• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

योगेश भट्टराई भन्छन्- पर्यटन मन्त्रालयमा‍ एसइईसम्म पुगेँ

64x64
उत्तम काप्री मंगलबार, पुस ७, २०७७  १८:१०
1140x725

काठमाडौं- २०७६ साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हाल्दै कर्मचारीहरूसँग योगेश भट्टराईले भनेका थिए, 'म कखरा पढ्न आएको छु। तपाईंहरुले मलाई कति पढाउनु हुन्छ, त्यसमा नै तपाईंहरुको क्षमता देखिन्छ। म पढ्दै जान्छु। तपाईंहरु पढाउन योग्य भने हुनुपर्छ। मलाई तपाईंहरूले उच्च शिक्षासम्म पुर्‍यानुहुन्छ भन्ने विश्वास लिएको छु।’

उनकै भनाइलाई सापटी लिने हो भने योगेशले उच्च शिक्षाको सिँढी चढ्न नपाउँदै मन्त्रालयबाट बिदा हुनु परेको छ। 

मन्त्रीका रूपमा १७ महिना काम गरी राजीनामा दिएका योगेशकुमार भट्टराईले आफू मन्त्रालयको काममा एसईईसम्म पुगेको बताए। ‘यस्तै हो। हामी राजनीतिक व्यक्तिलाई परिस्थितिले कहाँ-कहाँ पुर्‍याउँछ। मन्त्रालय छिर्दै गर्दा कखरा सिक्ने भनेको थिएँ। अहिले त एसइईसम्म त पुगेँ होला। हैन त?,’ मन्त्रीबाट राजीनामा दिएपछि नेपाल लाइभकर्मीसँगको भेटमा उनले भने, ‘बाहिर बस्नेले के-कति मूल्यांकन गरेका छन्। त्यो विस्तारै थाहा हुँदै जान्छ। तर, मैले एसइई परीक्षाको फारम भरेँ तर परीक्षा दिन पाइनँ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेकै अवस्थामा रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटना परी निधन भयो। अधिकारी सवार हेलिकोप्टर २०७५ फागुन १५ गते ताप्लेजुङमा दुर्घटना भएको थियो। अधिकारीसँगै अन्य ७ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए। अधिकारीको निधनपछि ५ महिनासम्म पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए। २०७६ साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी योगेशलाई दिएका थिए।

मन्त्री पदको पदभार ग्रहण गर्दै भट्टराईले स्वर्गीय नेता तथा सहपाठी रवीन्द्र अधिकारीले लिएको भिजन र आफ्नो भिजनसँगै पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता गरेका थिए।

मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष भएसँगै आइतबार राजीनामा दिएका हुन्। औपचारिक राजीनामा दिएको भोलिपल्ट अर्थात् सोमबार मन्त्रालयमा कर्मचारी र पत्रकारलाई बिदाइ सम्बाधन गर्दै आफूले गरेको काम फेरिस्तसमेत बताएका थिए। उनले आफूले गरेको काममा आफैँ सन्तुष्ट नभएको तर, परिस्थितिका कारण राजीनामा दिएको बताइरहेका थिए।

मन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी लिएसँगै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई 'वाह! नेपाल एयरलाइन्स!' बनाउने प्रतिबद्धता गरेका थिए। तर, त्यो काम उनले पूरा गर्न भने पाएनन्। मन्त्री भट्टराईले नेपाल एयरलाइन्स सुधारकै लागि भन्दै गठन गरेका अध्ययन कार्यदलका सदस्यलाई मन्त्रालयको जिम्मेवारी त्यागेसँगै निगमको तालाचाबी दिएर गएका छन्। अब उनीहरुबाट सुधार हुने/नहुने हेर्न भने बाँकी नै छ।

मन्त्री भट्टराईलाई पदभार ग्रहण गर्दै गर्दा अर्को ठूलो चुनौती थियो, भिजट नेपाल २०२० सफल बनाउनु। सरकारले सन् २०२० लाई भिजट नेपाल २०२० अभियानको रुपमा मनाउँदै २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य लिएको थियो। मन्त्री भट्टराईले पनि भिजिट नेपाल २०२० को अभियान सफल बनाउन दिनरात नै खटिरहे। भिजिट नेपाल २०२० को उद्घाटनसम्म पुर्‍याए। तर, २०१९ को डिसेम्बरदेखि चीनबाट सुरु भएको कोरोना भाइरसको महामहारी विश्व व्यापी फैलिन पुग्यो। सरकारले भिजिट नेपाल अभियान पनि रद्द गर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाकै कारण अहिलेसम्म सञ्चालनमा आइसक्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि मन्त्री भट्टराईले फत्ते गर्दै उद्घाटन गर्न पाएनन्। तर, कोरानाकै समयमा देशभरको विमानस्थल सुधारमा भने योगेशले राम्रै सफलता हासिल गरेको भन्न सकिन्छ। उनकै कार्याकालमा विमानस्थलको रन–वे पिच परिर्वतनको काम सम्पन्न भएको छ।

