• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
बैंकमा सेयर बन्धक हुँदा दोस्रो बजारमा कारोबार घट्यो
64x64
अरुण सापकोटा मंगलबार, पुस १४, २०७७  ०९:००
1140x725

काठमाडौं- बैंकबाट कर्जा लिने ग्राहकको सेयर बन्धक हुँदा दोस्रो बजारमा कारोबार रकम खुम्चिन थालेको छ। बजार अधिकतम सुधार हुँदा बैंकबाट सेयर धितो लिने ग्राहकको सेयर अहिले बैंकमा बन्धक भएर बसेको छ। 

सेयर बजारमा अधिकतम सुधार हुँदा दैनिक ९ अर्ब रूपैयाँभन्दा माथिको कारोबार हुने गरेकोमा केही समयदेखि दैनिक ३/४ अर्ब रूपैयाँ हाराहारीमा कारोबार हुन थालेको छ। नेप्से सूचक १७ सय हुँदै २ हजार पुग्ने क्रममा औसत दैनिक कारोबार ८ अर्ब रूपैयाँभन्दा माथि थियो। केही सातादेखि दैनिक औसत कारोबार नै ४/५ अर्ब रूपैयाँ हाराहारीको हुने गरेको छ। जबकि नेप्से सूचक ९७ अंकले सुधार हुँदा पनि ५/६ अर्ब रूपैयाँभन्दा धेरै कारोबार हुन सकेन। 

नेप्से सूचक तथा कम्पनीको सेयर मूल्य अधिकतम भएकै समयमा बैंकबाट सेयर धितो कर्जा लिनेहरूको सेयर अहिले सबैभन्दा धेरै बन्धकमा छ। लगानीकर्ताहरू अहिले दोहोरो चपेटामा छन्। अहिले सेयर बिक्री गर्दा घाटा लाग्छ, नबेच्दा हातमा पैसा हुँदैन। यसले गर्दा लगानीकर्तासँग लगानीयोग्य रकम हुन थालेको हो। 

दोस्रो बजारमा हुने कारोबारको ८० प्रतिशत रकम बैंकिङ कर्जाबाट हुने ब्रोकरहरू बताउँछन्। अर्कोतर्फ दोस्रो त्रैमासिक अवधि सकिन लागेकाले गर्दा बैंकहरूले सेयर धतो कर्जामा पनि कडाइ गर्छन्। थप सेयर धितो कर्जा लिनका लागि लगानीकर्ताको सेयर बैंकमा बन्धक भएर बसको छ। 

दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये अधिकांशले लाभांश घोषणा गरिसकेका छन्। दोस्रो बजारमा नेतृत्व गर्ने कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन्। कतिपयले लाभांश वितरण गरिसकेका छन् भने कतिपयको बुक क्लोज भइसकेको छ। 

Ncell 2
Ncell 2

बुक क्लोज भएका कम्पनी कतिसम्म घट्छन् भनेर लगानीकर्ताले हेरिरहेका छन्। तर उनीहरूसँग पर्याप्त तरलता नहुँदा किन्ने  ल्याकत राख्दैनन्। धेरै लाभांश दिने कम्पनीहरूले लाभांश घोषणा गरिसकेकाले ती कम्पनीमा खेलो फड्को कम हुँदै गएको लगानीकर्ताहरू बताउँछन्। 

दोस्रो बजारमा पछिल्लो समय धेरै ठूलो रकम बैंकबाट आएको छ। बैंकबाट सेयर कर्जा लिएकाले पुस मसान्तमा ब्याज तिर्नुपर्छ। सेयर कर्जाका साथै अन्य क्षेत्रका ऋणीले पनि ब्याज जोहो गर्न विस्तारै सेयर बेचिरहेका छन्। यसले गर्दा बजार घटाउन मद्दत गरेको छ। 

यस्तो समयमा बेच्ने दबाब बढ्नुलाई स्वाभाविक मानिन्छ। कतिपय लगानीकर्ताले यस्तो समयमा अझै बिक्रीको दबाब हुने र बजार घट्ने विश्लेषण गरिरहेका छन्। यही अवस्थालाई कुरेर बसिरहेका लगानीकर्ताले अहिले तत्काल लगानी गर्दैनन्। 

जसले बजार अझै घट्छ भनेर कुरिरहेका छन्, उनीहरूले आफूसँग भएको पैसा बजारमा लगानी नगरि सञ्चित गरेर बसिरहेको बजार विश्लेषकहरू बताउँछन्। एक विश्लेषकले भने, 'अहिले मच्चिएर किन्ने बेला होइन बरु ब्याज तिरेर केही सञ्चित गरेर बसौँ भन्ने मनोविज्ञानमा लगानीकर्ता रहेका छन्।' 

दोस्रो बजारमा सूचनाको व्यापार सबैभन्दा धेरै हुन्छ। सबैभन्दा पहिले कम्पनीको सूचना बाहिर सार्वजनिक हुनुभन्दा अगाडि नै कारोबार हुन्छ। सूचना बाहिर आएपछि अर्को चरणको कारोबार हुन्छ। र सूचनाको कार्यान्वयन हुने बेलामा कारोबार केही बढी हुन्छ। अहिलेको अवस्थामा दुई चरण सकिसकेको छ। अब तेस्रो चरणमा रहेकाले दोस्रो बजारमा कारोबारका लागि खासै उत्साह छैन। 

अबको लगानीकर्ताको पर्खाइ पुस मसान्त सकिए पछि के हुन्छ भन्ने हो। जतिबेला सूचीकृत कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने छन्, यस अवधिमा राजनीतिक घटनाक्रमले पनि लगानीकर्ताहरूलाई असर गरेको छ। 'राजनीतिक घटनाक्रम अन्योलतर्फ जाने हो कि निकासतर्फ जाने हो भन्ने कुराले पनि लगानीकर्ताहरूमा पर्ख र हेरको अवस्था छ,' एक धितोपत्र व्यवसायीले भने। 

गएको महिना दोस्रो बजारमा उछाल हुँदा लगानीकर्ताले मँहगो दरका सेयर किनेका छन्। अहिले सेयर बिक्री गर्दा घाटा हुन्छ। त्यसैले  उनीहरू बजार बढ्ने पर्खाइमा रहेकाले आपूर्ति रोकेर बसेका छन्। उनीहरूले बेच्न चाहिरहेका छैनन्।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली,नेप्से परिसूचक फेरि २७०० माथि सेयर बजारमा हरियाली आएसँगै बुधबार २२ अंकले बढ्दै २७०५ विन्दुमा पुगेर रोकिएको छ। आज कारोबारका आधारमा ७ अर्ब ४५ करोडमा मूल्य बराबरको स... बुधबार, असार २५, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्