• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वास्थ्य सामग्री खरिद प्रकरण : यी हुन् लेखा समितिले देखेका अनियमितताका तथ्य

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३, २०७७  १६:२९
1140x725

काठमाडौं- कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य उपकरणमा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ।

सार्वजनिक खरिदको ऐन र नियमावली मिचेर खरिद भएको समितिले निष्कर्ष निकालको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई जवाफका लागि बोलाएको समितिले खरिद प्रक्रियामा संलग्नलाई दोषी करार गर्ने अवस्था बनेको जनाएको छ। खरिद प्रक्रियाको थप छानविन पश्चात् दोषीको पहिचान गर्न सुझाइएको छ। साथै, दोषीलाई कारबाहीका गर्न कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय भएको छ। 

स्वास्थ्य सामग्री खरिदका क्रममा भएको अपारदर्शी कार्यका तथ्य लेखा समितिले सार्वजनिक गरेको छ। खरिदका लागि श्रोतको एकिन नभएको, लागत अनुमान नगरी सिधैं प्रस्ताव माग गरि खरिद प्रक्रिया अघि बढाएको समितिले जनाएको छ। 

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई खरिद प्रक्रियामा सहभागी गराउन पर्नुको कारण मन्त्रालयले प्रष्टाउन नसकेको समितिले जनाएको छ। स्वास्थ्य सामग्री खरिदका लागि प्रारिम्भक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रालि (ओम्नी)लाई वार्तामा सहभागी गराउनुको कारण मन्त्रालयले दिन नसकेको समितिले जनाएको छ।

नेपाली रुपैयाँमा लागत अनुमान तयारी गरी अमेरिकी डलरको दरमा सम्झौता हुँदा अनियमितताको आशंका रहेको जनाइएको छ। ओम्नीसँग खरिद प्रक्रिया रद्ध गरेपनि मन्त्रालयलाई भएको क्षतिपूर्ति भराउने कार्य नभएको समितिले उल्लेख गरेको छ।

मास्क खरिदमा लागत अनुमानभन्दा बढी हुने गरी खरिद सम्झौता भएको तथ्य समितिले सार्वजनिक गरेको छ। एक वर्ष भित्र गरिने खरिदको लागत समान हुनुपर्नेमा थर्मोमिटरको मूल्य बढी कायम गरि सम्झौता भएको उल्लेख छ।

स्वास्थ्य सामग्री खरिदका प्रकरणमा समितिले गरेका अध्ययनका तथ्य तथा महत्वपूर्ण घटनाक्रमः
• बजेटको स्रोत यकिन नगरी, लागत अनमान तयार नगरी सिधै प्रस्ताव माग गरी खरिद प्रक्रिया अघि बढाएर खरिद सम्झौता गरे पछी बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखि पठाएको देखिएको छ। खरिद कार्यमा संलग्नविज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेस गर्न नसकेको, खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको

• विभागीय प्रमुखले आफु खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

• प्रारम्भिक छलफलमै सहभागी नभएको Anita Business House Pvt. Ltd. वार्तामा सहभागी गराएको र कोटेशन लिइएको

• लागत अनुमान तयार गर्दा नेपाली रुपैयाँमा गरेको र सम्झौता गर्दा US dollar को दरमा सम्झौता गरेको जसले गर्दा मुल्यमा तलमाथि देखिएको

• OBCI Pvt Ltd. संग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको र २०७६/१२/२० मा म्याद २ दिन बाँकि हँदै खरिद सम्झौता रद्ध गरेको र कालो सूचिमा राख्न PPMO लाई पत्राचार गरेको तर उक्त कम्पनीबाट मन्त्रालयलाई भएको क्षतिको आंकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको • N95 mask को लागत अनुमान रु. ४६२.५० रहेकोमा गैरकानुनी रूपमा लागत अनुमान भन्दा बढी हुने गरी रु. ८२८.६७ मा OBCI Pvt Ltd. सँग खरिद गर्ने सम्झौता गरेको तर एक महिनाअघि सोही समान खरिद खरिद गर्दा लागत अनुमान रु.२६५.४८ रहेको र प्रस्ताव न्यूनतम रु. ६४८ परेकोमा खरिद नगरेको देखिएको

