काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास गएका छन्।
सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। सोमबार अपरान्ह देउवासँग पौडेलले करिब एक घण्टा संवाद गरेका हुन्। प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीमा फरक-फरक विचार आइरहेको समय देउवाले पौडेललाई भेटेका हुन्।
असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेल निकट स्रोतले जानकारी दिएको छ।
सभापति देउवा निर्वाचनको पक्षमा देखिएका छन् भने पौडेलले पहिले संविधान बचाउन जोड दिएका छन्। निर्वाचनको पक्षमा सभापति देखिएपछि संस्थापन पक्ष रुष्ट देखिएको छ।
सभापति देउवाले अदालतमा विचाराधीन मुद्दाको फैसला कुरिरहेका छन्। अर्कोतर्फ, संस्थापनइतरका नेताहरू संसद् पुनर्स्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा जोड दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।