• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

राष्ट्रियताको नाराले मात्रै चल्दैन फिल्म

पुष्पा थपलिया बुधबार, माघ ७, २०७७  ११:११
1140x725

काठमाडाैं-‘एभरेष्ट मःमः र नेपाली फिल्म उस्तै हो, मिठो भए खाइन्छ, नमिठो भए खाइन्न। सगरमाथाको नाममा छ भन्दैमा खानैपर्छ भन्न मिल्दैन’ 

यो भनाइ हो युट्युबर तथा हाँस्य कलाकार विशाल गौतमको। ६ महिनाअघिको उनको यो भनाइ ‘नेपाली फिल्म र राष्ट्रियता’ बहससँग मिल्न पुगेको छ। 

सबप्लटको तालमेल नमिलेको, द्वन्द्व स्पस्ट नभएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ अहिले हलमा लागिरहेको छ। निर्देशकले के कथा भन्न खोजे भन्ने प्रष्ट छैन। फिल्मको डबिङ र लिपसिंकसमेत मिलेको छैन।  

पटकथा, संवादमात्रै हैन प्राविधिक पक्षसमेत निकै कमजोर भएको नेपाली फिल्म बलिउड ब्लकबस्टर ‘मास्टर’ सँग जुधेको छ। कतिपयले यसलाई बाघ र बाख्रा एकै खोरमा थुनेको प्रतिक्रिया पनि दिइरहेका छन्।  

कमजोर फिल्म भएकाले दर्शकले नेपाली फिल्मलाई बेवास्ता गर्दै विदेशी फिल्मलाई साथ दिइरहेका छन्। योसँगै फेरि राष्ट्रप्रेम र नेपाली फिल्मको कुरा बहसमा आएको छ। 

के भन्छन् दर्शक ?
सोमबार सुन्धारास्थित सिने डि भिल्ला हलमा पुग्दा टिकट काउन्टर सुनसान थियो।  नेपालका अन्य हलहरुको तुलनामा महंगो यो हलमा कोही दर्शक फेला नपरेपछि नजिकै रहेको क्युएफएक्समा नेपाललाइभ पुग्यो। 

त्यहाँ केही जोडी दर्शक भेटिए जो दक्षिण भारतीय फिल्म मास्टर हेर्न हल पुगेका थिए। नेपाली फिल्म किन नहेरेको भन्ने प्रश्नमा बखुन्डोलका सुरेश रेग्मीले भने, ‘नेपाली फिल्म हेर्न लायककै छैन । त्यसैमाथि फिल्मको ट्रेलर हेरेरै वैराग लाग्यो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

सुरेशका अनुसार उनी फिल्मप्रेमी मानिस हुन्। लकडाउनको समयमा घरमा बसेर उनले धेरै फिल्म र सिरिजहरु हेरे। भने,  ‘नेटफ्लिक्समा विदेशका अवार्डविजेता फिल्म हेरेर समय बिताएँ, मास्टर भने हलमै हेर्ने चाहना थियो।’ 

मास्टर हेर्न हल पुगेकी स्वस्तिका सिंहले पनि नेपाली फिल्म मनै नपर्ने प्रतिक्रिया दिईन्। उनले भनिन्, ‘नेपाली फिल्मका कलाकारलाई अभिनय गर्नै आउँदैन। उनका अनुसार जे काम गर्छु भनेर उनीहरुले आफूलाई चिनाइरहेका छन्, त्यो बाहेकका काममात्रै उनीहरुलाई आउँछ। 

नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन त नेपाली फिल्म हेरिदिनुपर्छ भन्छन् नि भन्ने जिज्ञासामा सिंहले भनिन्, ‘पैसा तिरेर टर्चर किन्ने हैन, मनोरञ्जन लिने हो।’ 

कुरा सुनिरहेका अर्का दर्शक कमल सिंहले थपे, ‘कतिपयले हिन्दी फिल्म हेरेर पैसा भारतमा पठाएको, देशलाई माया नगरेको भन्छन् तर कलाको कुरामा देशप्रेमको कुरा कसरी आयो?’

