• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कमरेड, उनीहरू पनि त्यहीँ छन्...

64x64
हेमन्त जोशी शुक्रबार, पुस १०, २०७७  १८:०५
1140x725

काठमाडौं- माइतीघरले विरोध र असन्तुष्टिको आवाज धेरै सुन्यो। स्वार्थको आँधी कति हेर्‍यो। दुःखको साक्षी धेरैपटक बस्यो। कति आवाज त्यहीबाट सत्ताको स्वर बन्यो। कति आवाज त्यहीँ सत्ताको तारो बन्यो। ती आवाज त्यहीँबाट विलीन भए। 

उसैगरी शुक्रबार एकैसमय माइतीघरमा भिन्न तीन आवाज सुनियो। दबाइएको आवाज। दबाउन नपाइएको आवेगको आवाज। पीडाको आवाज। त्यसमा चर्कनुपर्ने आवाज कुन थियो कसले छुट्याउने? झट्टै पूरा हुनुपर्ने आवाज कसले चिन्ने? 

संसद विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता माइतीघरमा धर्नामा बसे। तीन पूर्वप्रधानमन्त्री र अरु दर्जन बढी पूर्वमन्त्री सत्ता स्वार्थको घृणित खेलबाट सडकमा पुगेका थिए। संविधान, नियम र पार्टी राजनीतिको घुमाउरो भाषामा जे-जे भनिए पनि उनीहरुको आन्दोलन सत्तामा भएर पनि सत्ताबाहिर हुनुपरेको आक्रोश न हो। 

माइतीघरमा धर्नामा प्रचण्ड–नेपाल समूहका नेताहरु।

उखु किसानले उखु बेचेको भुक्तानी दिलाइदिन माग गर्दै माइतीघरमा आन्दोलन गरेको १४ दिन भइसक्यो। शुक्रबार पनि उनीहरु त्यहीँ थिए। उसैगरी सरकार गुहारिरहेका थिए। सरकारले गएको वर्ष नै उखु बेचेको बक्यौता रकम दिलाउने सहमति गरेको हो। तर वर्ष दिन बित्दा पनि सरकारको सहमति कार्यान्वयन भएन। 

त्यहीँ थिए अयोग्य भनिएका माओवादी सेनाका पूर्वयोद्धाहरु। उनीहरुले अझै अयोग्य भनेर लखेटिएको किन हो भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्। जसले देखाएको सपनामा रहरले होस् या जसको आदेशले डरमा, धम्कीमा करकापमा उनीहरु बन्दुक बोक्न तयार भएका थिए, उनै सत्ता घुमेर सडकमा आइपुगेका थिए। जुन सडकमा उनीहरु निरन्तर छन्। 

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका नेताहरु ‘हामी यहाँ छौँ’ लेखिएका प्लेकार्ड बोकेर धर्नामा थिए। तर सर्वहाराको मुक्तिका लागि सत्तामा बढेका कमरेडहरुले त्यही भएका किसान देखेनन्। आफ्नै ‘सत्ता प्राप्तिका लागि मुक्तिको युद्ध’ लडेका योद्धा देखेनन्। अयोग्य भनिएका जनमुक्ति सेनाको जीवन यापनको निश्चितता हुनुपर्ने मागसहितको धर्नालाई शीर्ष नेताको विरोध सभाले चिनेन। 

माइतीघरमा नै धर्नामा रहेका पूर्वजनमुक्ति सेना। 

नेकपा समूहको धर्ना अगाडि उखु किसान उस्तै नदेखिने गरी हराए। जब नेताहरुको विरोध कार्यक्रम भद्रकाली हुँदै जमलतिर अघि बढ्यो, त्यसपछि किसानहरु एकत्रित भएर धर्नामा बसे। नेता पछ्याइरहेकाहरु नेतासँगै बढे। बाँकी बसे किसानहरु। जसलाई केही दिनअघि सत्ताले विचौलिया देखिरहेको थियो। 

आफूले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने मागसहित उखु किसानले गत मंसिर २७ गतेदेखि आन्दोलनमा छन्। उनीहरुले चिनी उद्योगीसँग मिलेको सरकारले यसपटक पनि धोका दिएको बुझिसकेका छन। गत वर्ष पुस १८ गते भएको सम्झौता कार्यान्वयन नभएको पीडा उनीहरुसँग छ। अहिले पनि आश्वासन मात्रै बोकेर घर फर्कन उनीहरु तयार छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेता-कार्यकर्ताको हल्लाले रुमल्लिएको माइतीघरमा किसानको आवाज अझ मलीन बन्यो। नेतासँगै कार्यकर्ता लाखापाखा भएपछि किसानले नारा लगाए। उखुको रकम भुक्तानी नगर्ने मिल मालिकलाई कारबाहीको माग गरे। उनीहरु बोल्दा बोल्दै सुस्ताइरहेका थिए। 

