• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाली उत्पादन : कृषि क्रान्ति गर्ने सोचले ब्युँताएको ‘पोथी मेसिन’ 

64x64
निर्मला घिमिरे शनिबार, पुस ११, २०७७  १२:०५
1140x725
इन्जिनियर सुमन पौडेल र उनले विकास गरेको चल्ला कोरल्ने ‘पोथी मेसिन’।

काठमाडौं–कैलाली टीकापुरका २५ वर्षीय इलेक्ट्रिकल इन्जिनियर सुमन पौडेलको सानैदेखिको सोच थियो–नेपालमा कृषि क्रान्ति गर्ने। अत्याधुनिक प्रविधिमार्फत् थोरै लगानीमा कसरी धेरै उत्पादन गर्न सकिन्छ भनेर उनी अध्ययन पनि गरिरहेका थिए। 

खोज, अध्ययन र लगावले उनको सपना विस्तारै विपनामा परिणत हुँदै गयो। यसअघि नै कृषि क्रान्तिका लागि घरैबाट खेतबारीको अवस्था नियाल्न सकिने प्रविधि एग्रिकल्चर अटोमेशन सिस्टमलगायत अन्य प्रविधिसमेत विकास गरेका सुमनले पछिल्लो समय निकै लोकप्रिय प्रविधिको विकास गरेका छन्। 

सुमन र विजयराज शाहीले नेपालमै पहिलो पटक इन्क्युबेट (अण्डाबाट चल्ला कोरल्ने) मेसिन बनाउन सुरु गरेका हुन्। उक्त मेसिनले चल्ला कोरल्ने हुँदा नाम नै ‘पोथी’ राखिएको छ।

करिब ६ वर्ष अगाडिदेखिको उनको अध्ययन, अनुसन्धान तथा मेहनतले करिब डेढ वर्षदेखि मात्रै व्यावसायिक स्वरुप पाएको हो। 

‘६, ७ वर्ष देखिको अध्ययन लामो समयको प्रयासपछि बजारसम्म पुगेको छ। मलाई निकै गर्व लागेको छ। कृषिमा क्रान्ति गर्ने सोचले फेरि एक फ्डको मारेको छ,’ सुमन भन्छन्।

पोथी मेसिनबाट सुरुमा आफैँ चल्ला कोरल्ने र बिक्री गर्ने गरिएको थियो। बिस्तारै यसको माग अन्य कृषकसम्म पुगेको छ। पश्चिमदेखि पूर्वी नेपालका कृषकहरुले पोथी मेसिनको माग गर्न थालेका छन्। निकै सहज रुपमा चल्ला कोरल्न सकिने हुँदा यसको माग बढ्दै गएको सुमन बताउँछन्। उक्त मेसिनबाट कुखुरासँगै बट्टाई, हाँस, टर्कीका अण्डाबाट समेत चल्ला कोरल्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मेसिनबाट कुखुराको चल्ला कोरल्न २१ दिन लाग्छ भने बट्टाईको अण्डाबाट चल्ला कोरल्न १७ दिन लाग्छ। हाँसको अण्डाबाट चल्ला कोरल्न २८ दिन लाग्छ। टर्कीको अण्डाबाट पनि २८ दिनमा चल्ला कोरल्न सकिन्छ।  

पूर्ण स्वचालित यो मेसिनको अर्को उपयोगिता भनेको मोबाइलबाटै अवस्था नियाल्न सकिने प्रविधि हो। ‘आफ्नो मेसिनको अवस्था संसारका जुनसुकै कुनामा बसेर मोबाइलबाटै नियाल्न सकिन्छ। जसले गर्दा पनि यसको आकर्षण बढ्दै गएको छ,’ उनले भने। 

त्यस्तै चल्ला कोरल्दा आवश्यक तापक्रम र आर्द्रतालाई पनि कायम गरिराख्नुपर्ने भएकाले मेसिनमा केही समय बत्ति नभए पनि काम गर्ने प्रविधि राखिएको छ। बत्ति गएको अवस्थामा पनि ४ घण्टासम्म मेसिनले काम गर्छ। यसबाट विद्युत पनि कम खपत हुने उनको भनाइ छ। त्यस्तै सोलार तथा इन्भर्टरबाट समेत चलाउन सकिने हुँदा नेपालका लागि निकै उपयोगी हुने इन्जिनियर पौडेलको विश्वास छ।  