उनले आक्रोशित हुँदै भने, ‘फेसन र सपिङका कुरा गर्नेबित्तिकै नेपालका नायक नायिकाले विदेशी ब्राण्डका कुरा गर्छन्, विदेश घुम्न गएका बेला नेपालमा खासै सपिङ नगर्ने बताइरहँदा उनीहरुको अनुहार धपक्क बलेको हुन्छ। अनि हामीले विदेशी फिल्म हेर्दाचाहिँ राष्ट्रविरोधी हुने भन्ने कुरा कसरी आयो?’ 

उनले राम्रा फिल्म बने नेपाली फिल्म नै हेर्ने बताए। ‘नेपालमा बनेका राम्रा फिल्म नछुटाई हेर्छु तर पुरानै ढर्रामा बनाएका फिल्म ठीक लाग्दैन,’ उनले भने। 

नेपाली भएकै कारण झुर नेपाली फिल्म हेरिदिएर देशभक्त नागरिक बन्न नपरेको पनि उनले बताए ।  

फिल्म निर्माताहरुको दुखेसो
यता फिल्म निर्माण गर्नेहरु भने निकै आक्रोसित छन्। वितरक र संञ्चारकर्मीले साथ नदिएको उनीहरुको आरोप छ। 

एउटा यस्तो प्रेम कहानीको वितरणको जिम्मा लिएको एफडी कम्पनीका प्रमुख सुशील पोखरेलले हलवालाले नेपाली फिल्मलाई साथ नदिएको आरोप लगाए। 

केही दिनअघि सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले मोफसलका हलहरुमा नेपाली फिल्म नपुर्‍याइदिएको आरोप लगाएका थिए। उनले लेखेका थिए, ‘सर्भरवालाले हिन्दी फिल्म मास्टरलाई कुरेर बसे, त्यसैले मोफसलमा फिल्मको हार्डडिक्स र फिल्म पुगेन।’ उनले उक्त स्ट्याटस अहिले भने हटाइसकेका छन्।

त्यसो त उनले फिल्म लाग्नुअघि सबैले हलमा गएर, टिकट काटिदिएर, चलचित्र हेरिदिएर, यो क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेका थिए। जसमा सम्पूर्ण कलाकर्मीको साथ र समर्थन थियो। तर फिल्म लाग्दा समर्थन जनाउने कोही कलाकार हल पुगेनन्। 

हलवाला भन्छन्–दर्शक बिच्काउन भएन
लामो समयको बन्दपछि बल्ल सरकारले हल खोल्ने अनुमति दियो। त्यसो त, हल खोल्ने अनुमति नदिए पनि हलवाला तात्तिएर पहिल्यै सञ्चालनमा ल्याएका थिए। तर निर्माताले नयाँ फिल्म हलमा नदिँदा पुरानै फिल्म देखाउनुपरेको थियो। 

खडेरीको समयमा एक थोपा पानी नै सही, अभिनेता शिव श्रेष्ठले फिल्म प्रदर्शनको  मिति तय गर्नेबित्तिकै हलवाला जुर्मुराए । चलचित्र संघका अध्यक्षसमेत रहेका मधुसुदन प्रधानले त सार्वजनिक स्थानमा भाषण गर्दै भनेका थिए– रिलको मात्रै हैन रियल हिरो शिव नेपाली फिल्मका लागि भगवान हुन्। 

जब सरकारले हल खोल्ने अनुमति दियो, वितरकले लाखौं खर्चेर दक्षिण भारतीय फिल्म किने। 

यसबारे क्युएफएक्सका एक कर्मचारीले भने–नेपाली फिल्मले झनै दर्शक बिच्काउने भए, बाध्य भएर हिन्दी फिल्म किन्नुपर्‍यो।’ 

उनका अनुसार फुर्सदको समयमा विदेशी फिल्मको लत बसेका नेपाली दर्शकलाई कमजोर फिल्मले झनै बिच्काउँछ।  आफूहरुले मनोरञ्जन क्षेत्रको भविष्य सोचेरै हिन्दी फिल्म प्रदर्शनमा ल्याएको उनको ठहर छ।
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्