• सार्वजनिक निकायको एक वर्ष भित्र गरिने खारेदको लागत अनुमान एकै मूल्यमा हुनुपर्नेमा एक महिना अघि Thermometer (non contact) खरिद गर्दा मूल्य रु. ४०००.०० मूल्य कायम गरेको तर OBCI Pvt Ltd. सँग खरिदका लागि रु. ७५०० मा खरिद सम्झौता गरेको देखिन्छ।

Xtrem

Xtrem

• OBCI Pvt Ltd. कार्य सम्पादन जमानत जफत गर्न बैंकलाई पत्राचार गरेको तर जफत भए नभएको जानकारी प्राप्त नभएको, कम्पनीले सम्झौता अनुसार खरिदमा पुर्‍याएको क्षतिको असुल उपर नगरी उल्टै OBCI Pvt Ltd. ले ल्याएका गुणस्तर परिक्षण नगरी मालसामान उपयोग गरि गैर कानूनी रूपमा भुक्तानी दिएको बुझिएको २०७७/१/२३ मा विज्ञ समितिको तर्फबाट दिएको प्रतिवेदनमा PCR machine स्वीकृत स्पेशिफिकेशन अनुसार नभएको, Incoming Inspection Report मा थुप्रै कुराहरु नभएको देखाएको तर त्यसको वास्ता नगरी समान लिएर वितरण गरेको

• नेपाल गुणस्तर तथा नापतौल विभागको राय मुताविक औषधि व्यवस्था विभागले सामग्रीको गण अनगमन गर्नपर्ने सझाव दिएको तर औषधि व्यवस्था विभागवाट अनुगमन नगरी नगराई सामग्री उपयोग गरेको

• जन स्वास्थ्य प्रयोगशालामा सामग्रीको परीक्षण नभएको, पर्याप्त संख्यामा निर्धारित समयमा सामग्री प्राप्त नभएको तर उक्त सामग्री बुझी विभिन्न निकायलाई वितरण गरेको विवरण दिएको भनिए पनि त्यसको सदुपयोग भए नभएको कुनै तथ्यांक उपलब्ध गराएको छैन।

खरिद प्रक्रियामा भएका महत्वपूर्ण घटनाक्रम:
१. OBCI Pvt. Ltd. संग सामग्री खरिद गर्नु पूर्व भए गरेका

• इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट thermo scanner ४ थान र IR non touch thermometer १०० थान खरिदका लागि माग भएको, २०७६/१०/२९मा गोरखापत्रमा सूचना प्रकाशित, ६ वटा टेन्डर परेको, छनोट गरी खरिद गरेको • २०७६/१०/२९ मा समान छिटो विधिबाट खरिद गर्न आवश्यकता महसुस गरी स्पेशिफिकेशन, मूल्य, परिमाण टिप्पणी सदर भएको

• स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रबाट PPE, Disposable globe, Sprayer, Coveral protection cat ||| लगायतका सामानको माग र तयारीका लागि २०७६/११/१ मा विभागमा पत्र प्राप्त भएको

• टेन्डर डकुमेन्ट तयार गरी २०७६/११/१ मा गोरखापत्रमा सूचना प्रकाशित • २०७६/११/६ मा प्राप्त ६ वटा टेन्डर खोलिएकोमा PPE, Disposable globe, Sprayer, Coveral protection cat ||| खरिद गर्ने र अन्य रद्ध गर्ने निर्णय भएको

२. OBCI Pvt. Ltd.संग सामग्री खरिद प्रक्रिया संग सम्बन्धित

• नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६/१२/११ को निर्णयले आजै सूचना जारी गर्ने, भोलि सम्भावित आपूर्तिकर्तासँग छलफल गर्ने र १५ गते भित्र गर्ने, ढुवानीमा सरकारले व्यवस्था मिलाउने निर्णय भएको 

• स्वास्थ्य सेवा विभागले मूल्य सहित १२ गते उपस्थिति हुन गो.प., टेलिभिजन, रेडियो नेपालसँग सूचना प्रकाशित गर्न ११ गते पत्राचार गरेको 