उनकाअनुसार पछिल्लो डेढ वर्षको समयमा २८ वटा चल्ला कोरल्ने मेसिन बिक्री भइसकेका छन्। ७० वटा मेसिनको अर्डर आएको छ। सरकारले कृषिजन्य सामग्रीमा ८० प्रतिशतसम्म छुट दिएकाले यसको बिक्री बढ्ने क्रममा छ। 

Xtrem

Xtrem

‘अहिले त अर्डरअनुसार सेवा पुर्‍याउनै गाह्रो परेको छ,’ सुमनले भने, ‘अर्डर धेरै आइरहेको छ, गुणस्तरीयतामा ध्यान दिँदै विशेष छुटमा मेसिन दिएकाले ग्राहकहरु पनि निकै उत्साहित हुनुहुन्छ।’ 

मेसिनको मूल्य भने अण्डा अटाउने क्षमताअनुसार तय गरिएको छ। 

यस्तो छ स्मार्ट मेसिनको मूल्यः

  • १७२ अण्डा क्षमता–६० हजार 
  • ३५२ अण्डा क्षमता– ६८ हजार 
  • ५२८ अण्डा क्षमता–८० हजार 
  • ७०४ अण्डा क्षमता–९० हजार 
  • १०५६ अण्डा क्षमता– १ लाख १२ हजार 
  • १२०० अण्डा क्षमता– १ लाख २४ हजार 
  • १५०० अण्डा क्षमता–१ लाख ४० हजार 
  • २१०० अण्डा क्षमता– १ लाख ८० हजार 

इजिनियर सुमनका अनुसार न्यूनतम ६० हजार रुपैयाँदेखि अर्डरअनुसार क्षमता हेरेर २८ लाखसम्मको मेसिन तयार गर्न सकिन्छ। 
‘हामीसँग भएको फुल अटोमेटिक मेसिनको मूल्य ६० हजारदेखि सुरु हुन्छ। अहिलेसम्म १५ हजारसम्म चल्ला एकैपटक कोरल्ने मेसिन बनाएका छौँ। फ्याक्ट्रीमै एकै पटक ३ हजार अण्डाबाट चल्ला कोरल्ने मेसिन बनाएर हामी डेलिभरी गर्न सक्छौँ,’ इन्जिनियर पौडेल भन्छन् ‘बाँकी त्योभन्दा धेरै क्षमताको मेसिनको अर्डर आयो भने हामी जहाँ राख्ने हो त्यहीँ गएर बनाइदिन्छौँ।’

नेपालमै चल्ला कोरल्ने मेसिन बनेसँगै व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका कृषकहरुलाई निकै फाइदा पनि पुगेको छ। किनभने यसअघि चल्ला कोरल्ने मेसिन ल्याउनु पर्‍यो भने भारत पुग्नु पर्थ्याे। त्यसमाथि पनि केही गरी बिग्रिहाल्यो भने बनाउन कि भारत पुग्नुपर्ने कि भारतबाट टेक्निसियनहरु बोलाउनु पर्ने जस्ता समस्या थिए। अब भने मेसिन बिग्रिए पनि मर्मत गर्न त्यस्तो ठूलो समस्या छैन। सुमन पौडेलको टिमले मेसिन मर्मतको सेवा समेत ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ। 

‘हामीले बनाएको मेसिन प्रयोग गर्दा सर्भिस पाउन सजिलो छ,’ सुमन भन्छन्, ‘एक वर्ष त हामीले निःशुल्क सर्भिस दिएका छौँ। त्यसपछि पनि केही समस्या आयो भने हाम्रो टिमले सशुल्क सेवा उपलब्ध गराउँदै आएको छ।’ 

बाहिरबाट आउने प्रविधिहरुलाई प्रतिस्थापन गर्दै नेपाली प्रविधिको विकास गर्न कम्मर कसेर लागि परेका सुमनले नेपाली प्रविधिलाई विश्व बजारसम्म पुर्‍याउने सोच पनि बनाएका छन्। 

