• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चिया विकास निगमको जग्गामा त्रिवेणीको रजाइँ !

घाटामा गएको देखाउँदै बक्यौता भुक्तानीबाट उम्कने दाउ, २०६७ देखि भाडा पुनरावलोकन पनि भएन
64x64
उत्तम काप्री मंगलबार, माघ ६, २०७७  ०७:१५
1140x725
इलामको कन्यामस्थित चिया बगान। चिया विकास निगमले लिएको यो बगानको जग्गाको क्षेत्रफल तथा बक्यौताको विवाद समाधान भएको छैन। तस्बिर : जिसस इलाम

काठमाडौं- सरकारी जग्गा भाडामा लिएर झापा र इलाममा चिया विकास निगमका ७ वटा चिया बगान सञ्चालन गर्दै आएको त्रिवेणी ग्रुपले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम तिर्न आनाकानी गर्दै आएको छ।

सरकारी जग्गा भाडामा लिएर चिया बगान सञ्चालन गर्दै आएको त्रिवेणीले पुरानो भाडाबापतको रकमका विषयमा सरकारले बारम्बार ताकेता गरे पनि भुक्तानी नगरेको पाइएको हो। सवा १० करोड रुपैयाँ बक्यौता भुक्तानीका लागि अर्थ मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि नतिरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

‘बक्यौता रकम भुक्तानीका लागि अर्थ मन्त्रालयले पछिल्लो साढे एक वर्षमा नै ३ वटा पत्र काटिसकेको छ,’ अर्थ मन्त्रालयका एक सह-सचिवले भने, ‘बक्यौता रकम भुक्तानी गर्ने विषयमा त्रिवेणीले विभिन्न बहाना झिकिरहेको छ।’

त्रिवेणी ग्रुपले चिया बगान नाफामा जान नसकेको भन्दै पुरानो बक्यौता भुक्तानी गरेको छैन। तर, चिया बगान भने सञ्चालन गरिरहेको छ।

जग्गा नापीमा भूमि मन्त्रालयको असहयोग
त्रिवेणी ग्रुपले सरकारले उपलब्ध गराउने जग्गा नपाएको भन्दै बक्यौता रकम तिर्न आलटाल गरेपछि अर्थ मन्त्रालयले उसले भोगचलन गर्दै आएको जग्गाको नापी गरिदिन भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत पत्राचार गरेको थियो।

अर्थ मन्त्रालयले गत असारमै त्रिवेणी ग्रुपले भोगचलन गर्दै आएको जग्गा नापी गरिदिन भन्दै पत्र लेखेको थियो। भूमि मन्त्रालयले पनि जग्गा नापीमा कुनै सहयोग नगरेको अर्थ मन्त्रालय स्रोत बताउँछ। तर, त्रिवेणीले पुरानो सवा १० करोड रकमबाहेक पछिल्लो समयको जग्गा भाडाबापतको वार्षिक ४० लाख रकम भने चुक्ता गरिरहेको छ।

पुरानो बक्यौता रकमकै विषयलाई लिएर चिया विकास निगम र त्रिवणी ग्रुपबीचको विवाद समाधानका लागि सरकारले २०७५ असोजमा अध्ययन कार्यदल गठन गरेको थियो। 

अर्थ मन्त्रालयका कानुन महाशाखाका सह–सचिव उदयराज सापकोटाको नेतृत्वमा गठन भएको ७ सदस्यीय कार्यदललाई विवादको चुरो पत्ता लगाई नयाँ प्रक्रियाबाट अगाडि बढ्ने विषयमा सुझाव तथा राय दिने अधिकार क्षेत्र तय भएको थियो। तर, कार्यदलले विस्तृत अध्ययन नै नगरी सामान्य प्रतिवेदन मात्रै बुझाएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रतिवेदन झारा टार्ने गरी तयार तयार भएको छ,’ स्रोतले भन्यो, ‘प्रतिवेदनमा केही नयाँ विषय नभएको र सुझाव पनि समयसापेक्ष छैन। मन्त्रीले गाली गरेपछि हतारहतारमा फाइल बुझाउने काम मात्रै भएको छ। समस्या ज्यूँका त्यूँ छ।’