• १२ गते १ वजे छलफल गरेको र बार्ता टोलि गठन गरेको, १२ गते मन्त्रीज्यूको प्रमुख सल्लाहकारको नेतृत्वमा वार्ता समिति गठन गरेको, छलफलमा उपस्थिति नभएको कम्पनी पनि वार्ताका लागि छनोट भएको, छ कम्पनिलाई कोटेशन दिन छनोट गरेको', १२ गते ७ बजे बेलुकी वार्ता गरेको र OBCI Pvt. Ltd. सिफारिस गरेको, १२ गते मन्त्रि स्तरबाट निर्णयबाट OBCI Pvt. Ltd. छनोट गरिएको, १२ गते नै कम्पनीलाई कार्यादेश दिएको, कम्पनीले पनि १२ गते नै पत्राचार गरेको, १२ गते नै बैंकलाई पत्राचार भएको, २७ तारिख (१४ गते । विभागीय प्रमुखले सम्झौता गरेको, १४ गते (२७ मार्च) नेपाल वायुसेवा निगमलाई पत्राचार भएको, सम्झौता गर्दा समय सिमा (१७ गते (३०मार्च), २ अप्रिल (२० गते) र ५ अप्रिल (२३ गते) तोकिएको 

• दुईवटा कम्पनीको मिति नखुलेको, लेटर हेड नभएको कोटेशन रहेको, दुबैको मूल्य खासै फरक नरहेको

• छनोट गरिएको OBCI Pvt. Ltd. को प्रोफाइल, कर चुक्ता प्रमाण पत्र, सम्बन्धित क्षेत्रको कार्य नभएको 

• पेश भएको कोटेशनको मुल्यांकन नगरिएको वार्ता मात्र आधार बनाइएको, बजार मूल्य नहेरिएको 

• OBCI Pvt. Ltd.ले तीन पटकमा ल्याउने गरी प्रस्ताव गरेको (२९ मार्च, १ अप्रिल, ४ अप्रिल तर उच्च स्तरीय समितिले १५ गते ( २८ मार्च), सम्झौता १९ गते (१ अप्रिल) रद्ध गरेको ।

 • संकास्पद कम्पनि Anita Business House Pvt. Ltd. छलफलमा उपस्थित नदेखिएको तर वार्तामा सहभागी रहेको 

• वार्ताका आधार उल्लेख छैनन्

• मन्त्री स्तरबाट कार्यादेश दिइएको छ, विभागले प्रस्ताव गरेको मन्त्रीपरिषद्‍बाट स्वीकृति लिने काम भएको छैन 

• भुक्तानी २०% ( पहिलो समान आउदा १०%, दोश्रो १०%) र सवै आए पछी (८०%) भुक्तानी दिने शर्त राखिएको 

• १४ गते सम्झौतापछि मात्र मन्त्रलायबाट श्रोत /बजेट माग गरेको 

• १४गते सार्वजनिक खरिद ऐनको दफा ११५ (३) अनुरुप दुई वटा विज्ञ समिति विभागवाट गठन गरेको, ७ किसिमका समान खरिद गर्ने भनि खरिद ऐनको १४५ (३) अनुसार सार्वजनिक सूचना प्रकाशन गरेको

• १८ गते अनुगमन प्रतिवेदन पेश भएको 

• १७ र १८ गते दुइ टोलीलाई निरीक्षण गर्न पत्राचार गरेको 

• गणस्तर तथा नापतौल विभागलाई १७ गते पत्राचार गरेको 

• जनस्वास्थ्य प्रयोगशालालाई निरीक्षण गर्न १८ गते पत्र लेखेको . १२/१९ मा विभागवाट ठेक्का अन्त्य गरी प्रस्ताव फिर्ता गरेको, सार्वजनिक खरिद ऐन दफा ५९(७) वमोजिम अन्त्य गर्ने, जमानत जफत गर्ने र कालोसूचीमा राख्ने तथा खरिदमा हुने क्षतिको असल उपर गर्ने काम भएको छैन।

• १९ गते हिमालयन बैंक लाई जमानत जफत गर्न पत्राचार गरेको 

• वायु सेवा निगमले १५ गते पर्यटन मन्त्रालयलाई पत्राचार गरेको, १७ मा पर्यटन मन्त्रालयले पत्राचार गरेको भुक्तानी पाए नपाएको उल्लेख नभएको 

• दफा ६६ अनुसारको लागत अनुमान, प्राविधिक स्पेसिफिकेशन, समय सिमा तय गरेको छैन 

• दफा ७ वमोजिम पुन खरिद अघि बढाउनुपर्ने गरिएको छैन . भन्सार क्लियरेन्स गरेको डकुमेन्ट पेश नभएको

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्