• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेशमा कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे कांग्रेस अझै अनिर्णित

64x64
लिलु डुम्रे शुक्रबार, माघ १६, २०७७  ०७:१०
1140x725

काठमाडौं– प्रदेश सरकारमा कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा कांग्रेसभित्र मतैक्य हुन सकेको छैन। नेकपाका दुई समूहले एउटा प्रदेशमा मुख्यमन्त्री कांग्रेसलाई दिने संकेत दिएपनि सहकार्य कुन पक्षसँग गर्ने भन्नेबारे कांग्रेसले निर्णय लिन सकेको छैन।

प्रदेश १ र बागमतीमा नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। दुवै प्रदेशका सन्दर्भमा पार्टीले लिने निर्णयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दुई दिन बैठक बोलाएपनि निष्कर्ष निस्किएको छैन। प्रदेश १ र बागमतीका केन्द्रीय सदस्यसहित शीर्ष तहका नेताको बैठक बसेको थियो। दुवै दिनको बैठकमा प्रधानमन्त्री ओली पक्षलाई प्रदेश सरकारमा सहयोग गर्दा आत्मघाती हुने मत बलियो थियो। 

बागमती प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको सन्दर्भमा छलफल गर्न माघ ९ मा देउवाले बैठक बोलाएका थिए।

प्रदेशको सत्ता समिकरणमा ओली पक्षसँग गठबन्धन गर्दा कांग्रेससँग आगामी निर्वाचनमा मुद्दा सकिने नेताहरुको तर्क छ। सभापति देउवा बागमती प्रदेशमा मुख्यमन्त्री लिएर प्रदेश १ मा ओली पक्षलाई सहयोग गर्ने पक्षमा देखिएका छन्। बागमती प्रदेशमा देउवाले मुख्यमन्त्री पद चाहनुको भित्री अन्तर्य उनी पक्षीय प्रदेश सांसद इन्द्र बानियाँ अघि सार्ने अवसर पनि हो। बागमती प्रदेश सभामा बानियाँ संसदीय दलका नेतासमेत हुन्।

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रचण्ड-माधव समूहको नेकपाले प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। दुवै पक्षलाई कांग्रेसको सहयोगबिना सरकार बनाउन बहुमत संख्या पुग्दैन। नेकपा (प्रचण्ड–माधव) पक्षले प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्ताव गरेका भीम आचार्यलाई समर्थन गर्न नसकिने जनाउ देउवाले दिइसकेका छन्। देउवाको उक्त अभिव्यक्तिको तात्पर्य बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीको हुनुपर्छ भन्ने हो। 

मोरङबाट केन्द्रीय सदस्य बनेका अमृत अर्यालले माघ ७ मा प्रदेश १ का केन्द्रीय सदस्य तथा शीर्ष नेताहरुको बैठकमा भनेका थिए, ‘भीम आचार्यलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिँदैन। उनी कांग्रेसविरोधी हुन्। आचार्यभन्दा शेरधन राई नै ठीक छन्।’ अर्याल प्रधानमन्त्री निकटका केन्द्रीय सदस्य हुन्। सभापति देउवाकै बोलीको रुपमा समेत अर्यालको अभिव्यक्तिलाई नेताहरुले बुझेका छन्।

प्रदेश १ मा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला हुन्। कोइराला संस्थापन इतरमा छन्। आफ्नो समूहमा नरहेका कोइरालालाई मुख्यमन्त्री बनाउन देउवा चाहँदैनन्। ओली पक्षका राईलाई प्रदेश १ मा समर्थन गरेर बागमती प्रदेश प्रमुख आफ्नो पक्षका बानियाँलाई बनाउने ध्येय देउवाको छ।

देउवा निकट केन्द्रीय सदस्य अमृत अर्यालले भने, ‘प्रतिनिधि सभा विघटनमा नेकपाका दुवै समूह उत्तिकै दोषी छन्। कुन पक्षलाई सहयोग गर्नेबारे अविश्वासको प्रस्ताव संसदमा प्रवेश गरेपछि निर्णय गर्छौं।’ 

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसका बहुसंख्यक नेता ओली पक्षलाई प्रदेश सरकारमा समर्थन गर्नै नसकिने मतमा अडीग छन्। एउटा प्रदेशमा कांग्रेसले सरकार बनाउने अवस्था बने प्रचण्ड–माधव समूहसँग मिल्नुपर्ने नेताहरुको राय छ। बागमती प्रदेशको सन्दर्भमा देउवाले प्रदेश संसदीय दललाई नै जिम्मेवारी दिनुपर्ने मत पनि राखेका छन्। माघ ९ मा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संसदीय दललाई जिम्मेवारी दिएर हुँदैन। राजनीतिक विषय भएकाले राजनीतिक लाइन हामीले लिनुपर्छ।’