यसरी भएको थियो सम्झौता
झापा र इलाममा रहेको टोकला, चिलिङकोट, इलाम, कन्याम, सोक्तिम, बर्ने र बाह्रदशी चिया बगान २०५७ असार १४ गते नेपाल सरकार र चिया विकास निगमबीच निजीकरण सम्बन्धी सम्झौता भएको थियो। सम्झौताको २० वर्षभन्दा बढी समय घर्किसक्दा पनि निगम र सरकारबीच जग्गा कायम र बक्यौता (जग्गा भाडा वापतको रकम)को विवाद भने सुल्झन सकेको छैन। अहिले स्थानीय तहले समेत चिया बगानको जग्गा हडप्न थालिसकेको अर्थ मन्त्रालयको भनाइ छ।

चिया विकास निगमलाई सँधै उत्पादन कम देखाउँदै भाडा घटाउने र पुरानो रकम नतिर्ने खेलमा लागिपरिरहेको आरोप लाग्दै आएको छ। ‘यसको सत्यतथ्य के हो, सम्झौता अनुरुप आर्थिक अनुशासन पालना भए/नभएको विषय उजागर हुने गरी अध्ययन गर्ने अधिकार पाएको कार्यदलले समेत झारा टार्ने गरी प्रतिवेदन बुझाएपछि झन यो विषयमा अन्योल बढको छ', अर्थ मन्त्रालयका अर्का एक अधिकारीले भने।

लामो समयदेखि पुनरावलोकन हुन नसकेको जग्गाभाडाका विषयमा पनि प्रतिवेदनले बाटो देखाउने अपेक्षा गरिएको थियो। तर, उक्त विषयमा प्रतिवेदनमा नआउँदा जग्गा विवाद कायमै छ।

Xtrem

Xtrem

यसअघि पनि विवाद समाधानकै लागि २०६३ मंसिरमा राष्ट्रिय योजना आयोग एवं निजीकरण समिति सदस्य पोषराज पाण्डेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो। सो कार्यदलले २०६३ चैत ६ गते सरकारलाई निगमसँगको विवाद सल्टाउने सुझावसहित प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो। 

अघिल्लो कार्यदलले निगम र सरकारबीच भएको सम्झौताकै आधारमा सुझाव दिएको थियो। तर, सरकारले सुझाव कार्यान्वयनतर्फ चासो दिएन। बरु निजीकरण गरिएको निगमलाई नै सहज हुनेगरी सरकारी सम्पत्ति सुम्पिँदै आएको थियो। पछिल्लो प्रतिवेदनले झन् सरकारी सम्पत्तिको रक्षाका लागि आवश्यक सुझाव नै नदिएको मन्त्रालयको भनाइ छ। 

निगमको अगुवाइ गरिरहेका सुवास सांघाइ पनि शक्तिकेन्द्र रिझाउँदै ७ वटा चिया बगान सञ्चालन गर्ने तर बक्यौता रकमको विषयलाई भने विषयान्तर गर्ने प्रयासमा रहेको बताइन्छ। 

के थियो सरकार र निगमबीच सम्झौता?
नेपाल सरकार र त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघाईबीच २०५७ असार १४ गते चिया विकास निगम निजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको थियो। 

निगम निजीकरण प्रक्रियाअन्तर्गत निगमको ६५ प्रतिशत सेयर मूल्य २६ करोड ७१ लाख ५ हजार रुपैयाँ कायम गरी प्रतिवर्ष २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा बुझाउने गरी ५० वर्षका लागि सम्झौता भएको थियो।

सरकार र खरिदकर्ताबीच सेयर खरिदबिक्री र जग्गा भाडासम्बन्धी अलग-अलग सम्झौता भएका थिए। सम्झौतामा खरिदकर्ताले २० करोड ३ लाख ३० हजार सेयर बापतको रकम सरकारलाई बुझाई बाँकी ६ करोड ६७ लाख ७५ हजार रुपैयाँको बैंक ग्यारेन्टी राख्ने उल्लेख थियो। उक्त सम्झौतामा नेपाल सरकारले चिया विकास निगमलाई ५ हजार १ सय ९६ एकड जग्गा उपलब्ध गराउने सर्त थियो।