मन्त्रीका रूपमा उनको अनुभव जस्ताको तस्तै
करिब १७ महिनाको अवधि मैले यो मन्त्रालयमा बिताएँ। ३ जना सचिवसँग काम गर्ने अवसर पाएँ। मैले काम गर्दा मन्त्रालयमा राम्रो नेतृत्व पाएको महसुस गरेको छु। तर, म आफैँ आफूले गरेको काममा सन्तुष्ट भने हुन सकिनँ। तर, यस्तो विषम परिस्थितमा पनि मन्त्रालयको टिमले गरेका काममा दुःखी भइहाल्नु पर्ने अवस्था भने छैन।

कोरानाका कारण कतिपय महत्त्वपूर्ण योजना रोकिएँ त कतिपय सुरू पनि भएका छन्। फेरि कुनै कुनै रूपमा स्वागत गर्ने अवसर तपाईंहरूले पाउनु नै हुन्छ भनेमा आशावादी छु। कोरोनाको समयमा पनि आन्तरिक पर्यटनलाई प्रवर्द्धनका लागि दुई दिन बिदा दिन जस्तो कार्यक्रम अगाडि सारेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने लक्ष्य लिएपनि पूरा भएन तर, प्रक्रिया अगाडि बढेका छन्। 

दुर्भाग्यवस १० महिना कोरोनाका कारण मन फुकाएर काम गर्न पाइनँ। संकुचित हिसाबले काम गर्न परो। उपलब्धि सोचेअनुसार हुन सकेन। राम्रो परिमाण निकाल्ने कोसिस गरेँ। हामी दबाबमा थियौँ। भ्रमण वर्ष उद्घोष भएको थियो। गन्तव्य विकास गर्ने। अर्थतन्त्रमा पर्यटनबाट सहयोग गर्ने। गत आर्थिक वर्ष ६० प्रतिशत प्रगति भएको छ। शतप्रतिशत नभएपनि ८० प्रतिशत हुनपर्थ्यो त्यो नभएको हो। परिस्थिति प्रतिकूल भयो।

मन्त्रालयकै इतिहासमा विदेश कूटनीतिको छलफल मन्त्रालयमा नै भएको थियो। पूर्वाधार क्षेत्र पर्यटन क्षेत्रका क्रान्ति नै भएको छ। गौतम बुद्ध विमानस्थल निर्माणको काम कोरोनाका कारण पूरा हुन सकेन। पोखरामा विमानस्थलको काम पनि प्रभावित भयो। देशभरका विमानस्थल सुधार गर्ने काममा उल्लेख प्रगति भएको छ। मलाई मन्त्री पदबाट राजीनामा दिँदै गर्दा हल्का महसुस पनि भएको छ। तर, मलाई खुसी केमा छ भने युरोपियन युनियनले नेपाली वायुयानमाथि लगाएको उडान प्रतिबन्ध (कालोसूची) फुकुवा हुने विषय सकारात्मक तवरबाट अगाडि बढेको छ।

युरोपियन युनियनको कालोसूचीबाट हटाउन पहल तथा मेहनत भएको छ। प्राधिकरण विभाजन हुने ऐन बनेको छ। संसदमा छ। युरोपियन प्रतिबन्ध हुनुपर्ने कारण छैन, फुकुवा हुनुपर्छ।

हवाई नीति मन्त्रीपरिषदमा जाने क्रममा छ भने नयाँ पर्यटन ऐन को मस्यौदा तयार भएको छ। पर्यटन विश्वविद्यालय ऐनको पनि मस्यौदा तयार भएको भइसेको छ। यस्तै गरी पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम अगाडि बढाइएको छ। सबैले तहका सरकारले भागलिएका छन्। २ सय वटा आयोजनमा बजेट पाउने अवस्था भएको छ। तीन तहको सरकारको हिसाबले हेर्ने हो भने यसमा क्रान्ति नै आएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्