• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलास : न्यायाधीशले प्रश्न गरिरहे, महान्यायाधिवक्ता लिखित जवाफ पढिरहे

64x64
दुर्गा दुलाल सोमबार, माघ १९, २०७७  २३:२३
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालत पुगेका १३ निवेदनमाथि भएको बहस १४औं दिनमा पुगेको छ। योबीचमा रिट निवेदक पक्षको बहस सकिएर सोमबारदेखि सरकारी पक्षले प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट प्रतिरक्षा बहस थालेको छ।

सरकारी पक्षका तर्फबाट बहस गर्न महान्यायाधिवक्ता अग्निप्रसाद खरेल आफैं बहस गर्न संवैधानिक इजलासमा हाजिर भए। बिहान साढे ११ देखि सुरु भएको बहस सवा ४ सम्म चलिरह्यो। चिया सत्रअघि कम प्रश्न गरेका न्यायाधीशहरूले चियापछि खरेलमाथि प्रश्नका गति बढाए। न्यायाधीशले १३ दिनसम्म निवेदकलाई जसरी प्रश्नले र्‍याखर्‍याखती पारेका थिए खरेललाई पनि उसैगरी घेरिरहे। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश अनीलकुमार सिन्हा, विश्वभरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको इजलासले पालैपालो खरेलमाथि प्रश्नका प्रश्न गरिरहे। सिन्हा र मल्लले तुलनात्मक रूपमा कम आक्रामक प्रश्न राखेका थिए।  

राजपत्रको प्रश्नबारे पूर्वमहान्यायाधिवक्ताप्रति व्यंग्य
प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्न उत्रेका खरेलले सुरुमै निवेदकहरूले १३ दिन बहस गरेकाले आफूहरूलाई पनि पर्याप्त समय दिनुपर्ने तर्क सारे। संवैधानिक इजलासमा १३ थान निवेदनमा १३ दिन लगाएर बहसमा आएका प्रश्नको उत्तर दिनुपर्ने भएकाले समय पर्याप्त दिनुपर्ने उनको तर्क छ।

‘इजलासबाट उठेका प्रश्न र निवेदकले उठाएका प्रश्नहरूको जवाफ दिन १३ दिन समय दिनुपर्ने देखिन्छ,’ खरेलले भने, ‘यसका लागि सरकारका तर्फबाट मेरो नेतृत्वमा टिम रहेको छ। प्रधानमन्त्रीका तर्फका कानून व्यवसायीले आफ्नो तर्क राख्नुहुनेछ।’

बहसका क्रममा उनले राजपत्रको प्रसंग निकाले। निवेदकका तर्फबाट राजपत्र नभएको र 'ब्याकडेट'मा रातारात छपाएर इजलासमा पेस गरेका तर्क गरेको अधिवक्तालक्षित इतिहासको उदाहरण ल्याएर जवाफ दिन खोजे। 

‘प्रकाशन गर्नुपर्ने राजपत्र धेरै हुन्छ। अहिले पनि अपलोड हुँदैछ। म नियुक्त भएको सूचना पछि अतिरिक्ताङ्कमा प्रकाशित भएको थियो,’ खरेलले भने, ‘मभन्दा अघि अवकाश पाउनु भएका महान्यायाधिवक्ता रमण श्रेष्ठले राजीनामा दिनुभएको सूचना अहिलेसम्म प्रकाशित भएको छैन।’

उनले सबै विषय राजपत्र प्रकाशित नहुन सक्ने तर्क गर्न श्रेष्ठप्रति व्यंग्यवाण गरे। श्रेष्ठले बहसका क्रममा सरकारले राजपत्र पछि प्रकाशित गरेको स्वीकार गर्न अनुरोध गरेका थिए।

Ncell 2
Ncell 2

‘हिजो संविधान बनाउन सक्रिय र अहिले कसरी प्रधानमन्त्रीको विघटन ठिक छ भनेर बहस गर्ने भनेर चासो र चिन्ता विद्वान् मित्रहरूले व्यक्त गर्नुभएको छ,’ खरेलले भने, ‘पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०४७ सालको संविधानको आफैं व्याख्या गर्नु भयो। प्रश्न त उनलाई पनि उठाइएको थियो। अहिले म पनि सरकारको जिम्मेवारीमा छु।’ 

