• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

लाभांश समायोजनपछि सेयर किन्न कति उचित ? यस्तो छ प्राविधिक विश्लेषण

64x64
अरुण सापकोटा शनिबार, पुस १८, २०७७  ०९:५९
1140x725

काठमाडौं–बुलिस ट्रेण्डमा रहेको दोस्रो बजारमा समायोजनपछि सस्तिएको मूल्यमा सेयर किन्ने होडबाजी सुरु भएको छ। सिभिल बैंकबाहेक सम्पूर्ण सूचीकृत वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसके। कतिपयले लाभांश वितरण गरिसके। अर्कोतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको बाहेक सबैको बुक क्लोज भैसकेको छ।

दोस्रो बजारमा सबैभन्दा धेरै महंगा वाणिज्य बैंकको सेयर घट्ने दाउमा रहेका लगानीकर्ताले मौका छोपेका छन्। नविल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, एनएमबी र नेपाल एसविआई बैंकको सस्तिएको मूल्यमा सेयर किन्ने होडबाजीजस्तै देखियो। यी वाणिज्य बैंकको सेयर मूल्य बढ्न थालेपछि अत्याधिक मात्रामा बढ्छन्।

नेप्से सूचक २१ सय पुग्नै लाग्दा पनि वाणिज्य बैंकहरुको सेयर मूल्यमा खासै सुधार देखिँदैन। एक वर्ष अवधिमा एक हजार अंकको हाराहारीमा रहेको वाणिज्य बैंकको सूचक १५ सय पुगेको छ। जबकि नेप्से सूचक एक वर्ष अवधिमा ११ सयको अंकबाट २१ सय अंक पुग्न लागिसक्यो। त्यसैले गर्दा लगानीकर्ता वाणिज्य बैंकको सेयरमा दाउ खोजेर बसिरहेका छन्।

बुक क्लोजपछि समायोजन भएको मूल्य सस्तो हुने भएकाले अहिलेको ट्रेण्डमा लगानीकर्ताको बढी आकर्षण देखिएको बजार विश्लेषकहरु बताउछन्। कम्पनीको सेयर मंहगो लाग्ने लगानीकर्ताले सस्तिएको भन्दै किन्न सुरु गरेको बजार विश्लेषक सुरज अधिकारी बताउछन्। 

अहिले घोषणा भएको बोनस सेयर भोलिका दिनमा सप्लाइ आउदा बजार घट्ने सम्भावना पनि उत्तिकै रहन्छ। यसअघि नेपाल राष्ट्र बैंक र बिमा समितिले पुँजीवृद्धि गर्दा सेयर बजारमा उछाल आएको थियो। तर दोस्रो बजारमा अत्याधिक सप्लाइ आउदा भारी गिरावट भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बोनस सेयर वितरण गर्न दबाब दिइरहेको छ। अहिले तत्कालका लागि कम्पनीको मूल्य बढाउन भूमिका खेले पनि भोलिका दिनमा सप्लाइ आउन थालेसँगै पुनः घटाउन यसको प्रमुख भूमिका हुन सक्ने विश्लेषकहरु बताउछन्। 

अर्कोतर्फ सेयर संख्या बढ्दैमा सप्लाइ मात्रै बढ्छ भन्नुभन्दा पनि भोलिका दिनमा डिमाण्ड साइड पनि बलियो भयो भने खासै असर नगर्ने अधिकारीको विश्लेषण छ। अहिलेकै अवस्थामा बैंकको व्याजदर घटेको छ। मानिसहरुसँग लगानी गर्ने पैसा छ। बैकहरुले आधार व्याजदरसँगै सर्वसाधारणको निक्षेपको व्याजदर पनि घटाइरहेका छन्। अझै केही समय कर्जाको व्याजदर बढ्ने सम्भावना धेरै कम छ। 

बजारलाई सपोर्ट गर्ने अर्को आधार भनेको बजारको ट्रेण्ड पनि हो। बजार बुलिस ट्रेण्डमा छ। यहीकारण लगानीकर्ताहरुले समायोजन भएपछि सस्तिएको मूल्यमा किन्ने ट्रेण्ड पनि बढेको अर्का बजार विश्लेषक अरुण लामा बताउछन्। बुलिस ट्रेण्डको मनोविज्ञानले गर्दा जतिसुकै धेरै सप्लाइ आउदा पनि लगानीकर्ताहरुले किनिरहेका छन्। त्यसैले गर्दा उनीहरु अझै बजारबाट उचित लाभ लिन सकिन्छ भन्ने विश्लेषण गरिरहेका छन्। 

Xtrem
Xtrem

तर बैंकिङ क्षेत्र अहिलेकै जस्तै नरहन सक्छ। बैंकहरुले साधारणसभा गरेर प्रस्तावित बोनस सेयर सूचीकृत गर्न वैशाख जेठसम्म लगाउछन्। त्यसपछि बैंकिङ कर्जा तथा व्याजदर बढ्न थाल्यो भने पुनः दोस्रो बजार प्रभावित हुने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसैले बोनस सेयर सूचीकृत हुने बेलासम्ममा बेचिसक्ने लगानीकर्ताले भने अहिले किनेको सेयरबाट उचित लाभ लिन सक्ने विश्लेषकहरु बताउछन्। 

पछिल्लो समय दोस्रो बजार दुई वटा विन्दुको रेन्जमा चलिरहेको बजार विश्लेषक अरुण लामा बताउछन्। उनका अनुसार दोस्रो बजार माथिल्लो विन्दु २१ सय र तल्लो विन्दु १९३० को रेन्जमा चलिरहेको छ। बजारले जुन विन्दुलाई तोडेर अगाडि जान्छ त्यही दिशामा अगाडि बढ्ने लामाको विश्लेषण छ। यदि बजार १९३० को विन्दुबाट तल झ¥यो भने १८ सय १७ सयसम्म तल झर्न सक्ने छ। यदि २१ सय ब्रेक ग¥यो भने २२ सय, २३ सयको अर्को नयाँ टार्गेट लिन सक्ने उनले विश्लेषण गरे। 

यस साताको कारोबारलाई हेर्दा बजारले २१ सयको विन्दुलाई तोड्न खोजेको थियो। तर तल नै बस्यो। अहिलेसम्म लगातार चार पटक २१ सयको लाइनलाई तोड्न खोजिसके पनि सकेको छैन। प्राविधिक विश्लेषकहरुका अनुसार यदि बजारले एउटा विन्दुलाई तोड्न लगातार प्रयास गर्दा पनि सकेन भने उल्टो दिशामा जान्छ भन्ने सिद्धान्त रहेको छ। २१ सयको लाइनलाई मनोवैज्ञानिक रुपमा सबल पक्ष मानिएको छ। त्यसैले गर्दा जुन विन्दुलाई बजारले तोड्न सक्छ त्यही दिशामा बजार अगाडि बढ्छ। 

बजार सुधार हुने अन्य सैद्धान्तिक आधार धेरै छन्। बैंकिङ व्याजदर, राजनीतिक घटनाक्रम र चक्रको असर अझै बाँकी छ। तर बजार जुन हिसाबले अगाडि बढेको छ यसमा करेक्सन पनि आवस्यक छ। गएका दिनमा ह्वात्तै बढेको बजार केही समय रोकिनुमा राजनीतिक अस्थिरतालगायतका कारणले भएकाले केही समय बजार तलै रहने हो कि भन्ने विश्लेषण गर्न सकिने लामा बताउछन्। 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्