाउने कार्य भयो।

हाल मन्त्रालयको जिम्मेवारी मणिचन्द्र थापाले सम्हाल्दै आएका छन्। प्रतिनिधि सभा विघटनपछि पुस १० गतेदेखि उनले उक्त जिम्मेवारी सम्हाल्दै आएका हुन्।

२०४८ सालकै आम निर्वाचनको प्रचारप्रसारमा ‘काठमाडौंका सडकसमेत मेलम्चीको पानीले पखालिनेछ’ भनेपछि यसको आम चर्चा भएको थियो। त्यसअघि २०४५ मा बेलायतको ‘बिन्नी एन्ड पार्टनर्स’ले मेलम्चीको अध्ययन गरेको थियो। भट्टराईले भन्न त भने तर, आयोजना निर्माणबारे कुनै पनि कार्ययोजना त्यसबेला बनेन। 

भट्टराईको अन्तरिम सरकारको समयमा आवास तथा भौतिक योजनामन्त्री अच्युराज रेग्मी थिए। २०४९ सालमा भने मेलम्चीबारे अस्ट्रेलियन कम्पनी ‘स्मेक कन्सल्टेन्ट’ले पुनः अध्ययन गरेको थियो। एमालेबाट प्रधानमन्त्री भएका मनमोहन अधिकारीको नौ महिने कार्यकालमा पनि मेलम्ची आयोजनाको कामले प्रगति गर्न सकेन। त्यस समय भौतिक योजना तथा आवासमन्त्री प्रेमसिंह धामी थिए। 

२०५५ कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भयो। त्यसदेखि हालसम्म १८ प्रधानमन्त्री, २४ विभागीय मन्त्री र २७ सचिव तथा अध्यक्ष फेरिएका छन्। तर विकास समिति गठन भएको २० वर्षसम्म आइपुग्दा पनि पानी काठमाडौ आउने वातावरण निर्माण भएको छैन।

कमिसनको विवादमा खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुर एक अर्काविरुद्ध उत्रेपछि यो आयोजना अन्योलमा परेको थियो । मन्त्री मगरले सचिव ठाकुरलाई सरुवा गराएपछि ठाकुरले निर्माण छाडेर हिडेको इटलियन कम्पनी सीएमसीलाई गैरकानुनी रुपमा ३ अर्व रुपैयाँ भुक्तानी दिन मन्त्रीले दिएको दवाव नमानेकाले सरुवा गरेको टिप्पणी गरेका थिए। यही विचमा पहिलो पटक पानी परिक्षण गर्दा गत असारमा सुरुङको १७ नम्वर गेट विस्फोट भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त स्थानमा भित्रको ढोका बाहिर राख्दा दुर्घटना भएको थियो। घटनामा परि दुई जनाको ज्यान समेत गयो। उक्त घटनापछि फेरि मर्मत गरेर सोमबार पुन: परीक्षण गरिएको हो। 

२०५८ सालमा लगानीको स्रोत निश्चित गरी ०६४ सम्ममा आयोजना नै सम्पन्न गर्ने महत्वाकांक्षी योजना तत्कालीन देउवा सरकारले ल्याएको थियो। ३७ अर्ब रुपैयाँ लागत आकलन गर्दै आयोजना बनाउने भने पनि काम भने शून्य नै भएको थियो। २०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको संयुक्त सरकारमा आयोजनाबारे मन्त्रीहरुबीच नै विवाद सतहमा आएपछि यसको थप चर्चा सुरु भएको थियो।

०६३ मंसिरमा तत्कालीन भौतिक योजनामन्त्री हिसिला यमीले विदेशी कम्पनीलाई जिम्मेवारी दिन इन्कार गरिन् तर अर्थमन्त्री डा रामशरण महत भने एडिबीकै पक्षमा लागेपछि यो आयोजना विदेशी र नेपालीको लडाईको शिकार भयो। 

०६४ मा पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि आयोजनामा थप चासो दिए। उनकै सक्रियताले खानेपानी व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्थापना भयो। ०६६ मा मेलम्चीका लागि नयाँ ठेकेदार चयन भएर काम सुचारु भएको थियो। चाइना रेलवे कन्स्ट्रक्सन (सिआरसिसी) ले सुरुङको ठेक्का पाएर काम सुरु गरेको थियो। त्यस समय तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए। विजयकुमार गच्छदारले भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेका थिए। तर चाइना रेल्वेले निर्माण कार्य बीचमै रोक्यो।

०६७ मा भौतिक योजना तथा निर्माणमन्त्री रहेका टोपबहादुर रायमाझी, २०६८ मा सोही मन्त्रालय सम्हालेका हृदयश त्रिपाठीको कार्यकालमा पनि आयोजनाले कुनै गति लिएन। बरु त्रिपाठीकै कार्यकालमा काम गर्न नसकेको भन्दै सिआरसिसीसँगको ठेक्का रद्द भयो। ०७० सालसम्म काम सक्ने जिम्मेवारी पाएको सिआरसिसीले आशातीत काम नगरेपछि सरकारले कार्यकाल सकिनु एक वर्षअघि नै ठेक्का सम्झौता रद्द गरेको थियो।

कांग्रेसका पूर्वसभापति सुशील कोइराला प्रधामन्त्री भएको समयमा इटालियन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। विमलेन्द्र निधिले भौतिक पूर्वाधार मन्त्रालय सम्हालेको समयमा ०७० सालमा नयाँ कम्पनी को–अपरेटिभ मुराटोरी सेमेन्टिस्टी (सिएमसी) सँग सम्झौता भयो। सिएमसीले आयोजना निर्माण अन्तिम चरणसम्म पुर्‍याएपनि सम्पन्न भने गरेन।

तर, आयोजना सम्पन्न गर्ने अन्तिम समय आउँदा सिएमसी भने एकतर्फी रुपमा निर्माण कार्य छाडेर बाहिरिएको हो। सरकार अहिले पुरानै कम्पनी सिएमसीबाट काम गराउने कि नयाँ ठेकेदार कम्पनी खोज्ने दुविधामा अल्झिरहँदा दुई महिनादेखि आयोजना भने ठप्प रहेको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्