• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सय महिनादेखि ह्याङ्गरमा थन्किएको ट्विनअटर जहाजको मर्मत खर्च कति?

64x64
उत्तम काप्री बिहीबार, माघ ८, २०७७  १४:५०
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एउटा ट्विनअटर जहाज सय महिनाभन्दा लामो समयदेखि ह्याङ्गरमा थन्किएको छ। ह्याङ्गरमा थन्किएको जहाज अहिले कवाडी अवस्थामा पुगेको छ। 

जुन जहाज मर्मतको विषय अहिले विवादमा परेको छ। कलसाइन डिएचसी ६–३०० (एबिएक्स) जहाज २०६९ भदौ ९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा थन्किएको छ। लुक्लाबाट काठमाडौं आउँदै गर्दा उक्त ट्विनअटर जहाजमा सामान्य समस्या देखा परेको थियो।

काठमाडौं विमानस्थलमा अवतरणको क्रममा जहाजको पंखामा समस्या आएको थियो। जहाजको पंखामा समस्या आएपछि तत्काल जहाज मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा पुग्यो। जहाजलाई मर्मतका लागि भन्दै ह्याङ्गरमा लगियो। मर्मतका लागि ह्याङ्गरमा लगिएको जहाज अहिलेसम्म त्यहीँ छ। 

फरक यतिमात्रै हो, उक्त समयमा सामान्य समस्या आएको जहाज अहिले कवाडीमा बिक्री गर्नुपर्ने अवस्थामा पुगेको छ। त्यतिबेलै मर्मत भएको भए नेपाल एयरलाइन्सको आन्तरिक उडानमा तीन वटा ट्विनअटर जहाज हुने थिए। मर्मतका लागि जहाज ह्याङ्गरमा लैजाँदा पंखामात्रै बिग्रिएको थियो। तर, अहिले जहाजका सबै पार्टपुर्जा झिकेर अन्य जहाजमा प्रयोग भइसकेको छन्। जहाज पनि खिया लागिसकेको छ।

किन विवादमा आयो जहाज मर्मतको विषय?
दुर्गम विमानस्थलको उडानका लागि ट्विनअटर जहाज नेपालको भूगोल सुहाउँदो जहाज हो। निगमले अहिले पनि २ वटा ट्विनअटर जहाजमार्फत पहाडी तथा दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्दै आएको छ। 

नेपालको पहाडी तथा दुर्गम क्षेत्रमा विमानस्थलको उडानका लागि भन्दै २०७१ सालमा खरिद भएका चिनियाँ वाई–१२ जहाज ६ वर्ष पनि उडान नहुँदै सदाका लागि थन्किएका छन्। तर नेपालमा ट्विनअटर जहाजमार्फतको उडान सुरु भएको भने ५ दशक हुन लागिसकेको छ। नेपालले सन् १९७१ देखि ट्विनअटर जहाजमार्फत आन्तरिक उडान सुरु गरेको थियो। 

कुनै बेला नेपाल एयरलाइन्ससँग ८ वटासम्म ट्विनअटर जहाज थिए। अहिले २ वटा उडानमा छन् भने एउटा ग्राउन्डेड छ। जुन ग्राउन्डेड ट्विनअटर जहाज मर्मतको विषय अहिले विवादमा आएको छ। 

अहिले विश्व बजारमा नयाँ ट्विनअटर जहाजको मूल्य ६५ करोड रूपैयाँ हाराहारी छ। तर २०६९ भदौदेखि ग्राउन्डेड ट्विनअटर जहाजको मर्मतमै २० करोड रूपैयाँ लाग्ने अनुमान निगम व्यवस्थापनले गरेको छ। केही इन्जिनियरहरूले भने जहाजको मर्मत ६० लाख देखि १ करोड रूपैयाँसम्म लाग्ने बताउँदै आएका छन्। जसका कारण जहाज मर्मतको विषय विवादमा तानिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०६९ भदौमा जहाज ग्राउन्डेड हुँदा सामान्य समस्या थियो। पंखामा मात्रै समस्या आएको जहाज तत्काल नै मर्मत गरेको भए बढीमा १ लाख ५० हजार डलर तथा थोरैमा १ लाख डलरमा जहाज मर्मत हुने अवस्था रहेको जहाज मर्मत गरिरहेको इन्जिनियरहरू बताउँछन्। तर उक्त सयममा नेपाल एयरलाइन्स व्यवस्थापनले जहाज मर्मतमा कुनै चासो देखाएन। 

