• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विदेशी लगानीमा नीतिगत फड्को मार्नेगरी एकसाथ ६ योजना कार्यान्वयन गर्दै लगानी बोर्ड

64x64
हेमन्त जोशी बुधबार, माघ ७, २०७७  १०:२९
1140x725

काठमाडौं- प्रत्यक्ष विदेशी लगानीका क्षेत्रमा नीतिगत फड्को मार्ने (पोलिसी डिपार्चर)का लागि लगानी बोर्डको कार्यालयले विभिन्न ६ वटा योजना बनाएर अघि बढ्ने भएको छ। कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमै नकारात्मक असर देखिइरहेको अवस्थामा विदेशी लगानी भित्र्याउनका लागि नयाँ तरिकाले जानुपर्ने भन्दै बोर्डले नयाँ कार्यक्रम ल्याउन लागेको हो। 

विदेशी लगानीसम्बन्धी दीर्घकालीन रणनीतिक योजना बनाउने, आयोजना बैंक तयार पार्ने, स्वचालित एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याउने, नलेज म्यानेजमेन्ट पोर्टल कार्यान्वयन गर्ने र विदेशी लगानीसम्बन्धी विद्यमान कानुनमा संशोधन, नीतिगत सुधार तथा कार्यविधि निर्माणको काम गर्न लागेको हो।

लगानी बोर्डको कार्यालयका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रका अनुसार बोर्डले विदेशी लगानीका क्षेत्रमा नीतिगत फड्को मार्ने भन्दै तयार पारेको अवधारणा पत्र (कन्सेप्चुअल फ्रेमवर्क) माथि गत कात्तिकमा बसेको बोर्डको ४५ औं बैंठकमा छलफल भएको थियो। 

यी विषयहरूलाई बोर्डको अर्को बैठकमा पेश गर्ने तयारी छ। यी सबै कार्ययोजनालाई एकसाथ अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा रणनीतिक योजना निर्माण समिति (स्ट्राजेजिक प्लान फर्मुलेसन कमिटी–एसपिएफसी) बनेको छ। जसभित्र ५ वटा अरु कार्यदल (टास्कफोर्स) बनाएर काम गरिरहेको पनि लगानी बोर्डको कार्यालयले जनाएको छ। 

दीर्घकालीन रणनीतिक योजना 
लगानी बोर्डले विदेशी लगानीका क्षेत्रमा अबको कार्यदिशा निर्क्योल गर्नका लागि भन्दै दीर्घकालीन रणनीतिक योजना बनाउँदैछ। अल्पकालीन, मध्यमकालीन र दीर्घकालीनरूपमा कुन र कस्तो प्रकृतिको आयोजनालाई प्राथमिकतामा राख्ने, लगानी खोज्ने र निर्माण अघि बढाउने भन्ने विषय रणनीतिले समेट्नेछ। 

निजी क्षेत्रलगायत सरोकारवाला निकायसँगको समन्वयमा आगामी २५ वर्षका लागि वैदेशिक लगानीको कार्यदिशा कोर्न यस्तो योजना निर्माण गर्न लागिएको प्रवक्ता मिश्रले जानकारी दिए। 

आयोजना बैंक
लगानी बोर्ड कार्यालयले आफ्नो छुट्टै आयोजना बैंक (प्रोजेक्ट बैंक) बनाउने तयारी गरिरहेको छ। लगानीकर्ताले आवस्यकताअनुसार सम्बन्धित आयोजनाका बारेमा सबै विवरण थाहा पाउने र यस्ता आयोजनाहरू बास्केटमा राखेर विदेशी लगानीकर्ता खोज्ने उद्देश्यसहित यो कार्यक्रम अगाडि बढाइएको उनले बताए। 

प्रवक्ता मिश्रका अनुसार लगानी बोर्डको कार्यालयले ६ अर्ब रूपैयाँभन्दा धेरै लागत भएका आयोजना र जलविद्युत आयोजनाहरूको हकमा २ सय मेगावाट उत्पादन क्षमताभन्दा ठूलाका आयोजनाहरू राखेर आयोजना बैंक तयार पार्न लागिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वचालित एकल बिन्दु सेवा केन्द्र 
लगानी बोर्डले स्वचालित प्रविधिबाट चल्ने एकल बिन्दु सेवा केन्द्र (वन स्टप सर्भिस) कार्यान्वयनलाई पनि कार्यान्वयन गर्न खोजिरहेको छ। वैदेशिक लगानीसम्बन्धी सबै सेवाहरूलाई एकै ठाउँमा उपलब्ध गराउने भन्दै उद्योग विभागले पनि एकल बिन्दु सेवा केन्द्र संचालन गरिरहेको छ। 

लगानी बोर्डले संचालन गरेको एकल बिन्दु सेवा केन्द्र अनलाईन प्रविधिमा आधारित र स्वचालित हुनेछ। 

नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) 
लगानी बोर्ड भित्रका कुन कर्मचारीले कस्तो काम गर्यो र आयोजनाहरूको प्रगति विवरण कस्तो अवस्थामा पुग्यो भनेर जानकारी राख्नका लागि नलेज म्यानेजमेन्ट पोर्टल बनाउन लागिएको हो। त्यस्तै बोर्डको क्षेत्राधिकारभित्र पर्ने हरेक आयोजनासँग सम्बन्धित कुन प्रकृया कसरी अगाडि बढिरहेको छ भन्ने कुरा यही पोर्टलबाट थाहा हुनेछ। 

कानुन र कार्यविधिको संशोधन तथा निर्माण गर्ने विदेशी लगानीसँग जोडिएका विद्यमान ऐन कानुनको पुनरावलोकन तथा नयाँ कानुन निर्माणको कामलाई पनि अगाडि बढाइरहेको बोर्डले जनाएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका बनाउने तथा सार्वजनिक–निजी–साझेदारी ऐन र नियमावलीमा गरिनुपर्ने संशोधनका लागि बोर्डले मस्यौदा बनिरहेको जनाएको छ। 

बोर्डको अनुगमन तथा सहजीकरण समितिको प्रमुखसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले केही समयअघि लगानी बोर्डको अनुगमन तथा निरीक्षण गर्दै बोर्ड जुन उद्देश्यले स्थापना भएको हो त्यो पुरा भएको नदेखिएकाले नयाँ स्वरुपमा काम गर्न निर्देशन दिएका थिए। 

कोभिड-१९ का कारण सिर्जित असहज परिस्थितिमा बोर्ड बैठक समयमा बस्न नसक्दा केही आयोजनाहरूको प्रकृयागत ढिलाइ भएमा अनुगमन तथा सहजीकरण समितिबाट अगाडि बढाएर निर्णय गर्न पनि अर्थमन्त्री पौडेलको निर्देशन थियो। त्यस्तै कोभिड-१९ महामारी पछि विदेशी लगानीमा गिरावट देखिएको अवस्थामा लगानी बोर्डको कामको प्रभावकारिता देखिने गरी खटिन पनि निर्देशन दिएका थिए।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । आइतबार, चैत २२, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । आइतबार, चैत २२, २०८२
सुनको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको हो ।  तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको मह... शुक्रबार, चैत २०, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्