• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको हाँसोठट्टा, खरो प्रश्न 

64x64
लिलु डुम्रे आइतबार, माघ ४, २०७७  १९:३३
1140x725

काठमाडौं- प्रतिनिधि विघटनविरुद्ध दर्ता भएका १३ वटा रिट निवेदनमाथि आइतबारबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सुरु भएको छ। यसअघिको बहस मूलतः संवैधानिक इजलास वा बृहत् पूर्ण इजलास कसले सुनुवाई गर्ने भन्नेमा केन्द्रित थियो। 

आइतबार मूल विषयमा प्रवेश गरेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमेशर राणा ‘खुला मुड’मा देखिएका थिए। बिहान करिब १२ बजेदेखि सुरु भएको बहस चार बजे टुङ्गिदासम्म अधिकांश समय उनले कानुन व्यवसायीमाथि प्रश्न सोधेका थिए। कहिले हाँसो ठट्टा गर्दै त कहिले गम्भीर रूपमा उनले संवैधानिक कानूनका जानकारहरूसँग प्रश्न राखेका थिए। अधिकांश समय इजलासको नेतृत्व उनैले गरेका थिए। न्यायाधीश सपना प्रधान मल्लको प्रशंसा भइरहँदा पनि उनले संविधानमा भएको व्यवस्थाबारे प्रष्ट हुने प्रश्न सोधेका थिए। 

रिटको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई उनले सवाल गर्दा संविधानले गरेका कल्पनासम्ममा वहस भएको थियो। निवेदक सन्तोष भण्डारीबाट सुरु भएको बहस नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलमा आएर टुङ्गिएको थियो।

संवैधानिक कानुनविज्ञ, अधिवक्ता भीमार्जुन आचार्य र सुनील पोखरलेले बहस गरिरहँदा राणाले बीचबीचमा धेरै प्रतिप्रश्न गरेका थिए। भण्डारीपछि बद्री भट्टले बहस गरेका थिए। उनीलगत्तै आचार्यले बहस गरे। आइतबार लामो समयसम्म बहस गरेका आचार्यले संविधानको व्याख्या गरेका थिए। आचार्यले ५ प्रश्नमा बहस गरेका थिए।

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा २०४७ सालको संविधानको धारा ५३ को उपधारा ४ को प्रसंग सर्वाधिक उठेको थियो। प्रधानमन्त्रीको सिफारिसमा राजाले संसद भंग गर्ने प्रावधान उक्त धारामा थियो। विद्यमान संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार नै नरहेको अधिकांश वकिलहरूको दाबी थियो। 

अधिवक्ता आचार्यले संविधानको धारा ७६ को कुनै पनि उपधाराले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नदिएको प्रष्ट्याएका थिए। प्रतिनिधि सभा विघटन गरेपनि त्यो अधिकार संसदलाई मात्रै भएको उनले इजलासमा सुनाए। बहुमतको संसदीय दलको नेता, दलको संयुक्त सरकार, एकल व्यक्तिले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहे मात्रै संविधानको धारा ७६ को ‘७’ आकर्षित हुने आचार्यको तर्क थियो।

कहिले हाँसो ठट्टा गर्दै त कहिले गम्भीर रूपमा उनले संवैधानिक कानूनका जानकारहरूसँग प्रश्न राखेका थिए। अधिकांश समय इजलासको नेतृत्व उनैले गरेका थिए।

उनले २०४७ को संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने स्पष्ट आधार देखाएको उल्लेख गर्दै गर्दा प्रधानन्यायाधीशले प्रतिप्रश्न गरेका थिए । २०४७ को संविधानको धारा ५३ ‘४’लाई समेत फरक/फरक समयमा फरक/फरक व्याख्या गरेकोप्रति राणाले प्रश्न गरेका थिए। प्रधानन्यायाधीशले ‘प्रधानमन्त्री बहुमतको भएकाले अर्को सरकार बन्ने विकल्प नभएको अवस्थामा विघटन गर्न मिल्छ कि मिल्दैन?’ भनेर प्रश्न सोधे। 

Ncell 2
Ncell 2
nimb
nimb

राणाको प्रश्नमाथि जवाफ दिदै आचार्यले यो कल्पनातिर अदालत जान नपर्ने भनेका थिए। २०५१ साल र २०५२ सालमा संसद भंग गर्दाको तत्कालीन परिवेश फरक रहेको आचार्यले प्रष्टाए। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद भंग गर्दा अविश्वासको प्रस्ताव दर्ता भईसकेको यथार्थ सुनाए। संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि सरकार बन्ने विकल्प रहेकाले संसदले सदन बचाएको नजिर आचार्यले सुनाए।

प्रतिनिधि सभामा विकल्पका चार चरण रहँदारहँदै संसद भंग गर्ने सिफारिस गरिएकाले असंवैधानिक रहेको उनको निष्कर्ष थियो। धारा ७६ को उपधारा १० अनुसार संसदप्रति उत्तरदायी हुनैपर्ने मन्त्रिपरिषदले संसद भंग गर्नु बदननियतपूर्ण रहेको उनले बताए। 