उल्टो पंखामात्रै बिग्रिएर बसेको ट्विनअटर जहाज मर्मतको सट्टा सञ्चालनमा रहेको अरु २ वटा ट्विनअटर जहाजमा समस्या आउँदा त्यही जहाजको पार्टपुर्जा झिकेर मर्मत गर्न थालियो। ग्राउन्डेड भएको जहाजको इन्जिन समेत अन्य जहाजको इन्जिन साइकल सकिएपछि त्यस प्रयोग गरियो। एकपछि अर्को गर्दै ग्राउन्डेड जहाजको अधिकांश पार्टपुर्जा अरु २ वटा जहाजको मर्मतमा प्रयोग गरिन थालियो।

ग्राउन्डेड जहाज मर्मतका लागि भन्दै किनिएका सामान पनि अरु जहाजमा नै प्रयोग भए। ८ वर्षमा निगमको नेतृत्वमा आएकाहरूले यो जहाज मर्मतमा चासो दिएनन्। जहाज ह्याङ्गरमा नै थन्कियो। ह्याङ्गरमा थन्किएको जहाज मर्मत नगर्ने निगमले फेरि १० वर्षे व्यावसायिक योजना ल्याउँदै नयाँ जहाज खरिदको योजना अगाडि सारेपछि यो विषय उजागर हुन थाल्यो। 

जहाज मर्मतको विषय उजागर भएसँगै अहिलको महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाजको अवस्थाबारे सबै विवरण इन्जिनियरिङ विभागबाट मागे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभागका इन्जिनियरहरूले जहाज मर्मतका लागि ६ वटा प्रमुख पार्टपुर्जा खरिद गर्ने पर्ने विवरणसहित लागत अनुमानको विवरण बुझाएका थिए। 

जहाज मर्मत खर्च कति?
इन्जिनियरिङ विभागले बुझाएको विवरणमा मूल्य अभिवृद्धि करसहित १६ लाख ७२ हजार डलर खर्च लाग्ने अनुमान गरिएको छ। विवरणमा २ वटा इन्जिनका लागि करसहित ७ लाख ९८ हजार डलर, भिएफएच कम्युनिकेसन मोडिफिकेसन उपकरणका लागि ३ लाख ९९ हजार डलर, २ वटा ल्यान्डिङ ग्रियरका लागि २ लाख २८ हजार डलर, अन्य रोटएबल कम्पोनेन्ट म्यानेजमेन्टका लागि १ लाख १४ हजार डलर, टिएडब्लुएयर इनस्टलाइजेसनका लागि १० हजार डलर र पंखाका लागि १ लाख २३ हजार डलर लाग्ने अनुमानित विवरण महाप्रबन्धक पौडेललाई बुझाएको छ।

यसअघिका व्यवस्थापनले जहाज मर्मतको विषयमा के गरे भन्ने विषयमा आफूले कुनै प्रतिक्रिया नदिने र नयाँ प्रक्रियाबाट जहाजको विषयमा आएको विवाद समाधान गर्ने पौडेलले बताए। ‘जहाज तत्काल नै मर्मत गरेको भए १ लाख डलरमै हुने थियो भन्ने जुन विषय अहिले चर्चामा छ, त्यो विषयमा केही गलत छैन,’ जहाज मर्मतमा खटिने एक इन्जिनियरले भने, ‘तर, अहिले जहाज मर्मतका लागि फेरि २०६९ सालमा खर्च हुने रकमकबाट सम्भव पनि छैन। जहाजका पार्टपुर्जा झिकेर अन्य जहाजमा हाल्ने काम भएको छ। जहाज मर्मतका लागि अहिले तयार भएको लागत अनुमान पनि सत्य हो।’

जहाज मर्मतको विषय सञ्चालक बोर्डमा पेस हुँदै
१ सय महिना अगाडिदेखि ग्राउन्डेड भएको ट्विनअटर जहाज मर्मतको विषय अब निगम सञ्चालक बोर्डबाट निर्णय हुने भएको छ। निगम व्यवस्थापनले जहाज मर्मत गर्ने वा बिक्री गर्ने भन्ने विषयको प्रस्ताव बिहीबार बस्ने सञ्चालक समिति बैठकमा पेस गर्ने भएको छ।