कांग्रेसका लागि दुई प्रदेशमध्ये एकमा मुख्यमन्त्रीको प्रस्ताव पहिले ओली पक्षले प्रस्ताव गरेको थियो। लगत्तै प्रचण्ड–माधव नेकपाले पनि कांग्रेससँगलाई प्रस्ताव गरेको थियो। कांग्रेसका अधिकतम प्रदेश सांसद तथा केन्द्रीय नेता ओली पक्षलाई समर्थन गर्न हुँदैन भन्ने पक्षमा छन्।

माघ ७ को बैठकमा देउवा पक्षीय नेताहरु विजय गच्छदार, विश्वप्रकाश शर्मा, भिष्म आङ्दम्बेलगायतले ओली पक्षलाई सघाउँदा कांग्रेसका लागि हानी मत राखेका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल लाइभसँग भने,‘ओलीको क्रियाकलापविरुद्धमा अहिले हामी सडकमा छौं। जुन प्रधानमन्त्रीले असंवैधानिक काम गरे, राष्ट्रलाई नै धरापमा पार्ने कार्य गरे। उनलाई समर्थन गर्ने गरी हामी प्रदेशमा केही पनि गर्न चाहँदैनौं।’ ओली पक्षसँग मिलेर कहीँ पनि सरकार बनाउने पक्षमा कांग्रेस नभएको उनको दाबी छ।

दुवै पक्षले समान प्रस्ताव गर्नुको साथै पार्टीमा ओली पक्षलाई साथ दिनुहुन्न मत बलियो भएको छ। तीन वर्षसम्म केन्द्रीय सरकारका विरुद्धमा रहेको कांग्रेसले प्रदेश सभामा उनी पक्षीयलाई साथ दिन नहुने तर्क सारिएको छ। प्रतिपक्ष मुलतः अविश्वासको प्रस्तावको पक्षमा हुने भएकाले सोहीअनुरुपको मत जाहेर गर्नुपर्ने राय नेताहरुको छ। ‘प्रचण्ड–माधव पक्षको मुख्यमन्त्री हुने सम्भावना नै नभएको अवस्था थियो भने ओली पक्षलाई सहयोग गर्दा कांग्रेसले पनि मुख्यमन्त्री पाउने भयो भन्ने हुन्थ्यो‚’ नेता गगन थापाले भने, ‘एकमा हामीलाई समर्थन गर,अर्कोमा हामीले गर्छौं। दुवै समूहले भनेका छन्।’

प्रचण्ड–माधव समूहले कांग्रेसका लागि मुख्यमन्त्रीको दिने प्रस्ताव नगरेको भएपनि ओली पक्षलाई समर्थन गर्न नहुने थापाको जिकीर छ। ‘केन्द्रमा ओलीको कदमलाई असंवैधानिक कदम भनेर विरोधमा छौं। प्रदेशमा समर्थन गर्नु हुँदैन। निर्वाचनका समयमा हामीसँग मत माग्ने इस्यु हुँदैन।’ शीर्ष नेताहरुले देउवालाई सुझाव दिएका थिए। थापाको बोलीलाई देउवा पक्षीय नेता भीष्मराज आङ्दम्बेले समर्थन जनाए।

‘ओलीको असंवैधानिक कार्यको विरोध गर्दै हामी सडकमा छौं‚’ नेता आङ्दम्बेले भने, ‘सकेसम्म कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्छ। कांग्रेसले सरकार बनाउनै नसक्ने अवस्था बनेपनि ओलीलाई सहयोग गर्दैनौं।’

कुल ९३ सांसद रहेको प्रदेश १ मा ३७ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना ओली खेमामा फर्केका छन्। नेकपाको दुवै समूहका गरी ६७ सांसद छन्। कांग्रेसका २१ सांसद छन्। सरकार बनाउन बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गर्दै पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। 

बागमती प्रदेशमा १ सय १० प्रदेश सदस्य छन्। सरकार बनाउन आवश्यक संख्या ५६ जना पर्दछ। दुवै नेकपाका गरी ८० सांसद छन्।

प्रचण्ड–माधव समूहमा ४४ सांसद छन्। ओलीपक्षमा ३६ सांसद छन्। कांग्रेसका २२ छन्। ओली निकट मुख्यमन्त्री डोरमणि पौडेलको सरकार टिकाउन कांग्रेसको सबै मत प्राप्त गर्नुपर्नेछ। बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरी प्रचण्ड–माधव नेकपाका पक्षका ४५ जनाले हस्ताक्षर गरेका छन्। 

माघ ७ मा बोलाइएको बागमती प्रदेश सभा दुई दिन बसेर रोकिएको छ। अविश्वासको प्रस्ताव टेबल भएसँगै अर्को बैठक १९ गतेका लागि बोलाइएको छ। प्रदेश १ को सदन भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ सोमबार, जेठ ११, २०८३
आजको मौसमः हिमाल-पहाडका केही स्थानमा मध्यम वर्षा-हिमपात, तराईमा तातो हावा सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्