• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

64x64
रासस बुधबार, पुस १, २०७७  १५:५५
1140x725

काठमाडौं- कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ। मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ। कमाण्डरको साथमा निर्देशनप्राप्त टोली बिलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ। टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन्।

निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो। एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा हुन् भने अर्काेमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला।

शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामानसमेत बिसङ्क्रमण (डिसइन्फेक्ट) गरे। शवको बाहिरी तहमा बिसङ्क्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे। आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पुर्‍याए। आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उनीहरूले सलामी दिन छुटाउँदैनन्। पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ। नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ। सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ।

गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ। 

कोभिड १९ सङ्क्रमणको शुरुआती चरणमा मानिसहरु सङ्क्रमितको घर वरपर जानै डराउँथे। गाउँ वरपर व्यवस्थापन गर्न अवरोध हुन्थ्यो। सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना सुरुआती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ।

सेनाकी हुद्दा कृष्णकुमारीको केही समय अघिको दैनिकी भने कार्यालय घेरामै सीमित थियो। जब कोभिड-१९ को सङ्क्रमणले चर्को रुप लिँदै गयो, उनलाई कार्यालय घेराबाट बाहिर निस्केर काम गर्नुपर्ने अवस्था आयो। इच्छा जागेर उनी कोरोना सङ्क्रमणबाट प्राण त्यागेकाहरूको शव व्यवस्थापनमा खट्दै आएकी छन्। उनका लागि त्यो राज्यप्रति वहन गर्नुपर्ने राष्ट्रसेवकको आकस्मिक दायित्व थियो। त्यो ठूलो अवसर हो तर परिस्थिति सहज थिएन।  

राष्ट्रको सुरक्षा गर्ने वाचा पूरा गर्नकै लागि कृष्णकुमारीले आममानिसले छुन नमिल्ने सङ्क्रमितको शव काँधमा बोक्न हिच्किचाउनु भएन। कहिल्यै ननिम्तिएको सङ्क्रमणको महामारी अनि उपचारसमेत फेला नपरेको रोगबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्नु चानचुने कुरा होइन। सावधानी नअपनाउँदा आफैँ सङ्क्रमणको शिकार हुने जोखिम उत्तिकै छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शव व्यवस्थापन गरिसकेपछि सिधै घर वा कार्यालय जान पाइँदैन। तत्काल शरीरलाई नै डिसइन्फेक्ट गर्नुपर्ने उनी बताउँछिन्। शव व्यवस्थापन गरेपछि त्यसका लागि लगाएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सेट बिसंक्रमण (डिसइन्फेक्सन) का लागि छुट्टै भाँडोमा राखेर आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ क्वारेन्टिनमा जानुपर्छ। त्यसपछि अर्काे टोलीको शव व्यवस्थापनको पालो आउँछ। घर नगई महिला टोलीले शव व्यवस्थापनको काम गरिरहेको छ।

दुवै समूहमा बसेर शव व्यवस्थापनमा खटिरहेकी कृष्णकुमारी त्यस कार्यमा निक्कै अनुभवी छिन्। यसअघिको पहिलो समूहमा कृष्णकुमारीसहित प्यूठ रचना तथा रश्मी र सिपाही लीला सहभागी भएका थिए। त्योबेला ओम र शिक्षण अस्पताललगायतबाट ६ वटा शव व्यवस्थापन गरिएको थियो। 

दोस्रो पटक कृष्णकुमारीसहित प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा सहभागी भए। दुई टोलीले अहिलेसम्म १० शव व्यवस्थापन गरिसकेको छ। आफ्नो अनुभव सुनाउँदै कृष्णकुमारी भन्छिन्‚ ‘महिला सैनिक भएर सङ्कटपूर्ण अवस्थामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा गौरव लागेको छ।’ 

उपत्यका पृतनाको कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुन्न। जति नै बेला पनि पिपिई सेट, जुत्ता, पञ्जा, गाउन, चश्मालगायत आवश्यक स्वास्थ्य मापदण्ड पुर्‍याई टोली तम्तयार हालतमा बस्नुपर्छ। खबर आउने बित्तिक्कै शव वाहनसहित दौडनुपर्छ। उनी थप्छिन्‚ ‘काम सजिलो छैन, हामीले तालीममा जे सिक्यौँ, त्यही व्यवहारमा उतारेका छौँ। मिसन सफल छ, कुनै अलमल छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोरखकाली गुल्म नेपाली सेनाको पहिलो महिला गुल्म हो। यहाँ १७८ महिला सैनिक छन्। गुल्मका उपसेनानी सीताको नेतृत्वमा टोली परिचालन हुन्छन्। महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई चिर्दै सङ्कटको घडीमा मानवीय कार्यमा महिला सैनिक स्वेच्छाले खटेको सहायक गुल्मपति कार्की सुनाउँछिन्। 

उपत्यका पृतनाले दुई हप्ते तालीम दिएपछि समूह बाँधेर यसरी महिला सैनिकहरुलाई खटाएको हो। असोज २६ गते महिला टोलीले पहिलो पटक शव उठायो। ओम अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट शव लगेर व्यवस्थापन गर्‍यो। सुरुमा नौलो महसुश भयो। यद्यपि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराखेको महिला टोलीको भनाइ छ।  

