• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला

64x64
रासस बुधबार, पुस १, २०७७  १५:५५
1140x725

काठमाडौं- कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ। मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ। कमाण्डरको साथमा निर्देशनप्राप्त टोली बिलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ। टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन्।

निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो। एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा हुन् भने अर्काेमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला।

शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामानसमेत बिसङ्क्रमण (डिसइन्फेक्ट) गरे। शवको बाहिरी तहमा बिसङ्क्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे। आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पुर्‍याए। आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उनीहरूले सलामी दिन छुटाउँदैनन्। पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ। नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ। सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ।

गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ। 

कोभिड १९ सङ्क्रमणको शुरुआती चरणमा मानिसहरु सङ्क्रमितको घर वरपर जानै डराउँथे। गाउँ वरपर व्यवस्थापन गर्न अवरोध हुन्थ्यो। सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना सुरुआती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ।

सेनाकी हुद्दा कृष्णकुमारीको केही समय अघिको दैनिकी भने कार्यालय घेरामै सीमित थियो। जब कोभिड-१९ को सङ्क्रमणले चर्को रुप लिँदै गयो, उनलाई कार्यालय घेराबाट बाहिर निस्केर काम गर्नुपर्ने अवस्था आयो। इच्छा जागेर उनी कोरोना सङ्क्रमणबाट प्राण त्यागेकाहरूको शव व्यवस्थापनमा खट्दै आएकी छन्। उनका लागि त्यो राज्यप्रति वहन गर्नुपर्ने राष्ट्रसेवकको आकस्मिक दायित्व थियो। त्यो ठूलो अवसर हो तर परिस्थिति सहज थिएन।  

राष्ट्रको सुरक्षा गर्ने वाचा पूरा गर्नकै लागि कृष्णकुमारीले आममानिसले छुन नमिल्ने सङ्क्रमितको शव काँधमा बोक्न हिच्किचाउनु भएन। कहिल्यै ननिम्तिएको सङ्क्रमणको महामारी अनि उपचारसमेत फेला नपरेको रोगबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्नु चानचुने कुरा होइन। सावधानी नअपनाउँदा आफैँ सङ्क्रमणको शिकार हुने जोखिम उत्तिकै छ। 

Ncell 2
Ncell 2

शव व्यवस्थापन गरिसकेपछि सिधै घर वा कार्यालय जान पाइँदैन। तत्काल शरीरलाई नै डिसइन्फेक्ट गर्नुपर्ने उनी बताउँछिन्। शव व्यवस्थापन गरेपछि त्यसका लागि लगाएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सेट बिसंक्रमण (डिसइन्फेक्सन) का लागि छुट्टै भाँडोमा राखेर आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ क्वारेन्टिनमा जानुपर्छ। त्यसपछि अर्काे टोलीको शव व्यवस्थापनको पालो आउँछ। घर नगई महिला टोलीले शव व्यवस्थापनको काम गरिरहेको छ।

दुवै समूहमा बसेर शव व्यवस्थापनमा खटिरहेकी कृष्णकुमारी त्यस कार्यमा निक्कै अनुभवी छिन्। यसअघिको पहिलो समूहमा कृष्णकुमारीसहित प्यूठ रचना तथा रश्मी र सिपाही लीला सहभागी भएका थिए। त्योबेला ओम र शिक्षण अस्पताललगायतबाट ६ वटा शव व्यवस्थापन गरिएको थियो। 

दोस्रो पटक कृष्णकुमारीसहित प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा सहभागी भए। दुई टोलीले अहिलेसम्म १० शव व्यवस्थापन गरिसकेको छ। आफ्नो अनुभव सुनाउँदै कृष्णकुमारी भन्छिन्‚ ‘महिला सैनिक भएर सङ्कटपूर्ण अवस्थामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा गौरव लागेको छ।’ 

उपत्यका पृतनाको कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुन्न। जति नै बेला पनि पिपिई सेट, जुत्ता, पञ्जा, गाउन, चश्मालगायत आवश्यक स्वास्थ्य मापदण्ड पुर्‍याई टोली तम्तयार हालतमा बस्नुपर्छ। खबर आउने बित्तिक्कै शव वाहनसहित दौडनुपर्छ। उनी थप्छिन्‚ ‘काम सजिलो छैन, हामीले तालीममा जे सिक्यौँ, त्यही व्यवहारमा उतारेका छौँ। मिसन सफल छ, कुनै अलमल छैन।’

गोरखकाली गुल्म नेपाली सेनाको पहिलो महिला गुल्म हो। यहाँ १७८ महिला सैनिक छन्। गुल्मका उपसेनानी सीताको नेतृत्वमा टोली परिचालन हुन्छन्। महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई चिर्दै सङ्कटको घडीमा मानवीय कार्यमा महिला सैनिक स्वेच्छाले खटेको सहायक गुल्मपति कार्की सुनाउँछिन्। 

उपत्यका पृतनाले दुई हप्ते तालीम दिएपछि समूह बाँधेर यसरी महिला सैनिकहरुलाई खटाएको हो। असोज २६ गते महिला टोलीले पहिलो पटक शव उठायो। ओम अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट शव लगेर व्यवस्थापन गर्‍यो। सुरुमा नौलो महसुश भयो। यद्यपि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराखेको महिला टोलीको भनाइ छ।  