'कौडी'को भाउमा जग्गा
निगमले अहिले एक एकड जग्गाको मासिक भाडा १ सय ३ रुपैयाँ मात्र तिर्दै आएको छ। जबकि यो रकम जग्गा मूल्यांकनको सापेक्षिक कसीमा अत्यन्तै न्यून हो।  

यो पनि चिया विकास निगमले विभिन्न ७ वटा बगान सञ्चालनका लागि आफूले पाएको भनी स्वीकार गरेको जग्गा भाडा मात्रै हो। निगमले ५ हजार १ सय १९ एकड जग्गामध्ये आफूले ३२ सय ४३ एकड जग्गा मात्रै पाएको दाबी गर्दै आएको छ। सरकारले भने निगमलाई ३९ सय ८३ एकड जग्गा उपलब्ध गराएको दाबी गरेको छ। 

निगमकै दाबी मान्ने हो भने ३२ सय ४३ एकड जग्गाको वार्षिक भाडा ४० लाख छ। उक्त रकमलाई मासिक एक एकडको हिसाबकिताबका दरमा प्रस्तुत गर्दा १ सय ३ रुपैयाँ हुन आएको हो। सरकारले उपलब्ध गराएको जग्गाका आधारमा भन्ने हो भने एक एकड जग्गाको मासिक भाडा जम्मा ८३ रुपैयाँ ६७ पैसा मात्रै हुन आउँछ।

सरकारले उपलब्ध गराएको भनिएको जग्गा र निगमले पाएको भनिएका जग्गामा ७ सय ४०.७३ एकडको फरक छ। अहिले बाँकी जग्गा कहाँ गयो भन्ने प्रश्न उब्जिएको छ। जग्गा हराएको विषय सतहमा आएसँगै अर्थ मन्त्रालयले जग्गाको नयाँ नापी गर्न भूमि मन्त्रालयलाई आग्रह गरे पनि काम भने भएको छैन।

सम्झौता भएको ५ वर्षसम्म पनि खरिदकर्ताले सरकारलाई भाडा दाखिला नगरेपछि विवाद सुरु भएको हो। सो विवाद समाधान नभएपछि खरिदकर्तासँग सम्पत्ति समायोजन, भाडा, भुक्तानी, सम्पति हस्तान्तरण, बैंक ग्यारेन्टी नवीकरणको विषयमा पनि विवाद चर्कन थाल्यो।

विवाद बढ्दै गएपछि निजीकरण समितिले २०६२ माघ २७ गते बैठक बसी बैंक ग्यारेन्टी राखेको रकम र भाडा रकमको ब्याजसहित बुझाउन लगाउने निर्णय गरेको थियो। तर, निर्णय लागू भएन।

खरिदकर्ताले २०६२ फागुनमा उक्त निर्णय बहिष्कार गरी मध्यस्थतामा जाने सरकारलाई जानकारी गरायो तर अदालती प्रक्रियामा पनि ऊ नै प्रवेश गर्‍यो। 

खरिदकर्ताको उक्त निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तिरिम आदेश दियो। यसपछि विवाद झनै चर्कियो। सर्वोच्चले २०६३ साउन ९ गते अन्तरिम आदेश जारी गरेको थियो। अहिले पनि यो मुद्दा सर्वोच्चमा विचाराधीन छ।

खरिदकर्ताले सरकारले ५ हजार १ सय ९६ एकड जग्गामध्ये ३२ सय एकड जग्गा मात्रै उपलब्ध गराएका कारण सम्झौताअनुरुप बक्यौता भुक्तानी गर्न नसकेको बताउँदै आएको छ।

विवाद बढ्दै गएपछि २०६२ माघ १० मा बसेको निजीकरण समितिले सम्झौताअनुरुप सरकारले १२ सय १२.३४ एकड जग्गा उपलब्ध गराउन नसकेको हुँदा उक्त जग्गा बापतको ६५ लाख ३२ हजार ६ सय ३४ रुपैयाँ कम गरी वार्षिक २ करोड १४ लाख  ६८ हजार ३ सय ३६ रुपैयाँ वार्षिक भाडा तिर्ने सहमति गर्‍यो यो। तर, फेरि सहमति अनुसार निगमले सरकारलाई भाडा भुक्तानी गरेन।

