काठमाडौं- संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले कोभिड-१९ महामारीका कारण उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमा परेको असरबारे नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ।
अर्थ समितिमा बोल्दै महासंघका अध्यक्ष शेखर गाेल्छाले कोरोना महामारीका कारण सुस्ताएको अर्थतन्त्रलाई उकास्न एकीकृत राहत प्याकेजको अपेक्षा निजी क्षेत्रले सरकारबाट राखेको बताए। एक अर्ब देखि ३ अर्ब रुपैयाँ बराबरको राहत प्याकेज आउँदा नीजी क्षेत्रलाई सहज हुने उनको भनाइ छ।
अध्यक्ष गोल्छाले सरकारले दिने पुनर्कर्जा रकम बढाएर २ खर्ब पुर्याउन पनि आग्रह गरेका छन्। पुनर्कर्जाको अवधि ३ वर्ष पुर्याउनुपर्ने पनि उनको भनाइ छ। साना उध्योगीले यस्ताे कर्जा पाउन असजह भएका कारण त्यसलाई सहज बनाउनुपर्ने उनले उल्लेख गरे।
काेराेनाकाे कारण साना तथा मझौला उद्याेगहरुमा बढी समस्या परेकाे र बैक ब्याज, घरभाडा लगायताका समस्या बढ्दै गएकाे गोल्छाको भनाइ छ। उनले सहुलियतपूर्ण कर्जाकाे कार्यविधि ढिला आएकाेमा उद्यमीलाई समस्या परेको बताए।
महासंघको एसोसियट उपाध्यक्ष रामचन्द्र साङ्घाईले आर्थिक वृद्धिदर शून्यमा झरेको, रेमिट्यान्स घटेको, मुद्रास्फिती बढेको, आयात बढेको र निर्यात घटेकोलगायत समस्याका कारण अर्थतन्त्र गम्भीर संकटमा जानसक्ने बताए। `काेभिड १९ महामारीका कारण उद्याेगले ४० देखि ५० प्रतिशतमात्रै उत्पादन गरिरहेको र यसका कारण हजारौं श्रमिकले राेजगारी समेत गुमेकाे बताए।
महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले नीतिगत व्यवस्था कमजोर भएका कारण नीजी क्षेत्र सधै समस्यामा परेको बताए। `विद्यमान कानुन निजि क्षेत्रमैत्री छैन। अहिलेको नियन्त्रणमुखी ऐन कार्यान्वयन गर्न गाह्रो भएकाे छ। तीन तहको करको उल्झन अझै बाँकी छ‚´ उनले भने।
महासंघकाे वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले पंचायतकालदेखि अहिलेसम्मै लगानीको वातावरण उस्तै रहेको बताए। लगानीको वातावरण नभएकै कारण कोरोनाका कारण थिलथिलेको अर्थतन्त्र उकास्न सकस भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।