व्यवस्थापनले अहिले जहाज मर्मतका लागि तयार पारेको लागत अनुमान सहितको विवरण बोर्डमा पेस गर्ने भएको हो।

जहाज मर्मतमा क-कसको लापरबाही?
जहाज २०६९ भदौ ९ गतेदेखि ग्राउन्डेड जहाज मर्मत नहुनुमा तत्कालीन समयमा निगमको नेतृत्वमा रहेकाहरूको कमजोरी छ। तत्कालीन समय निगमको नेतृत्वमा मनरूप शाही थिए। शाहीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री खड्कबहादुर विश्वकर्माले २०६८ असारमा निगम महाप्रबन्धकमा नियुक्ति गरेका थिए। शाहीले पनि जहाज मर्मतमा कुनै चासो दिएनन्। बरु ग्राउन्डेड भएका जहाजका पार्टपुर्जा झिकेर अन्य जहाजमा प्रयोग गरियो। त्यसमा नै लापरबाही भएको थियो।

ग्राउन्डेड भएको  ३ महिनापछि २०६९ मंसिरमा निगम महाप्रबन्धकमा मदन खरेल आए। सोही समयमा निगमको सञ्चालनक बोर्डको अध्यक्षको जिम्मेवारीमा थिए तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे।

घिमिरे अहिले पनि फेरि निगम सञ्चालक समितिकै अध्यक्ष छन्। जहाज ग्राउन्डेड भएको ३ महिना नेतृत्वमा आएका खरेलले पनि ट्विनअटर जहाज मर्मतमा खासै चासो दिएनन्। चिनियाँ जहाज खरिदमा निगम महाप्रबन्धक खरेलले नै एजेन्टका रूपमा लागिपरे।

ट्विनअटर जहाज मर्मतमा खरेल नेतृत्वको व्यवस्थापनले पनि चासो दिएन। खरेलपछि निगममा नेतृत्वमा  महाप्रबन्धकमा सुगतरत्न कंसाकार आइपुगे।

कंसाकारले चिनियाँ जहाज उडानका लागि काम गरे पनि ट्विनअटर मर्मतमा चासो दिएनन्। 

तर, ग्राउन्डेड भएको चिनियाँ जहाजको पार्टपुर्जा झिकेर अरु जहाज मर्मतमा प्रयोग भइरहेको थियो। अहिले पुनः आन्तरिक उडानका लागि भन्दै नयाँ जहाज खरिद गर्ने विषय अगाडि बढेसँगै ट्विनअटर जहाजको विषय विवादमा आएको हो।

दर्जन मन्त्री फेरिए‚ एउटा जहाज मर्मत भएन
जहाज ग्राउन्डेड भएको साढे ८ वर्षको नेपाल एयरलाइन्सको विभागीय मन्त्रालयमा ११ जना मन्त्री भइसकेका छन्। तर एउटा जहाज मर्मत भने भएन। उल्टो ग्राउन्डेड जहाजको जहाजको पार्टपुर्जा झिकेर अन्य जहाजमा प्रयोग भयो।

मन्त्रालयले पनि जहाज मर्मतको विषयमा निगम नेतृत्वलाई कुनै दबाब दिएन। उल्टो ग्राउन्डेड जहाजलाई कवाडीमा बनाउने गरी पार्टपुर्जा झिकेर अन्य जहाजमा प्रयोग भइरहेको विषयमा मौन समर्थन गरिरहे। अहिले पुनः नयाँ जहाज खरिदको विषय आएपछि मन्त्रालयले पनि यो विषयमा चासो देखाइसकेको छ।

मन्त्रीको जिम्मेवारीमा लोकेन्द्र विष्ट मगर, रामकुमार श्रेष्ठ, दीपक अमात्य, भीम आचार्य, कृपाशुर शेर्पा,आनन्द पोखरेल, जीवनबहादुर शाही, जितेन्द्र नारायण देव, स्व. रवीन्द्र अधिकारी र योगेश भट्टराईले आएर बिदाइसमेत भइसकेका छन्। अहिले फेरि मन्त्रालयको जिम्मेवारीमा भानुभक्त ढकाल आएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्