प्रतिनिधि सभा विघटनको कारणमा प्रधानमन्त्रीले अन्य विकल्प नभएको पत्र सर्वोच्चमा पठाएका थिए। आचार्य बोल्दै गर्दा न्यायाधीश सपना मल्ल प्रधानले सोही प्रसंग उठाइन्। उनले आचार्यसँग प्रश्न राखिन्, ‘प्रधानमन्त्रीले सरकार बन्ने विकल्प नभएर भंग गर्नुपरेको भन्नुभएको छ नि?’ सरकार बन्न सक्ने/नसक्ने निक्र्योल गर्ने क्षेत्राधिकार संसदको रहेकाले संसदको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्न नपाउने आचार्यको तर्क थियो। संसद बसेको भए विकल्पका ढोका रहेको उल्लेख गर्दै आचार्यले सबै सम्भावनालाई प्रधानमन्त्रीले कुल्चेको टिप्पणी गरे। 

आचार्य बोल्दै गर्दा प्रधानन्यायाधीशले फेरि प्रश्न गरे, ‘मानौं संसद चलिरहेको थियो। अविश्वासको प्रस्ताव पनि दर्ता भएको थिएन। पार्टी भित्र विवाद पनि थिएन। त्यसबेला संसद भंगको सिफारिस गरेको भए के हुने थियो?’ राणाको प्रश्नमा आचार्यले जवाफ दिए, ‘संसदमा संविधानको धारा ७६ को उपधारा ७ अघि पूरा गर्नुपर्ने विकल्प कायम रहुन्जेल संसद विघटन हुनै सक्दैन।’ 

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहस गर्नका लागि १४६ जना वकील तयार भएका छन्।  तीमध्ये ८० जना बरिष्ठ अधिवक्ता छन्। सरकारको पक्षबाट बहस गर्न ३८ जनाले नाम टिपाएका छन्। रिट निवेदक देव गुरुङको पक्षबाट बहस गर्ने वकिलहरुको संख्या सर्वाधिक छ। गुरुङको तर्फबाट बहस गर्न ४९ जना वकिल तयार भएका छन्। 

बहसका विषय : एमसीसीदेखि बेसारपानीसम्म 
पहिलो दिन (आइतबार) चार जना अधिवक्ताहरुले रिट निवेदकको पक्षबाट बहस गरेका थिए। निवेदक भण्डारी, भट्ट, आचार्य र पोखरेलले आ–आफ्ना तर्क इजलासमा राखे। यीमध्ये करिब ३ घन्टा आचार्य एक्लैले वहस गरेका थिए। उनीपछि पोखरेलले वहस गरेका थिए। आचार्यले संविधानको व्याख्या गरेपछि पोखरेलले बाहिरको अभ्यासदेखि पार्टीको आन्तरिक विवादसम्मले संसद विघटन हुन सक्छ कि सक्दैन भनेर बहस गरेका थिए।

प्रतिनिधि सभामा कोरोनाको समयमा बेसारपानी खान पर्ने सुझाव दिँदा ताली बजाएर प्रधानमन्त्रीलाई सर्मथन गरेको सम्झाउँदै उनको फ्यानहरू रहेको स्थानले कसरी असहयोग गर्न सक्छ भनी पोखरेलले प्रश्न गरेका थिए।

पोखरेलले नेकपाभित्रको आन्तरिक विवादको निशाना संविधान र प्रतिनिधि सभा हुन नसक्ने तर्क अघि सारे। संविधानमा जानी वुझि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्ने व्यवस्था राखेको उनको तर्क थियो। उनले आफ्नै पार्टीका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालको रिसले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेकोले यसमा कुनै आधार नभएको जिकीर गरे। उनले प्रधानमन्त्रीले आफूलाई सहयोग नभएकाले विघटन गरें भनि पेश गरेको लिखित जवाफमा अदालत सन्तुष्ट हुन नसक्ने तर्क अघि सारे।

प्रतिनिधि सभामा कोरोनाको समयमा बेसारपानी खान पर्ने सुझाव दिँदा ताली बजाएर प्रधानमन्त्रीलाई सर्मथन गरेको सम्झाउँदै उनको फ्यानहरू रहेको स्थानले कसरी असहयोग गर्न सक्छ भनी पोखरेलले प्रश्न गरेका थिए। प्रतिनिधि सभा बाधक नभएको, तर ओलीले गैरसंवैधानिक कामलाई मान्यता दिलाउन मात्र यस्तो तर्क अघि सारेको उनले दाबी गरे। 

पोखरेलले इजलासमा एमसीसी र पूर्व प्रधानन्यायाधीशहरुको संविधान बचाउनका लागि गरिएको अपिलसम्म सुनाएका थिए। पूर्वप्रधानन्यायाधीशहरुको प्रसंग आउँदा राणाले ‘अदालतमा आएका कुराहरुमात्र आफूहरुलाई थाहा हुने, अन्य कुरा नदेख्ने’ बताए। त्यस्तै, उनले संविधान निर्माणको समयमा भएका छलफल र त्यसले दिएको निष्कर्षका आधारमा संविधान बचाउने गरी अदालतबाट न्याय हुने आश रहेको भन्दै आफ्नो बहस टुङ्गयाए।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन पहिलो पुनर्गठनका रूपमा उनले तत्कालीन महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पार्टी दक्षिणपन्थी दिशातर्फ गएको अवस्थालाई उल्लेख गरेका छन्... सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र एमाले केन्द्रीय कमिटी बैठक सुरु भएकै दिन पोखरेलले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै पत्र पठाएर पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण र रू... सोमबार, असोज ५, २०८३
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्