उनले संविधानको दायित्व पूरा गर्न बहसमा आएको पढेर सुनाए। पूर्वन्यायाधीश लक्ष्मण अर्यालको उदाहरण दिँदै २०४७ सालको संविधान मस्यौदा गरेको र २०५१ सालको विघटनको अधिकार हो भन्ने पक्षमा राय राखेको तर्क अघि सारे। महान्यायाधिवक्ताका रूपमा सरकारको प्रतिरक्षा गरिनँ भने संवैधानिक दायित्व पूरा नहुने हो कि भन्ने चिन्ताले बहसमा उत्रेको उनको तर्क छ।

‘मैले विगतमा भनेको सबै ठिक छन्। संविधानको धारा ७६ का सबै प्रक्रिया ठीक छन्,' उनले भने, ‘बहुमतप्राप्त दलले विघटन गर्न सक्दैन भनेको हो। तर विघटनको कुरा नै छैन भनेको छैन।’ 

धारा ७६ को उपधारा १ को सरकार
महान्यायाधिवक्ता खरेलले ओलीको नेतृत्वमा रहेको सरकार संविधानको धारा ७६ को उपधारा १ को भएको दावी गरे। बहुमत प्राप्त दलको नेतृत्वमा बसेको सरकार ओलीले नेतृत्व गरेको उनको दाबी थियो। उनले यी तर्क पुष्टि गर्न सरकार कसरी गठन भएको भन्ने तर्क अघि सारे। 

सरकार बन्नुअघि नै दुवै पार्टी एक!
२०७४ फागुन ३ गते केपी ओलीको नेतृत्वमा सरकार बनेको र यो गठनबन्धनको सरकार भएकाले धारा ७६ को उपधारा २ अनुसारको भएको तर्क गरे। २०७५ जेठ २ एमाले र माओवादी एकीकृत पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएकाले स्वतः ओली एकीकृत पार्टीको संसदीय दलको नेता भएको दाबी गरेका थिए।

पार्टी एकीकृत भएको कुरा संसद् सचिवालयलाई जानकारी दिइएको र संसदीय दलको संयुक्त बैठकले ओलीलाई अनुमोदन गरेको दाबी खरेको थियो। यो जवाफ लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न सोधे, ‘चुनावमा अलगअलग दल भएर भाग लिनु भयो। मत पनि आयो। ओली प्रधानमन्त्री हुनु भयो। तर विघटन गर्दा सिफारिस भएको पत्रमा र लिखित जवाफमा त प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको मिति २०७४ फागुन ३ लेख्नु भएको छ अलि बुझिएन नि?’

प्रधानमन्त्रीको दाबी र खरेलको जिकिर नमिलेपछि सिन्हाले प्रश्न उठाएका थिए। ‘२०७५ जेठ ५ गतेको संसदीय दलको कुरा पनि गर्नुभयो। तर, मन्त्रिपरिषद्‍को निर्णयमा जुन मितिमा पार्टी एकीकरण भएको थिएन उहाँले प्रम भएको भन्नुभएको छ। अनि अहिले एउटै दलको प्रम भन्न मिल्छ?’, सिन्हाले फेरि प्रश्न सोधे।

न्यायाधीशको उक्त प्रश्नपछि खरेलले जवाफ सिधा दिएनन्। आलटाल गरे। उनले एकै पार्टी भएको स्वीकार गरेकाले थप निर्णय नचाहिने भन्दै टारे।  

न्यायाधीश सपना प्रधान मल्ल खरेलको दाबीप्रति सन्तुष्ट देखिइनन्। ‘राजनीतिक दलबीचमा १६ बुँदे सहमति कहाँ भयो, संसदभित्र भित्र कि बाहिर? यसलाई मान्ने कि नमान्ने?,’ मल्लले प्रश्न गरिन्,  'गणतान्त्रिक संसद र विगतका संसदका विचमा के अन्तर छ?’

प्रधानपछि न्यायाधीश सिन्हाले थप प्रश्न राखे- ‘प्रधानमन्त्रीले शपथ कसरी लिनु भयो। कुन कानून अनुसार शपथ लिनु भयो? सरकार कुन धाराअनुसार भनेर सरकारी पक्षले स्वीकार भनेको छ?’ 