शव उठाउन टोली पालैपालो खटिन्छन्। एक दिन शव व्यवस्थापन भएपछि त्यो टोलीका सबै सदस्य क्वारेन्टाइनमा बस्छन्। मापदण्ड पूरा गरी रिपोर्ट नेगेटिभ आएपछि पुनः परिचालित हुन्छन्। टोली उपत्यका पृतनामा रहेको कोभिड डेस्कको निर्देशनमा परिचालन गरिन्छ। प्लाष्टिकसहित तीन तहमा ढाकेर राखिएका शवलाई मुचुल्का गरी उठाएर बाहनमा राख्ने र समाधिस्थलमा पुर्‍याएर सद्गत गर्नेसम्मको जिम्मेवारी सेनाको जिम्मामा छ।

मुलुकभर गरेर नेपाली सेनाले झण्डै तीन हजार व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्‚ ‘राष्ट्रलाई आइपरेको सङ्कटको अवस्थामा हामीले आफ्नो दायित्व निर्वाह गरेका हौँ। सेनाले जोखिमका बीच काम गरिरहेको छ।’ 

आफन्तहरुलाई मृतकको अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भन्छन्‚ ‘प्लाष्टिकसहित तीन तहमा शवलाई बाँधेर राखिएको हुन्छ। सेनाले शव खोल्ने पनि होइन, बाँध्ने पनि होइन, मात्र व्यवस्थापन गर्ने हो।’ शव खोल्ने दक्ष जनशक्ति पनि सेनामा नभएकाले अस्पतालमै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग उनले अनुरोध गरिन्। घरमा पृथक्वास (आइसोलेसन) मा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन। 

कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानी गर्नमा र मृत व्यक्तिका आफन्त उपस्थित हुनमा ढिलाइ हुँदा शव उठाउन समस्या हुने गरेको छ। कुनै दिन एकै पटक धेरै शव उठाउनु पर्दा व्यवस्थापनमा केही ढिलाइ हुने गरेको भए पनि आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ। प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ।

मन्त्रिपरिषद्को निर्णयबाट सेनालाई उक्त जिम्मेवारी दिइएको हो। सरकारले जारी गरेका दुई निर्देशिका पालना गर्दै कोभिड-१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा नेपाली सेनाले काम गर्दै आएको छ।

उपत्यकामा १३ टोली परिचालित
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत् तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का ६ वटा छाउनीमा तयार पारिएका १३ समूह क्रियाशील छन्। नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकालीका दुई महिला समूह त्यसमा सामेल छन्। शव रहेको अस्पताल नजिक पर्ने छाउनीबाट टोली परिचालन हुन्छ।

अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ। पृतनाको निर्देशनअनुसार टोली परिचालन हुन्छ। दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरुकै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए। 

अहिलेसम्म एक हजार ३०० भन्दा बढी शव उपत्यकाबाट व्यवस्थापन गरिसकिएको छ। त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी ६ शव विदेशी नागरिकको थियो। पशुपतिस्थित विद्युतीय शव दाहस्थलका अतिरिक्त स्वयम्भूको समाधिस्थलमा ६ र वनकाली समाधिस्थलमा ४ शव व्यवस्थापन गरिएको विवरण उपत्यका पृतनाले दिएको छ। 

२०१७ सालदेखि नै नेपाली सेनामा प्राविधिकतर्फ महिला सहभागी थिए। विसं २०६० पछि प्रशासनतर्फ पनि सहभागी गराइएको हो। अहिले सेनामा पाँच हजारभन्दा बढी सैनिक महिला छन्। 

आफन्तबाट अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेलले भने, ‘प्लाष्टिकसहित तीन तहमा शवलाई बानेर राखिएको हुन्छ, सेनाले शव खोल्ने पनि होइन, बान्ने पनि होइन मात्र व्यवस्थापन गर्ने हो।’ उनले शव खोल्ने विषयमा सेनामा दक्ष जनशक्ति पनि नभएकाले अस्पतालमा प्रक्रिया पूरा गर्नुअघि नै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग अनुरोध गर्छन्। घरमा आइसोलेसनमा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन। 

कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानीको ढिलाइ, आफन्तको उपस्थिति हुन ढिलाइले शव उठाउन समस्या हुने गरेको छ।

कुनै दिन धेरै शव उठाउनु पर्दा एकै पटक शव उठाउनुपर्दा व्यवस्थापनमा अलिकति ढिलाइ हुने गरेको छ। तर आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ। प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ।

उपत्यकामा १३ टोली
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का ६ ब्यारेकमा तयार पारिएको १३ समूहले काम गर्दै आएको छ। नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकाली गुल्मका दुई महिला समूह त्यही टोलीमा सहभागी छन्। 

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सेनाले बनाएको मापदण्ड पूर्ण पालना गर्दै प्रशिक्षित सेनाको टोलीले शव व्यवस्थापन गर्दै आएको छ। मृतक रहेको अस्पताल नजिक पर्ने ब्यारेकबाट टोली परिचालन हुन्छ।

अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ। पृतनाको निर्देशनअनुसार टोली परिचालन हुन्छ।

दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरु कै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए। अहिलेसम्म एक हजार ३०० बढी शव उपत्यकाबाट व्यवस्थापन गरिएको छ। त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी ६ शव विदेशी नागरिकको थियो। पशुपतिस्थित विद्युतीय शव दाहस्थलमा एक हजार ३०० बढी, स्वयम्भुको समाधिस्थलमा छ र वनकाली समाधिस्थलमा चार शव व्यवस्थापन गरिएको उपत्यका पृतनाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्