नेपालको प्रविधि विश्व बजारमा पुर्‍याउन बजार व्यवस्थापनको पाटो राम्रो नभए पनि गुणस्तरीय उत्पादनमा ध्यान दिन सक्यो भने नेपाली प्रविधिमा पहिलो चरणमा दक्षिण एशियाली मुुलुकहरुसम्म पु¥याउनसकिन्छ भन्ने विश्वास उनमा छ। 

‘विशेषगरी भारतबाट महंगो पैसा तिरेर मेसिनहरु ल्याउनुपर्छ। नेपाली प्रविधि भयो भने नेपाल र नेपालीलाई फाइदा हुन्छ भनेर नै हामीले प्रविधिको विकासमा जोड दिईरहेका छौँ,’ उनले भने, ‘अरुभन्दा फरक खालका प्रविधि विकास गर्न सकियो भने हामीले पहिलो चरणमा साउथ एशियन मुलुकहरुमा पुर्‍याउन सक्छौँ।’ 

सरकारले पनि नेपाली प्रविधिलाई विश्वबजारमा पुर्‍याउनसहजीकरण गरिदिए यसमा थप सहज हुने उनको भनाइ छ। 

सरकारसँगै प्रविधिमा रुचि भएका तथा प्रविधि विकासमा टेवा पुर्‍याउनसक्ने क्षमता भएका युवाहरुले जुटेर काम गरे नेपाली प्रविधिले फड्को मार्ने उनको विश्वास छ। तर पछिल्लो समय नेपाली युवाहरु सरकारलाई दोष दिने र आफू देशको लागि मेहनत गर्न पछि पर्ने प्रवृत्तिले पनि नेपालले प्रविधि विकासमा फड्को मार्न नसकेको इन्जिनियर पौडेलको बुझाइ छ। पछिल्लो पुुस्तामा बढी महत्वाकांक्षा (मेहनत कम प्रतिफल बढी) खोज्ने प्रवृत्ति बढेसँगै युवा पलायन बढ्दै गएको उनको भनाइ छ। 

‘युवाहरुमा मिहिनेत गर्ने बानी कम भइसकेको छ। प्लस टुसम्म पढेर विदेश छिर्न पाए त्यहाँ त जसरी पनि कमाउँछु भन्ने युवाको मानसिकता छ। त्यसमाथि अभिभावकले पनि छोराछोरीलाई विदेश पठाउन पाए त सुध्रिन्छन् अथवा आफूलाई पनि लैजान्छन् भन्ने धारणाले नेपाल पछाडी परेको छ,’ पौडेलले भने। 

प्रतिफल पाउन मेहनतसँगै धैर्य पनि गर्नुपर्ने उनको जोड छ। 

‘मेहनत नगरी सफल भइँदैन। सफल हुन मेहनतसँगै धैर्य पनि हुनुपर्छ। मैले पनि त १३ वर्षदेखि गरेको अनुसन्धानले बल्ल स्थान पाउन थालेको छ,’ नेपालमै इन्जिनियरिङ अध्ययन गरेर नेपालकै विकासका लागि लडिरहेका पौडेलले आफ्नो अनुभव साटे। 

आफ्नो मेहनतले सफलता पाएसँगै  सुमनलाई थप हौसला बढेको छ। प्रविधिको विकासमा देशलाई थप योगदान पुर्‍याउन मेहनत गर्ने उनको सोच छ। 

प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनलाई थप परिस्कृत गरेर कृषिमा नेपाललाई आत्मनिर्भर बनाउने फराकिलो सपना बोकेका सुमनको प्रविधिमा रुचि राख्ने अन्य युवाहरुलाई एउटै सुझाव छ, ‘देशलाई माया गरौँ र लक्ष्यमा पुग्न मेहनतसँगै प्रतिक्षा पनि गरौँ।’ 
उनले विकास गरेको प्रविधिको बारेमा थप जानकारी नेपाल कृषि बजार फेशबुकबाट पनि पाउन सकिन्छ। 
 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्