• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेपाली बैंकबाटै विदेशमा भुक्तानी गर्न सकिने, अधिकतम सीमा ५ सय डलर

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  ०६:५१
1140x725

काठमाडौं- विदेशी वस्तु तथा सेवा आयात गर्दा नेपाली बैंकबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा खरिद गर्दा नेपाली बैंकबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागेको हो। 

यो व्यवस्थापछि फेसबुक, ट्विटर तथा युट्युबमा गरिने विज्ञापनको भुक्तानी पनि नेपाली बैंकका खाताबाट गर्न सकिनेछ। राष्ट्र बैंकले अनलाइनमार्फत् विदेशी सेवा आयातवापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था गर्न लागेको हो।  

यही व्यवस्था कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले 'अनलाइनमार्फत् विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था' को मस्यौदासमेत तयार पारेको छ। 

हाल अनलाइनमार्फत् विदेशबाट सामान आयात गर्दा २ हजार अमेरिकी डलरसम्म भुक्तानी गर्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाबाट जारी भएका डेबिट र क्रेडिट कार्ड लिएकाहरूले नेपालमै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले २ हजार अमेरीकी डलरसम्म विदेशमा भुक्तानी गर्न सक्छन्। 

पछिल्लो समय फेसबुकलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रचलन बढ्दै गएको र सोको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएकाले यस्तो कानुन बनाउनु परेको राष्ट्र बैंकले जनाएकाे छ। 

त्यस्तै अन्तर्राष्ट्रिय स्तरका तालिम तथा ज्ञान प्राप्त गर्न सूचना प्रविधिसँग सम्बन्धित प्रोडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर सेवा खरिद गर्न डोमेन रजिस्ट्रेसन तथा वेब होस्टिङ गर्नेलगायतका सेवा किन्नसमेत विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने अवस्था छ। नेपाली बैंकखाताबाट सोको भुक्तानी सहज बनाउनका लागि कानुनी रूपमा नै व्यवस्था गर्न लागिएको हो। 

अनलाइनमार्फत् सेवा आयातलाई वैधता दिँदा विद्युतीय कारोबारले थप प्रोत्साहन पाउने र डिजिटल इकोनोमीमा अभ्यस्त हुनसमेत नागरिकलाई सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले अनलाइनमार्फत् विदेशबाट सेवा आयात बापतको भुक्तानी गर्ने प्रयोजनका लागि विभिन्न सर्तहरु तोकेको छ। त्यसका आधारमा वाणिज्य बैंकहरुले अधिकतम ५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने छन्। उक्त कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ। कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको केवाइसी विवरण अध्यावधिक भएको हुनुपर्नेछ र सम्बन्धित प्रयोगकर्ताको स्थायी लेखा नम्बर लिनु पर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

वाणिज्य बैंकहरुले त्यस्ता कार्डमा उक्त दिनको विनिमय दरका हिसाबले ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५ सय वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सक्नेछन्। विदेशी मुद्रा जम्मा गर्दा उक्त रकममा विदेशबाट सेवा खरिद गर्दा नियमानुसार लाग्ने कर अग्रिम रुपमा कट्टा गरी जम्मा गर्नु पर्नेछ।

प्रयोगकर्ताले एक वर्षमा एकै वा पटक-पटक गरी बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म उपभोग गर्न पाउनेछन्।

प्रयोगकर्ताले नेपालको प्रचलित कानूनबाट प्रतिबन्ध नलगाइएका विदेशी सेवा नेपालमा बसी अनलाइनमार्फत् विदेशबाट आयात गर्न सक्नेछन्। अघिल्लो पटकसम्म अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा कम सटही गरेको भए वाणिज्य बैंकहरुले जुनसुकै बेला वार्षिक ५०० डलरको सीमा ननाघ्ने गरी बाँकी रकम कार्डमा जम्मा गर्न सक्नेछन्।

जम्मा गरिएको रकम उपभोग गरी प्रयोगकर्ताले कम्तिमा पनि सोको दोब्बर विदेशी मुद्रा आय आर्जन गरेको प्रमाणित कागजात पेस गरेमा वाणिज्य बैंकबाट आवश्यकता र औचित्यका आधारमा उक्त कार्डमा थप रकम जम्मा गर्न सटही सुविधा उपलब्ध गराउन सकिनेछ।

Xtrem

Xtrem

प्रिपेड कार्डको सुविधा लिन आउने ग्राहकले अन्य बैंकबाट यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रुपमा लिनुपर्नेछ। प्रिपेड कार्डमा विदेशी मुद्रा जम्मा गर्दा अन्य व्यक्तिको नाममा र अन्य कसैको कार्डमा विदेशी मुद्रा जम्मा गर्न पाइनेछैन। ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको दोहोरो उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम कारबाही हुने जनाइएकाे छ।

यस्तो कारोबार गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लगायतका प्रचलित कानून, नियम, निर्देशनको पूर्णतया पालना गर्नु पर्नेसमेत राष्ट्र बैंकले व्यवस्था गर्न लागेको छ। यसरी जारी गरिएको कार्डसम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित वाणिज्य बैंकले ताेकिएकाे ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नु पर्नेसमेत बताइएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्