उनको प्रश्नपछि महान्यायाधीवक्ता खरेलले सुरुमा सपथ लिएको कुरा मुख्य प्रश्न नभएको भन्दै टालटुले जवाफ दिए। निर्वाचनको परिणाम आएको लामो समयसम्म शपथ नभएको भन्दै बहसलाई अर्कैतिर लगे। 

संविधानको धारा ७६ को उपधाराहरू ३,४,५,६ अनुसार सरकार नबन्ने भएपछि प्रधानमन्त्रीले सोही धाराको उपधारा ७ प्रयोग गरेर विघटन गरेको उनको दाबी थियो। 

‘धारा ७६ को उपधारा १ को प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्छ,’ खरेलले भने, ‘हाम्रो संविधानले कमजोर सरकारले विघटन गर्न सक्ने तर बलियोले नसक्ने परिकल्पना गरेको हो र?’

उनको बहसकै बीचमा न्यायाधीश मल्लले फेरि प्रश्न उठाइन्, ‘धारा ७६ को उपधारा १ अनुसारको सरकार हो भने धारा ७६ को उपधारा (७) को अधिकार प्रयोग गर्ने अधिकार पाउने कि नपाउने? संसदमा परीक्षण हुन पर्ने कि नपर्ने? कसरी उपधारा ७  अधिकार पाउने हो?’

मल्लको प्रश्नपछि खरेलले यो विशेष धाराको व्याख्याको लागि अर्को दिन नायव महान्यायाधिवक्ताले बहस गर्ने जवाफ दिए। 

000

न्यायाधीश विश्वभर श्रेष्ठले 'संविधानले विघटन स्वीकार गरेको हो?' भनी प्रश्न उठाए। उक्त प्रश्नको जवाफमा उनले नयाँ प्रधानमन्त्रीको जन्म नै हुन सकेन र उपधारा २ अनुसार सरकार बनेन, उपधारा ३ अनुसार दाबी गर्न आएनन् भने देशमा प्रधानमन्त्री त हुन्छ नि? भन्दै कुनै पनि सरकार गठन भएन भने विघटन गर्ने ओलीले नै भएको दाबी गरे। उपधारा २ अनुसारको सरकारले विघटन गर्न सक्ने उनको दाबी थियो।

इजलासले लगत्तै प्रश्न गर्‍यो, 'उपधारा ५ किन उल्लेख गर्नु भयो त?' उनले जवाफ दिए, ‘निर्वाचनको मिति त तोक्न पर्छ। अनि त्यहीअनुसार हो।’ 

ओली विघटनअघिसम्म १७४ जना सांसद रहेको संसदीय दलको नेता भएको दाबी गरे। संसदीय दलमा अविश्वासको प्रस्ताव नआएको वा संसदीय दलको नेताबाट समेत नहटाएकोले अर्को सरकार बन्न नसक्ने दाबी गरे।

पार्टीको कुरा राजनीतिक भएकाले इजलासले प्रवेश गर्न आवश्यक नहुने भन्दै पन्छाइदिए।

बहसका क्रममा महान्यायाधिवक्ता बारम्बार प्रश्नको सामना गर्न खटिइरहे। न्यायाधीशहरु प्रश्न उठाउन छोडेनन्। खरेलको उत्तरले न्यायाधीशहरू सन्तुष्ट हुन नसकेका हुन् कि भन्नेजस्तै भयो। 

‘धारा ७६ (७) को कल्पनाजस्तै प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्था हो?  यसलाई कसरी व्याख्या गर्नु हुन्छ? तपाईंका धारणा के हो?’ न्यायाधीश मल्लले उनलाई उपधारा ७ को प्रयोगबारे स्पष्ट पार्न भनिन्। उनले यसको जवाफमा आफूपछि बहसका लागि आउने साथीले भन्ने भन्दै अर्को प्रसंगमा लागे-बहुमत भएपनि काम गर्न नदिइएको।

बहुमत प्रधानमन्त्रीसँग भएको र अर्काे सरकार बनाउन सक्ने अवस्था नभएको तर्क गर्न थाले। उनले ओलीको पक्षमा संसदीय दल एकमत भएको र विभाजित नभएकोले संसदमा विश्वासको मत लिन नपरेको दाबी गरे।

लगत्तै न्यायाधीश सिन्हाले प्रश्न गरे, ‘विश्वासको मत जुन सुकै प्रधानमन्त्रीले उपधारा ७ लाई टेकेर लिन पर्छ कि पर्दैन?’