शव उठाउन टोली पालैपालो खटिन्छन्। एक दिन शव व्यवस्थापन भएपछि त्यो टोलीका सबै सदस्य क्वारेन्टाइनमा बस्छन्। मापदण्ड पूरा गरी रिपोर्ट नेगेटिभ आएपछि पुनः परिचालित हुन्छन्। टोली उपत्यका पृतनामा रहेको कोभिड डेस्कको निर्देशनमा परिचालन गरिन्छ। प्लाष्टिकसहित तीन तहमा ढाकेर राखिएका शवलाई मुचुल्का गरी उठाएर बाहनमा राख्ने र समाधिस्थलमा पुर्‍याएर सद्गत गर्नेसम्मको जिम्मेवारी सेनाको जिम्मामा छ।

मुलुकभर गरेर नेपाली सेनाले झण्डै तीन हजार व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्‚ ‘राष्ट्रलाई आइपरेको सङ्कटको अवस्थामा हामीले आफ्नो दायित्व निर्वाह गरेका हौँ। सेनाले जोखिमका बीच काम गरिरहेको छ।’ 

आफन्तहरुलाई मृतकको अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भन्छन्‚ ‘प्लाष्टिकसहित तीन तहमा शवलाई बाँधेर राखिएको हुन्छ। सेनाले शव खोल्ने पनि होइन, बाँध्ने पनि होइन, मात्र व्यवस्थापन गर्ने हो।’ शव खोल्ने दक्ष जनशक्ति पनि सेनामा नभएकाले अस्पतालमै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग उनले अनुरोध गरिन्। घरमा पृथक्वास (आइसोलेसन) मा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन। 

कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानी गर्नमा र मृत व्यक्तिका आफन्त उपस्थित हुनमा ढिलाइ हुँदा शव उठाउन समस्या हुने गरेको छ। कुनै दिन एकै पटक धेरै शव उठाउनु पर्दा व्यवस्थापनमा केही ढिलाइ हुने गरेको भए पनि आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ। प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ।

मन्त्रिपरिषद्को निर्णयबाट सेनालाई उक्त जिम्मेवारी दिइएको हो। सरकारले जारी गरेका दुई निर्देशिका पालना गर्दै कोभिड-१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा नेपाली सेनाले काम गर्दै आएको छ।

उपत्यकामा १३ टोली परिचालित
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत् तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का ६ वटा छाउनीमा तयार पारिएका १३ समूह क्रियाशील छन्। नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकालीका दुई महिला समूह त्यसमा सामेल छन्। शव रहेको अस्पताल नजिक पर्ने छाउनीबाट टोली परिचालन हुन्छ।

अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ। पृतनाको निर्देशनअनुसार टोली परिचालन हुन्छ। दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरुकै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए। 

अहिलेसम्म एक हजार ३०० भन्दा बढी शव उपत्यकाबाट व्यवस्थापन गरिसकिएको छ। त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी ६ शव विदेशी नागरिकको थियो। पशुपतिस्थित विद्युतीय शव दाहस्थलका अतिरिक्त स्वयम्भूको समाधिस्थलमा ६ र वनकाली समाधिस्थलमा ४ शव व्यवस्थापन गरिएको विवरण उपत्यका पृतनाले दिएको छ। 

२०१७ सालदेखि नै नेपाली सेनामा प्राविधिकतर्फ महिला सहभागी थिए। विसं २०६० पछि प्रशासनतर्फ पनि सहभागी गराइएको हो। अहिले सेनामा पाँच हजारभन्दा बढी सैनिक महिला छन्। 

आफन्तबाट अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेलले भने, ‘प्लाष्टिकसहित तीन तहमा शवलाई बानेर राखिएको हुन्छ, सेनाले शव खोल्ने पनि होइन, बान्ने पनि होइन मात्र व्यवस्थापन गर्ने हो।’ उनले शव खोल्ने विषयमा सेनामा दक्ष जनशक्ति पनि नभएकाले अस्पतालमा प्रक्रिया पूरा गर्नुअघि नै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग अनुरोध गर्छन्। घरमा आइसोलेसनमा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन। 

कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानीको ढिलाइ, आफन्तको उपस्थिति हुन ढिलाइले शव उठाउन समस्या हुने गरेको छ।

कुनै दिन धेरै शव उठाउनु पर्दा एकै पटक शव उठाउनुपर्दा व्यवस्थापनमा अलिकति ढिलाइ हुने गरेको छ। तर आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ। प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ।

उपत्यकामा १३ टोली
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का ६ ब्यारेकमा तयार पारिएको १३ समूहले काम गर्दै आएको छ। नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकाली गुल्मका दुई महिला समूह त्यही टोलीमा सहभागी छन्। 

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सेनाले बनाएको मापदण्ड पूर्ण पालना गर्दै प्रशिक्षित सेनाको टोलीले शव व्यवस्थापन गर्दै आएको छ। मृतक रहेको अस्पताल नजिक पर्ने ब्यारेकबाट टोली परिचालन हुन्छ।

अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ। पृतनाको निर्देशनअनुसार टोली परिचालन हुन्छ।

दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरु कै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए। अहिलेसम्म एक हजार ३०० बढी शव उपत्यकाबाट व्यवस्थापन गरिएको छ। त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी ६ शव विदेशी नागरिकको थियो। पशुपतिस्थित विद्युतीय शव दाहस्थलमा एक हजार ३०० बढी, स्वयम्भुको समाधिस्थलमा छ र वनकाली समाधिस्थलमा चार शव व्यवस्थापन गरिएको उपत्यका पृतनाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल आइतबार, चैत ८, २०८२
कतारमा सैन्य हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु आइतबार, चैत ८, २०८२
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश आइतबार, चैत ८, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्