काठमाडौं- विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। उनीसँगै नेकपाको प्रचण्ड–माधव पक्षका नेता एवं विघटित प्रतिनिधि सभाका सदस्य शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायत पनि पुगेका छन्। उनीहरूको रिट दर्ताको प्रक्रियामा छ।
सभामुख सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न निकायमा गरेको नियुक्त गैरकानूनी भनेका छन्। उनले परिषद्को बैठकमा आफू र विपक्षी दलका नेताको सहभागिताबिनै निर्णय गरिएको, संसदीय सुनुवाइको प्रक्रिया पालना नगरी गैरकानूनी रूपमा नियुक्ति र सपथ गराइएको निवेदनमा जिकिर गरेका छन्।
सभामुख सापकोटाले यसरी गैरकानूनी रूपमा नियुक्त गरिएका व्यक्तिले काम गर्न नमिल्ने भन्दै जिम्मेवारी रोक्न अन्तरिम आदेश दिनुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।