ओलीसँग बहुमत भएकाले विश्वासको मत लिन नपर्ने दाबी खरेलको थियो। न्यायाधीश तेजबहादुर केसीले यसअघि विघटनको कुरा भएर अस्थिर भएकाले अहिलेको व्यवस्था आएको मिल्छ कि मिल्दैन?’ भनी प्रश्न सोधे। 

उनको यो प्रश्नको जवाफमा स्वास्थ्य सामग्री खरिद, अन्य अनेकौं प्रकरण र मन्त्रिपरिषद्मा आफ्ना मान्छे राख्न दबाब दिएको कारण विघटन गर्न भनेको दाबी गरे।

प्रधानन्यायाधीश राणाले पनि खरेलमाथि प्रश्न राखे। मल्लले प्रश्न गरिरहिन्। लगातार प्रश्नपछि खरेल जवाफ दिन हायलकायल भएर प्रधानमन्त्री ओलीको लिखित जवाफतिर फर्किए। उनले लिखित जवाफको ३ क मा दुई तिहाई सदस्य आफूसँग भएको प्रधानमन्त्रीले दाबी गरेको र अर्को प्रधानमन्त्री हुन नसक्ने भएकाले विघटन गरेको दाबी गरे।

मल्लले फेरि जवाफमा प्रष्ट पार्न माग गरिन्, ‘सरकार चलाउन नसक्ने  र चलाउँदिनँ भन्ने एउटै कुरा हो कि फरक हो? सरकारलाई असहयोग भयो भन्नु भयो। यो कुरा के हो?’  

प्रश्न यत्तिमै रोकिएन। ‘अविशिष्ट अधिकार दललाई कि प्रधानमन्त्रीलाई हो? दललाई हैन र?’  न्यायाधीशको यो प्रश्नपछि फेरि खरेल लिखित जवाफमा फर्किए। संसदमा आफ्नै दलले असहयोग गरेको कुरा प्रष्टाउन थाले।

000

विघटनको मुद्दामा खरेलले एमसिसीलाई जोड्न पनि समय निकाले। निर्वाचनको कुरामा बहस गरिरहँदा न्यायाधीश सिन्हाले फेरि प्रश्न उठाए। संविधानको प्रस्ताव देखाउँदै उनले ओलीको 'सुखी नेपाली समृद्ध नेपाल'को नारासँग कसरी मेल खायो भनी प्रश्न उठाए। 

‘संविधानको प्रस्तावना हेरौँ, दिगो विकास र सुशासनलगायतका कुरा छन्। प्रधानमन्त्रीले पनि यही भन्नु भाछ। २०५२ सालमा निर्वाचनपछि विगतमा पनि स्थायित्व भएन। यही कुरा रोक्न  सविधान सभाबाट बनाएको संविधानको विघटन नलेलिखएको हो,’ न्यायाधीश सिन्हाले भने, ‘सामान्य जनतामा राजश्वको भार बढ्दै जाँदा कसरी समृद्धि  र सुशासन आउँछ। दलको दायित्व जनताले व्यहोर्ने कुरा किन? संसद बाहिर बसेका जनताहरूले किन बोक्ने?’ खरेलले उक्त प्रश्नको पनि प्रष्ट जवाफ दिएनन्। 

‘प्रधानमन्त्रीको खेल्ने मैदान कहाँ हो संसदीय दल कि संसद्? न्यायाधीशले फेरि प्रश्न उठाए। ‘राजनीतक दलको नैतिकता पनि हुन्छ। सबैलाई समेट्ने दायित्व पनि आफ्नै पार्टीभित्रको होला। अनि, पार्टीभित्रको विवाद त्यहीँ छलफल गर्ने हो कि संसदीय दलमा। यो छलफल त भएको थाहा छैन त?’ न्यायाधीश सिन्हाले प्रश्न राखे, 'संसदीय दलको नेता एकपटक चुनेपछि फेरि परिवर्तन हुनै नसक्ने हो?’  

उनको प्रश्नको जवाफ दिन फेरि खरेल लिखित जवाफमा पुगे। संसद र दलको नेता बनाउने कुरा अलग बाटो भएको भन्दै उनले राजनीतिक मुद्दामा पुनरावलोकन हुन सक्दैन भनेर प्रधानमन्त्रीको लिखित जवाफमा भनिएको दाबी गरे।

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  २३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद स... बिहीबार, माघ २२, २०८२
कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको... बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ। बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता बिहीबार, माघ २२, २०८२
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्