• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कम खर्चले निक्षेप बढ्यो, व्यापारीले एलसी खोल्दा ऋणमा दबाब

64x64
अरुण सापकोटा मंगलबार, पुस १४, २०७७  ११:३०
1140x725

काठमाडौं- सर्वसाधारणले खर्च कटौती गरेर बचत बढाउँदा बैंकमा निक्षेप बढ्न थालेको छ। कोभिड-१९ का कारण सर्वसाधारणले खर्च कटौती गरिरहेका छन् भने अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपाली तथा विदेश पढ्न गएका विद्यार्थीले पठाउने रेमिट्यान्स बढ्दा बैंकहरूको निक्षेप बढिरहेको हो। 

पुस ३ देखि १० गतेसम्मको एक हप्ता अवधिमा मात्रै बैंकहरूमा १२ अर्ब रूपैयाँले निक्षेप बढेको छ। यसका साथै सार्वजनिक संस्थाले बैंकहरूमा जम्मा गर्ने निक्षेप पनि बढिरहेको छ। यसले गर्दा बैंकहरूमा तरलता थुप्रिरहेको बैंकर बताउँछन्। 

बैंकमा पैसा जम्मा गर्नेले पनि निरन्तररूपमा ब्याज पाइरहेका छन्। निक्षेपको ब्याजले पनि बैंकमा निक्षेप थुप्रिरहेको छ। सरकारका कतिपय आयोजनाहरू निरन्तररूपमा सञ्चालन भइरहेका छन्। जसले बजारमा पैसा ल्याउन सहयोग पुर्‍याउँछ। 

पछिल्ला दुई सातामा मात्रै बैंकहरूमा ३५ अर्ब रूपैयाँले निक्षेप बढेको छ। बजारमा निरन्तर निक्षेप थुप्रिन थालेपछि तरलता बढ्दै गएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। यससँगै राष्ट्र बैंकले गत साता ५० अर्ब रूपैयाँ बजारबाट रिभर्स रिपोमार्फत् तानेको छ। 

तरलता थुप्रिँदै गर्दा बैंकहरूले साधारण निक्षेप तथा मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन्। ब्याजदर मुद्रास्फीतिभन्दा कम छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ। तर बैंकहरूको औसत ब्याजदर ४ प्रतिशतभन्दा कम छ। कतिपय बैंकले कल डिपोजिटको ब्याजदर २ प्रतिशतमा झारिसकेका छन् भने मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न थालेका हुन्।

बैंकमा निक्षेप बढेसँगै कर्जा विस्तार पनि भइरहेको छ। पछिल्लो समय निक्षेपको अनुपातमा कर्जा विस्तार पनि भइरहेको छ। तर गत चैतदेखि साउनसम्म सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्ने क्रममा लकडाउन गर्दा कर्जा विस्तार रोकिएको थियो। 

कतिपय ऋणीले आफ्नो बचत प्रयोग गरेर कर्जा भुक्तानी गर्दा वाणिज्य बैंकको कर्जा विस्तार ऋणात्मक देखिएको थियो। लकडाउनको अवधिमा कर्जा विस्तार रोकिएको तर निक्षेप भने बढिरहेकाले त्यस असर अहिलेसम्म देखापरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। लकडाउन अवधिमा बचतमा रहेको निक्षेपले गर्दा तरलता बढी देखिएको उनको तर्क छ। 

पछिल्लो समय विदेशी सामान आयात गर्नेले एलसी खोल्दा कर्जा विस्तार देखिएको शेरचनले जानकारी दिए। भारत तथा अन्य देशबाट चामल, रड, तेल, खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स सामान आयात गर्नका लागि एलसी खोल्न थालेकाले कर्जा विस्तार देखिएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो एक सातामा मात्रै १७ अर्बले कर्जा विस्तार भएको छ। ट्रेडिङबाहेक अन्य क्षेत्रमा भने कर्जाको माग नरहेको बैंकरहरू बताउँछन्। पुस १० गतेसम्ममा वाणिज्य बैंकहरूले ३१ खर्ब ४० अर्ब रूपैयाँले कर्जा विस्तार गरेका छन्। 

महिना

वाणिज्य बैंक (रु. अर्बमा)

मिति

Xtrem

Xtrem

निक्षेप

कर्जा लगानी

मंसिर २०७७

05/08/2077

3656

3050

12/08/2077

3066

3066

19/08/2077

3685

3084

26/08/2077

3694

3101

पुस २०७७

03/09/2077

64718

3123

10/09/2077

3729

3140

स्रोतः नेपाल बैंकर्स संघ

अझै केही समय तरलता उच्च रहने
केही समयदेखि निक्षेपको तुलनामा कर्जा विस्तार भए पनि त्यस्तो कर्जा व्यापारीले सामान आयात गर्नका लागि मात्रै लगेका छन्। नयाँ व्यवसाय गर्न, होटल, पर्यटन, कृषि लगायतका क्षेत्रमा कर्जाको माग छैन। 

केही आवासीय घर कर्जा र गाडि कर्जाबाहेक अन्य क्षेत्रमा कर्जाको माग छैन। अर्कोतर्फ सरकारले गरेको खर्च बजारमै आउँछन्। सरकारले खर्च गर्न थाल्यो भने बजारमा थप पैसा भित्रिन्छ। यसले तरलता थप बढ्ने बैंकरहरू बताउँछन्। 

अझै केही समय तरलता उच्च रहन सक्ने भन्दै बैंकहरूले निक्षेपको ब्याजदर अस्वाभाविकरूपमा घटाउन थालेका हुन्। निक्षेपको ब्याजदर घट्न थालेसँगै आधार ब्याजदर पनि चार वर्षयताकै न्यून छ। 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्