• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

कलाको माध्यमबाट आन्दोलनमा उत्रिएका घिमिरे युवराज

64x64
पुष्पा थपलिया मंगलबार, माघ २०, २०७७  ०७:१०
1140x725

तीन महिनाअघि माइतिघर मण्डलामा एक हुल कालो कपडाधारी युवतीहरु जम्मा भए। उनीहरुले आँखामा पनि कालो पट्टी बाँधेका थिए । सडकमा बाजा बजाउँदै उनीहरुले चोरऔंला ठड्याउँदै भने, 'तँ बलात्कारी होस्।' उनीहरुले कलात्मक तरिकाले आफ्नो मत प्रस्तुत गरे। बलात्कारीलाई फाँसी दिनुभन्दा सानैदेखि यौन शिक्षामा ध्यान दिन सरकारलाई कलाकै माध्यमबाट सुझाए। 

त्यही माइतिघर मण्डलामै नाटक  मञ्चन भये, 'प्रतिगमन।'  नाटकमा कसरी जनताले निरंकुश शासकको कुर्सी खुस्काए र फेरी कसरी अर्को आएर जनताको अधिकारमा प्रतिगमन गर्‍यो भन्ने विषय सम्प्रेषित थियो। यो क्रम चल्ने क्रममा केही दिनअघि मात्रै टेकु पचलीघाटको खरीको बोटमुनि शिल्पी थिएटरको टोलीले नै अर्को नाटक मञ्चन गर्‍यो र सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको क्षणको स्मरण गरायो। जसको यतिवेला विशेष अर्थ छ।

विरोधको  अर्थ आफूलाई कुनैपनि अव्यवस्थाको विपक्षमा उभ्याउनु हो। त्यसमा फरक मत राख्नु हो। तर आन्दोलन नै गर्ने, टायर नै बाल्ने, इँटा नै प्रहार गर्ने खालका शास्त्रीय तरिकामा अभ्यस्त छौं हामी। धेरैले गरेको त्यही र देखेको पनि त्यही।  तर आफ्नो फरक मत सिर्जनशील तरिकाले प्रस्तुत गर्ने अभ्यास हुन थालेको छ। रंगकर्मी घिमिरे युवराज र उनको नाट्य समूह कलामार्फत् विरोध प्रदर्शन गरिरहेको छ। 

नागरिक माझ आफ्ना कुरा राख्ने र सही कुरा बुझाउने उत्कृष्ट माध्यम कला हो। त्यसलाई प्रयोग गरेर अहिले आफूले निरन्तर सरकारको खबरदारी गरिरहेको युवराज बताउँछन्। नागरिक समाजको प्रतिगमन बिरुद्धको शान्तिपूर्ण आन्दोलनमा छ। यसलाई कसरी कलात्मक बनाउने भन्नेबारे त्यहाँ छलफल भइरहन्छ।

उक्त छलफलमा सहभागी हुने र आन्दोलनमा सक्रिय सहभागीता जनाउने रंगकर्मी युवराज भन्छन्, 'इन्डिपेन्डेन्ट आर्टले सधैं सरकारको खबरदारी गर्ने गरेको छ। यसले निरन्तर शक्तिमा बसेका मान्छेलाई अराजक नहुन खबरदारी गरिरहन्छ र यो निरन्तर प्रक्रिया हो।'

उनी आफू सडकमा छन्। सडकलाई नै रङ्गमञ्च बनाएका छन्। आफू सडकमा पुगेर खबरदारी गर्नुको कारणबारे रंगकर्मी घिमिरे भन्छन्, 'म आफ्नै रुपान्तरणका लागि सडकमा छु। समाजको रुपान्तरणका लागि सडकमा आएको भनेर भन्दिनँ तर यसले समाज रुपान्तरणलाई पनि सहयोग गरिरहेको हुँदोरहेछ।'

उनलाई थाहा छ– यो एलोप्याथिक औषधि जस्तो होइन, प्रयोग गर्नेबित्तिकै प्रभाव छाड्न सुरु गरोस्। 

उनलाई लाग्छ– कलात्मक गतिविधि त आयुर्वेदिक उपचार पद्धति हो। यसले समाजमा विस्तारै प्रभाव पार्दै लैजान्छ। असर छाड्ने प्रक्रिया लामो छ र प्रभाव पनि लामै समय रहन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

कलामार्फत् समाज परिवर्तनका कुरा गरिरहँदा नेपालमा बन्ने फिल्म व्यापार र मनोरञ्जनतर्फ मात्रै ढल्किरहेको बताइन्छ। 'फिल्मकर्मीमै समेत राजनीतिबारे चासो छैन,' यस विषयमा उनले भने, 'यहाँ कस्तो फिल्म बनिरहेको छ भन्ने पनि राजनीति हो । किन फरक कथाले स्थान पाएको छैन। पारिश्रमिक पाउन कति राजनीति गर्नुपर्छ भन्ने कुरा यही क्षेत्रका मानिसले भोगेका हुन्छन्।'

May be an image of 1 person, outdoors and text that says 'प्रतिगम परु त् नागरिक'

नाटकलाई मनोरञ्जन क्षेत्रको रुपमा ब्याख्या गरेको पनि मन पर्दैन घिमिरेलाई। रंगमञ्च समाजको ऐना भएको बताउँदै उनले भने, 'हरेक कला गम्भीर हुन्छन्, कलाले मानिसलाई बिरेचन र उद्वेलित बनाउने काम गर्छ।' 

