• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रदेशमा कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे कांग्रेस अझै अनिर्णित
64x64
लिलु डुम्रे शुक्रबार, माघ १६, २०७७  ०७:१०
1140x725

काठमाडौं– प्रदेश सरकारमा कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा कांग्रेसभित्र मतैक्य हुन सकेको छैन। नेकपाका दुई समूहले एउटा प्रदेशमा मुख्यमन्त्री कांग्रेसलाई दिने संकेत दिएपनि सहकार्य कुन पक्षसँग गर्ने भन्नेबारे कांग्रेसले निर्णय लिन सकेको छैन।

प्रदेश १ र बागमतीमा नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। दुवै प्रदेशका सन्दर्भमा पार्टीले लिने निर्णयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दुई दिन बैठक बोलाएपनि निष्कर्ष निस्किएको छैन। प्रदेश १ र बागमतीका केन्द्रीय सदस्यसहित शीर्ष तहका नेताको बैठक बसेको थियो। दुवै दिनको बैठकमा प्रधानमन्त्री ओली पक्षलाई प्रदेश सरकारमा सहयोग गर्दा आत्मघाती हुने मत बलियो थियो। 

बागमती प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको सन्दर्भमा छलफल गर्न माघ ९ मा देउवाले बैठक बोलाएका थिए।

प्रदेशको सत्ता समिकरणमा ओली पक्षसँग गठबन्धन गर्दा कांग्रेससँग आगामी निर्वाचनमा मुद्दा सकिने नेताहरुको तर्क छ। सभापति देउवा बागमती प्रदेशमा मुख्यमन्त्री लिएर प्रदेश १ मा ओली पक्षलाई सहयोग गर्ने पक्षमा देखिएका छन्। बागमती प्रदेशमा देउवाले मुख्यमन्त्री पद चाहनुको भित्री अन्तर्य उनी पक्षीय प्रदेश सांसद इन्द्र बानियाँ अघि सार्ने अवसर पनि हो। बागमती प्रदेश सभामा बानियाँ संसदीय दलका नेतासमेत हुन्।

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रचण्ड-माधव समूहको नेकपाले प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। दुवै पक्षलाई कांग्रेसको सहयोगबिना सरकार बनाउन बहुमत संख्या पुग्दैन। नेकपा (प्रचण्ड–माधव) पक्षले प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्ताव गरेका भीम आचार्यलाई समर्थन गर्न नसकिने जनाउ देउवाले दिइसकेका छन्। देउवाको उक्त अभिव्यक्तिको तात्पर्य बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीको हुनुपर्छ भन्ने हो। 

मोरङबाट केन्द्रीय सदस्य बनेका अमृत अर्यालले माघ ७ मा प्रदेश १ का केन्द्रीय सदस्य तथा शीर्ष नेताहरुको बैठकमा भनेका थिए, ‘भीम आचार्यलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिँदैन। उनी कांग्रेसविरोधी हुन्। आचार्यभन्दा शेरधन राई नै ठीक छन्।’ अर्याल प्रधानमन्त्री निकटका केन्द्रीय सदस्य हुन्। सभापति देउवाकै बोलीको रुपमा समेत अर्यालको अभिव्यक्तिलाई नेताहरुले बुझेका छन्।

प्रदेश १ मा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला हुन्। कोइराला संस्थापन इतरमा छन्। आफ्नो समूहमा नरहेका कोइरालालाई मुख्यमन्त्री बनाउन देउवा चाहँदैनन्। ओली पक्षका राईलाई प्रदेश १ मा समर्थन गरेर बागमती प्रदेश प्रमुख आफ्नो पक्षका बानियाँलाई बनाउने ध्येय देउवाको छ।

देउवा निकट केन्द्रीय सदस्य अमृत अर्यालले भने, ‘प्रतिनिधि सभा विघटनमा नेकपाका दुवै समूह उत्तिकै दोषी छन्। कुन पक्षलाई सहयोग गर्नेबारे अविश्वासको प्रस्ताव संसदमा प्रवेश गरेपछि निर्णय गर्छौं।’ 

Ncell 2
Ncell 2

कांग्रेसका बहुसंख्यक नेता ओली पक्षलाई प्रदेश सरकारमा समर्थन गर्नै नसकिने मतमा अडीग छन्। एउटा प्रदेशमा कांग्रेसले सरकार बनाउने अवस्था बने प्रचण्ड–माधव समूहसँग मिल्नुपर्ने नेताहरुको राय छ। बागमती प्रदेशको सन्दर्भमा देउवाले प्रदेश संसदीय दललाई नै जिम्मेवारी दिनुपर्ने मत पनि राखेका छन्। माघ ९ मा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संसदीय दललाई जिम्मेवारी दिएर हुँदैन। राजनीतिक विषय भएकाले राजनीतिक लाइन हामीले लिनुपर्छ।’

