• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
लाभांश समायोजनपछि सेयर किन्न कति उचित ? यस्तो छ प्राविधिक विश्लेषण
64x64
अरुण सापकोटा शनिबार, पुस १८, २०७७  ०९:५९
1140x725

काठमाडौं–बुलिस ट्रेण्डमा रहेको दोस्रो बजारमा समायोजनपछि सस्तिएको मूल्यमा सेयर किन्ने होडबाजी सुरु भएको छ। सिभिल बैंकबाहेक सम्पूर्ण सूचीकृत वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसके। कतिपयले लाभांश वितरण गरिसके। अर्कोतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको बाहेक सबैको बुक क्लोज भैसकेको छ।

दोस्रो बजारमा सबैभन्दा धेरै महंगा वाणिज्य बैंकको सेयर घट्ने दाउमा रहेका लगानीकर्ताले मौका छोपेका छन्। नविल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, एनएमबी र नेपाल एसविआई बैंकको सस्तिएको मूल्यमा सेयर किन्ने होडबाजीजस्तै देखियो। यी वाणिज्य बैंकको सेयर मूल्य बढ्न थालेपछि अत्याधिक मात्रामा बढ्छन्।

नेप्से सूचक २१ सय पुग्नै लाग्दा पनि वाणिज्य बैंकहरुको सेयर मूल्यमा खासै सुधार देखिँदैन। एक वर्ष अवधिमा एक हजार अंकको हाराहारीमा रहेको वाणिज्य बैंकको सूचक १५ सय पुगेको छ। जबकि नेप्से सूचक एक वर्ष अवधिमा ११ सयको अंकबाट २१ सय अंक पुग्न लागिसक्यो। त्यसैले गर्दा लगानीकर्ता वाणिज्य बैंकको सेयरमा दाउ खोजेर बसिरहेका छन्।

बुक क्लोजपछि समायोजन भएको मूल्य सस्तो हुने भएकाले अहिलेको ट्रेण्डमा लगानीकर्ताको बढी आकर्षण देखिएको बजार विश्लेषकहरु बताउछन्। कम्पनीको सेयर मंहगो लाग्ने लगानीकर्ताले सस्तिएको भन्दै किन्न सुरु गरेको बजार विश्लेषक सुरज अधिकारी बताउछन्। 

अहिले घोषणा भएको बोनस सेयर भोलिका दिनमा सप्लाइ आउदा बजार घट्ने सम्भावना पनि उत्तिकै रहन्छ। यसअघि नेपाल राष्ट्र बैंक र बिमा समितिले पुँजीवृद्धि गर्दा सेयर बजारमा उछाल आएको थियो। तर दोस्रो बजारमा अत्याधिक सप्लाइ आउदा भारी गिरावट भयो। 

अहिले पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बोनस सेयर वितरण गर्न दबाब दिइरहेको छ। अहिले तत्कालका लागि कम्पनीको मूल्य बढाउन भूमिका खेले पनि भोलिका दिनमा सप्लाइ आउन थालेसँगै पुनः घटाउन यसको प्रमुख भूमिका हुन सक्ने विश्लेषकहरु बताउछन्। 

अर्कोतर्फ सेयर संख्या बढ्दैमा सप्लाइ मात्रै बढ्छ भन्नुभन्दा पनि भोलिका दिनमा डिमाण्ड साइड पनि बलियो भयो भने खासै असर नगर्ने अधिकारीको विश्लेषण छ। अहिलेकै अवस्थामा बैंकको व्याजदर घटेको छ। मानिसहरुसँग लगानी गर्ने पैसा छ। बैकहरुले आधार व्याजदरसँगै सर्वसाधारणको निक्षेपको व्याजदर पनि घटाइरहेका छन्। अझै केही समय कर्जाको व्याजदर बढ्ने सम्भावना धेरै कम छ। 