घाटा देखाउँदै बक्यौता टार्दै
२०५७ कात्तिक ४ देखि २०६२ कात्तिक ३ गतेसम्मको एकमुष्ठ ५ वर्षको भाडा १० करोड ७३ लाख ४१ हजार ८ सय ३० रुपैयाँ निगमले आफ्नो वासलातमा दायित्व सृजना गरी नेपाल सरकारलाई तिर्नुपर्ने भनिएको थियो। त्यसमा पनि निगमले नाफा आर्जन गरी आगामी १० वर्षभित्र सो भाडा रकम भुक्तानी गर्ने सम्झौता त्यसबेलै भएको थियो। तर, १६ वर्ष बित्दा पनि पुरानो भाडा वापतको बक्यौता रकम चुक्ता गरेको छैन। सम्झौतामा नाफामा गएपछि मात्रै भाडा तिर्ने विषय उल्लेख भएको तर निगम अहिलेसम्म नाफामा नगएको भन्दै भाडा नतिरेको हो। 

‘०६२ सालको सम्झौतापछि निगमले कहिल्यै पनि नाफा देखाएको छैन,’ अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘हरेक वर्ष निगम घाटामा गएको मात्रै देखाउनुको कारण पुरानो रकम भुक्तानी नगर्ने निगमको रणनीति हो।’

सँधै भाडा रकममा किचलो गर्ने निगमले आव ०६०/६१ मा ५३ लाख १२ हजार ३ सय १६ केजी, आव ०६१/०६२मा ५७ लाख ६२ हजार २ सय ३७ केजी र आव ०६२/०६३मा ५२ लाख ९४ हजार ४ सय ९३ केजी हरियो पत्ती उत्पादन गरेको तथ्याङ्क देखाएको छ।

सरकारले निगमकै तथ्यांकलाई आधार माने २०६२ कात्तिक ४ गतेदेखि ५ वर्षका लागि वार्षिक ४० लाख रुपैयाँ भाडा र नाफामा गएपछि नाफाको १० प्रतिशत रकम समेत जोडी भाडा दाखिला गर्नुपर्ने भनी सम्झौता गरेको थियो। ५ वर्षपछि २०६७ मा पुनः भाडा समायोजन गर्नुपर्ने हो। तर, पुनः भाडा तय नगरी निगम घाटामा गएको तथ्यांक पेस गर्दै खरिदकर्ताले अहिले पनि ४० लाख रुपैयाँ मात्रै वार्षिक भाडा तिर्दै आएको छ। निगमले आव ०७१/७२ मा आइपुग्दा पनि हरियो चियापत्ती उत्पादन वृद्धि भएको तथ्यांक देखाएको छैन।

तर, आर्थिक वर्ष ०६२/६३ को तुलनामा आव २०७१/७२ मा आइपुग्दा २३ लाख ६८ हजार ७ सय २९ केजी हरियो पत्ती, आव २०७२/७३ मा १९ लाख २५ हजार ७ सय ८१ केजी र आव २०७३/७४ मा २३ लाख ५२ हजार ७ सय ३७ केजी हरियो पत्ती उत्पादन गरेको छ।

‘यो तथ्यांक सर्वथा गलत छ, यसले पनि सन्देह पैदा गरेको छ,’ चिया विकास बोर्डका एक कर्मचारीले भने, ‘वार्षिक रूपमा चिया उत्पादनको तथ्यांक सार्वजनिक गर्ने बेलामा पनि उनीहरूसँग तथ्यांक लिन भने ठूलै जित हात पार्नु जस्तो हुन्छ।’

आश्चर्य त के छ भने सरकार फेरि निगमले नै दिएको तथ्यांकलाई आधार मानेर भाडा घटाउने निर्णय गर्छ। 

चिया विकास निगमले पाएको जग्गा विवरण

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्