कांग्रेसका लागि दुई प्रदेशमध्ये एकमा मुख्यमन्त्रीको प्रस्ताव पहिले ओली पक्षले प्रस्ताव गरेको थियो। लगत्तै प्रचण्ड–माधव नेकपाले पनि कांग्रेससँगलाई प्रस्ताव गरेको थियो। कांग्रेसका अधिकतम प्रदेश सांसद तथा केन्द्रीय नेता ओली पक्षलाई समर्थन गर्न हुँदैन भन्ने पक्षमा छन्।

माघ ७ को बैठकमा देउवा पक्षीय नेताहरु विजय गच्छदार, विश्वप्रकाश शर्मा, भिष्म आङ्दम्बेलगायतले ओली पक्षलाई सघाउँदा कांग्रेसका लागि हानी मत राखेका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल लाइभसँग भने,‘ओलीको क्रियाकलापविरुद्धमा अहिले हामी सडकमा छौं। जुन प्रधानमन्त्रीले असंवैधानिक काम गरे, राष्ट्रलाई नै धरापमा पार्ने कार्य गरे। उनलाई समर्थन गर्ने गरी हामी प्रदेशमा केही पनि गर्न चाहँदैनौं।’ ओली पक्षसँग मिलेर कहीँ पनि सरकार बनाउने पक्षमा कांग्रेस नभएको उनको दाबी छ।

दुवै पक्षले समान प्रस्ताव गर्नुको साथै पार्टीमा ओली पक्षलाई साथ दिनुहुन्न मत बलियो भएको छ। तीन वर्षसम्म केन्द्रीय सरकारका विरुद्धमा रहेको कांग्रेसले प्रदेश सभामा उनी पक्षीयलाई साथ दिन नहुने तर्क सारिएको छ। प्रतिपक्ष मुलतः अविश्वासको प्रस्तावको पक्षमा हुने भएकाले सोहीअनुरुपको मत जाहेर गर्नुपर्ने राय नेताहरुको छ। ‘प्रचण्ड–माधव पक्षको मुख्यमन्त्री हुने सम्भावना नै नभएको अवस्था थियो भने ओली पक्षलाई सहयोग गर्दा कांग्रेसले पनि मुख्यमन्त्री पाउने भयो भन्ने हुन्थ्यो‚’ नेता गगन थापाले भने, ‘एकमा हामीलाई समर्थन गर,अर्कोमा हामीले गर्छौं। दुवै समूहले भनेका छन्।’

प्रचण्ड–माधव समूहले कांग्रेसका लागि मुख्यमन्त्रीको दिने प्रस्ताव नगरेको भएपनि ओली पक्षलाई समर्थन गर्न नहुने थापाको जिकीर छ। ‘केन्द्रमा ओलीको कदमलाई असंवैधानिक कदम भनेर विरोधमा छौं। प्रदेशमा समर्थन गर्नु हुँदैन। निर्वाचनका समयमा हामीसँग मत माग्ने इस्यु हुँदैन।’ शीर्ष नेताहरुले देउवालाई सुझाव दिएका थिए। थापाको बोलीलाई देउवा पक्षीय नेता भीष्मराज आङ्दम्बेले समर्थन जनाए।

‘ओलीको असंवैधानिक कार्यको विरोध गर्दै हामी सडकमा छौं‚’ नेता आङ्दम्बेले भने, ‘सकेसम्म कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्छ। कांग्रेसले सरकार बनाउनै नसक्ने अवस्था बनेपनि ओलीलाई सहयोग गर्दैनौं।’

कुल ९३ सांसद रहेको प्रदेश १ मा ३७ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना ओली खेमामा फर्केका छन्। नेकपाको दुवै समूहका गरी ६७ सांसद छन्। कांग्रेसका २१ सांसद छन्। सरकार बनाउन बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गर्दै पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। 

बागमती प्रदेशमा १ सय १० प्रदेश सदस्य छन्। सरकार बनाउन आवश्यक संख्या ५६ जना पर्दछ। दुवै नेकपाका गरी ८० सांसद छन्।

प्रचण्ड–माधव समूहमा ४४ सांसद छन्। ओलीपक्षमा ३६ सांसद छन्। कांग्रेसका २२ छन्। ओली निकट मुख्यमन्त्री डोरमणि पौडेलको सरकार टिकाउन कांग्रेसको सबै मत प्राप्त गर्नुपर्नेछ। बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरी प्रचण्ड–माधव नेकपाका पक्षका ४५ जनाले हस्ताक्षर गरेका छन्। 

माघ ७ मा बोलाइएको बागमती प्रदेश सभा दुई दिन बसेर रोकिएको छ। अविश्वासको प्रस्ताव टेबल भएसँगै अर्को बैठक १९ गतेका लागि बोलाइएको छ। प्रदेश १ को सदन भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् शनिबार, जेठ २४, २०८२
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ शनिबार, जेठ २४, २०८२
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्