बजारलाई सपोर्ट गर्ने अर्को आधार भनेको बजारको ट्रेण्ड पनि हो। बजार बुलिस ट्रेण्डमा छ। यहीकारण लगानीकर्ताहरुले समायोजन भएपछि सस्तिएको मूल्यमा किन्ने ट्रेण्ड पनि बढेको अर्का बजार विश्लेषक अरुण लामा बताउछन्। बुलिस ट्रेण्डको मनोविज्ञानले गर्दा जतिसुकै धेरै सप्लाइ आउदा पनि लगानीकर्ताहरुले किनिरहेका छन्। त्यसैले गर्दा उनीहरु अझै बजारबाट उचित लाभ लिन सकिन्छ भन्ने विश्लेषण गरिरहेका छन्। 

तर बैंकिङ क्षेत्र अहिलेकै जस्तै नरहन सक्छ। बैंकहरुले साधारणसभा गरेर प्रस्तावित बोनस सेयर सूचीकृत गर्न वैशाख जेठसम्म लगाउछन्। त्यसपछि बैंकिङ कर्जा तथा व्याजदर बढ्न थाल्यो भने पुनः दोस्रो बजार प्रभावित हुने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसैले बोनस सेयर सूचीकृत हुने बेलासम्ममा बेचिसक्ने लगानीकर्ताले भने अहिले किनेको सेयरबाट उचित लाभ लिन सक्ने विश्लेषकहरु बताउछन्। 

पछिल्लो समय दोस्रो बजार दुई वटा विन्दुको रेन्जमा चलिरहेको बजार विश्लेषक अरुण लामा बताउछन्। उनका अनुसार दोस्रो बजार माथिल्लो विन्दु २१ सय र तल्लो विन्दु १९३० को रेन्जमा चलिरहेको छ। बजारले जुन विन्दुलाई तोडेर अगाडि जान्छ त्यही दिशामा अगाडि बढ्ने लामाको विश्लेषण छ। यदि बजार १९३० को विन्दुबाट तल झ¥यो भने १८ सय १७ सयसम्म तल झर्न सक्ने छ। यदि २१ सय ब्रेक ग¥यो भने २२ सय, २३ सयको अर्को नयाँ टार्गेट लिन सक्ने उनले विश्लेषण गरे। 

यस साताको कारोबारलाई हेर्दा बजारले २१ सयको विन्दुलाई तोड्न खोजेको थियो। तर तल नै बस्यो। अहिलेसम्म लगातार चार पटक २१ सयको लाइनलाई तोड्न खोजिसके पनि सकेको छैन। प्राविधिक विश्लेषकहरुका अनुसार यदि बजारले एउटा विन्दुलाई तोड्न लगातार प्रयास गर्दा पनि सकेन भने उल्टो दिशामा जान्छ भन्ने सिद्धान्त रहेको छ। २१ सयको लाइनलाई मनोवैज्ञानिक रुपमा सबल पक्ष मानिएको छ। त्यसैले गर्दा जुन विन्दुलाई बजारले तोड्न सक्छ त्यही दिशामा बजार अगाडि बढ्छ। 

बजार सुधार हुने अन्य सैद्धान्तिक आधार धेरै छन्। बैंकिङ व्याजदर, राजनीतिक घटनाक्रम र चक्रको असर अझै बाँकी छ। तर बजार जुन हिसाबले अगाडि बढेको छ यसमा करेक्सन पनि आवस्यक छ। गएका दिनमा ह्वात्तै बढेको बजार केही समय रोकिनुमा राजनीतिक अस्थिरतालगायतका कारणले भएकाले केही समय बजार तलै रहने हो कि भन्ने विश्लेषण गर्न सकिने लामा बताउछन्। 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली सेयर बजारमा उछाल आए पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो साताको बिहीबार ८ अर्ब बराबरको सेयर कारोबार हुँदा आइतबार ७ अर्ब बराबरको... आइतबार, असार १५, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो बुधबार स्थिर बसेको नेप्से आज झिनो अंकले गिरावट भएको हो। बिहीबार, असार १२, २०८२
सेयर बजारमा गिरावट सोमाबार ५ अंकले बढेको सेयर बजार आज अन्तिम अवस्थामा आएर ०.२२ अंकले गिरावट आएको हो। योसँगै आज नेप्से परिसूचक २६०० विन्दु कायम भएको हो। मंगलबार, असार १०, २०८२
ताजा समाचारसबै
काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप आइतबार, असार १५, २०८२
तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु आइतबार, असार १५, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्