उनीहरुमध्ये धेरैलाई मुलुकको वर्तमान राजनीतिक अवस्थाको हलचल बारे जानकारी छैन। जानकारी लिनु पनि छैन। उखु मालिकले लुटेको पसिनाको मूल्य फिर्ता दिए उनीहरु अहिल्यै घर फर्कन चाहन्छन। राजधानीको राजनीतिमा उनीहरुलाई मिसिनु छैन। तर आफ्नै समूहलाई विश्वासमा लिन नसकेको सरकारले उखु किसानलाई आश्वस्त पार्न सकेको छैन। 

उखु किसानको आन्दोलन।

उखु किसान संघर्ष समितिका सदस्यसमेत रहेका माया शंकर प्रसाद यादव आन्दोलनमा प्रतिबद्धता जनाउन यसअघि ठूला भनिएका नेता आए पनि भुक्तानी दिलाउने विषयमा कसैले पहल नगरेको बताउँछन्। ‘यसअघि सबै ठूला नेताले आन्दोलनबारे चासो देखाए। तर एउटा उद्योगपतिले सरकार मात्र होइन सबै नेतालाई पनि चुप लगाउन सक्ने रहेछन्’ उनले भने।  

उद्योगमन्त्री आफैले पनि उखु किसानलाई गएर भेटेका थिए। प्रतिपक्षमा रहेका नेता पनि पुगेकै हुन्। किसानको अनुहारअघि उभिएर राजनीति गर्नेबाहेक उनीहरुको अर्को कर्म देखिएन। गृहमन्त्रीलगायत तीन मन्त्रीले उखु किसानको पक्षमा बोल्दै गर्दा चिनी उद्योगीलाई कारबाही गर्न नसक्नु राजनीति नै त होला। ‘उखुको बक्यौता नतिर्ने व्यापारीलाई कारबाही गर्ने प्रतिबद्धता’ जनाएका उद्योगमन्त्री लेखराज भट्ट र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अहिले पनि सरकारमै छन्।

माइतीघर आन्दोलनमा रहेका ७० वर्षका गगनदेव राय यादवले कृषि विकास बैंकबाट ऋण लिएको १० लाख १६ हजार रुपैयाँ तिर्न बाँकी नै छ। यहि बेला बैंकले उनको सम्पत्ति लिलामका लागि सचना निकाल्यो। जमिन धितो राखेर ऋण लिएका यादव अब त्यहि जमिन पनि गुमे कसरी गुजारा गर्ने भन्ने पीडामा छन्।

गगनदेव राय यादव।

‘गाउँमा सयकडा ४ का दरले लिएको अरु पनि ऋण छ। घर बनाउँला, पोता-पोती विद्यालय पढाउँला भनेर लिएको ऋणको ब्याज नै लाख कटिसक्यो’, नेताहरु गएपछि गगनदेव बोले, ‘जग्गा जमिनका कागजात केही बैंकसँग छ। केहि मिल मालिकसँग छ। तीनतिरबाट ढल छोडिएको सानो घर मात्रै मसँग छ।’ 

गगनदेवले चिनी उद्योगलाई उखु बेचेको चार लाख रुपैयाँ पाउन बाँकी छ। घरमा दुई छोरा बेरोजगार छन्। आठ नातिनातिनाको पढाइ खर्चको जोहो कसरी गर्ने भन्ने पीर छ। यो पीर प्रचण्ड-माधव समूहको पीरमा कहाँनेर पर्छ, उनको या आफ्नो कसको पीर ठूलो हो गगनदेवलाई थाहा छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कूर्चिमा पालो नदिएपछि सडकमा आएका प्रचण्ड-माधवलाई गगनदेवले ऋण तिर्न सक्छन् कि सक्दैनन् के मतलब। उनका नाति नातिना विद्यालय जाउन् कि घरै बसिरहुन् किन सोच्नु। उनका छोरा बेरोजगार हुन् कि काममा हुन् भन्ने सोचेर प्रधानमन्त्रीको कूर्सि कसरी मिल्नु! उनको घरमा ढल पस्यो कि नल भन्ने सोचेर त राजनीति कसरी चल्नु!

चिनी उद्योगबाट रकम नपाएका हजारौँ किसानमध्ये दुई सय जना जति किसान काठमाडौं आएका थिए। अहिले आधा जति घर फर्किसके। पैसा पाएर होइन। कोही बिरामी परेर त कोहि आफूसँग भएको पैसा सकिएपछि यहाँ टिक्न सकेनन्। 

अहिले धर्ना बसेका किसानलाई दिउँसो खाजा माइतीघर मण्डल वरपरका रेस्टुरेन्टहरुले खुवाउन थालेका छन्। बिहान बेलुकाको खाना र बासको व्यवस्था ‘हाम्रो टिम नेपाल’ नामको सामाजिक अभियानले गरिरहेको छ। 

जसको आशमा, जसलाई गुहार्न किसान राजधानी आएका थिए, तीमध्ये केही अहिले उनीहरु नजिकै सडकमा देखिएका छन्। आफ्नो आवाज दबिने गरी नजिकै सुनिएको सडकको त्यो नौलो आवाजले आफूलाई कति मद्दत गर्छ किसानलाई थाहा छैन। किसानमा डर नै छ, उनीहरुले नपाई हामीले नपाउने पो हौँ कि! 

यो पनि पढ्नुहोस्

सरकारको भर छैन'बिहीबार, पुस २, २०७७

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्