लन्डन (बेलायत)- गैरआवासीय नेपाली संघ (एनआरएनए)को विषेश अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्घाटन बिहान ११ बजे गर्ने भएका हुन्। परराष्ट्रमन्त्रीले सो अधिवेशनको उद्घाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराइसकेको छ।
संघका अनुसार गत आइतबारसम्म विश्वभरका करिब ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधिले सो अधिवेशनमा भाग लिन आआफ्नो नाम दर्ता गरेका छन्।
सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ। अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरूले समेत नाम दर्ता गरिसकेका छन्।
यसअघि गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशनमा सहभागी नहुन माग गर्दै ५ जना एनआरएनए अभियन्ताले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेखेका थिए।
महाधिवेशन एनआरएनएको विधान विपरीत भएको भन्दै एनआरएन नेताहरुले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।