मल्लकालीन र लिच्छविकालीन समयमा नाटक संस्कृति र जीवन पद्धतिसँग जोडिएको इतिहास उत्खनन् गरे उनले। तर राणाकालीन समयमा पुगेपछि यो मनोरञ्जनसँग जोडिन पुगेको बताए। घिमिरे भन्छन्, 'राणाहरुले अन्य देशमा डुलेर रंगमञ्चलाई अँध्यारो कोठमा ल्याए र त्यसलाई मनोरञ्जनका रुपमा प्रयोग गर्न थाले।' तर परिवर्तित समयसँगै रंगमञ्चलाई मनोरञ्जनको क्षेत्रबाट रुपान्तरण गर्न आफूहरु लागिपरेको उनले बताए। 

कलाकर्मीले राजनिती, समाज र संस्कृति बुझेका हुँदैनन् भन्ने आम आरोप छ। यसप्रति घिमिरे युवराजले आपत्ति जनाए। भने,  'दर्शक र पाठकलाई विरेचन र उद्वेलित बनाउने स्रष्टा यी कुरा नबुझेर यस क्षेत्रमा लाग्दै लाग्दैनन्।' 

त्यसोभए एक कलाकर्मीको नजरमा राजनीति के हो त? घिमिरे भन्छन्, 'जीवनलाई चलाउने प्रणाली हो राजनीति।' 

यसलाई उनले थप व्याख्या गर्दै गए, 'परिवारमा राजनीति हुन्छ । मैले खाने चामल, पानी, नुन, तेलमा राजनीति छ। समाजको संरचनामा राजनीति छ।' 
सामान्य मानिसको बुझाइमा पार्टी र सदन मात्रै राजनिती भएको बताउँदै उनले  तर त्यो बुझाइ गलत रहेको स्पष्ट पारे। 

'एउटा सानो बच्चा, जसलाई बोल्न आउँदैन, हिँड्न सक्दैन । ऊ आमाको दूध खान रोएर राजनीति गर्छ । त्यसैले राजनीति हरेक ठाउँमा छ,'  उनको बुझाइ छ।   

आफूले घरको राजनीति नुबझी घर राम्रो बनाउन नसक्ने बताए। उनको उदाहरण छ, 'त्यो घरमा कमैया प्रथा छ। वा त्यो घरमा घरेलु हिंसा भइरहेको छ भने त्यहाँ विधीको शासन छैन । त्यसैले हाम्रो जोड भनेकै विधिको शासन हो।' 

यतिबेला उनी किन सरकारको विरोधमा बोलिरहेका छन्। प्रधानमन्त्री ओलीको विपक्षमा उभिएका छन् त?

उनको उत्तर छ, 'हामीले ओलीको बिरोध यसकारण गरिरहेका छौं। किनभने उनी विधीको शासनमा छैनन् । ओलीले देश बुझेका छैनन्। मजदुरको पिडा बुझेका छैनन्।'

उनले श्रमसँग जोडिएका भूइँमान्छेहरुको उदाहरण प्रस्तुत गरे, 'हामी साउदी कतारको कुरा मात्रै गरिरहेका छौं तर काठमाडौं निर्माण गर्ने मजदुरहरु जाडोमा इँटाको सुरुङ बनाएर पाल टाँगेर बसेका छन्। नागरिक समाजको बिरोध यस्तै कुरामा हो।' 

नगरिक समाज भनेको निश्चित व्यक्ति, समूह मात्रै बुझेर अपनत्व नलिइरहेका आमजनलाई उनले सबै नागरिक समाज रहेको सन्देश प्रवाह गरे। भने, 'म, तपाई, हामी सबै नागरिक समाज हौं।' 

देश लोकतान्त्रिक प्रणालीमा हुँदा पनि नागरिक समाजको खबरदारी जरुरी हुने बताउँछन्। उनी भन्छन्, ' लोकतान्त्रिक प्रणालीमा पनि शक्ति र सत्ता हात लागेपछि शासकले बाटो बिराउँछ। त्यसैले निरन्तर खबरदारी गर्ने काम नागरिक समाजको हो।' 

नागरिक समाज कुनै पनि व्‍यवस्थामा चुप लागेर बस्न नहुने उनको बुझाइ छ। भन्छन्, 'राम्रो काम गरे सरकारको पक्षमा र  नराम्रो काम गरे सरकारको विरोध गर्ने काम निरन्तर चलिरहने प्रक्रिया हो।'

सचेत नागरिकको अनौपचारिक समुह नागरिक समाजले सधैं विचारको बिउ जोगाइराख्ने पनि उनी बताउँछन्।  उनले भने,  'नागरिक समाज सानो मात्रामा हुन्छ र यो शान्तिपूर्ण र कलात्मक रहन्छ । तर यसको प्रभाव भने दह्रो हुन्छ।'

आन्दोलनमा युवा सहभागीता प्रशस्त रहेको पनि घिमिरेले बताए । उनले ठट्यौलो पारामा भने, 'इतिहासलाई हेर्ने हो भने केही बाहेक आन्दोलनमा सहभागी अधिकांश अनुहार नयाँ छन्। जो नयाँ आउँछ, ऊ आन्दोलनका लागि युवा हो।' 

अहिलेका पुस्तामा भने राजनितीप्रति नैराश्यता उनले स्विकारे । भने, 'देशमा बिधिको शासन छैन । विधिको शासन नहुने बित्तिकै शैक्षिक प्रणाली कमजोर बन्छन्।'  

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्