• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सामाजिक सुरक्षा योजना : अवकाशमा एक तिहाई रकम दिने व्यवस्था गरिँदै

64x64
निर्मला घिमिरे शुक्रबार, मंसिर १२, २०७७  १५:०८
1140x725

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अवकाशमा जाँदा एक तिहाई रकम पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गर्दै अवकाशमा जाँदा योगदानकर्ताले करिब एक तिहाई रकम पाउने व्यवस्था गर्न लागिएको हो। 

सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रोजगारीबाट अवकाश प्राप्त गरिसकेका योगदानकर्ताले पेन्सन प्राप्त गर्न ६० वर्ष नाघेको हुनुपर्ने व्यवस्था थियो। यो व्यवस्थाले ६० पुगेकै हुनुपर्ने अनिवार्य गरिएपछि गुनासो थियो। पुरानो सो व्यवस्थामा परिमार्जनको तयारी गरिएको हो। 

वृद्धावस्था सुरक्षा योजनाका लागि कट्टी गरिने २८.३३ प्रतिशत रकमलाई बाँडफाँट गरी उक्त रकमको करिब एक तिहाई रकम अवकाश (उपदान) योजनाअन्तर्गत राखिने र बाँकी दुई तिहाई रकमबाट पेन्सन उपलब्ध गराउने प्रस्ताव गरिएको हो।

उदाहरणका लागि कोषमा आबद्ध श्रमिकले मासिक ३१ सय रुपैयाँ योगदान गरेका रहेछन् भने श्रमिकका नाममा कोषमा २ हजार ८ सय ३३ रुपैयाँ जम्मा हुन्छ। बाँकी २ सय ६७ रुपैयाँ अन्य सेवाका लागि कोषले खर्च गर्नेछ। २ हजार ८३३ मध्ये ९४४ रुपैयाँ (कुल योगदान रकममा कोषको खर्च कटाएर बाँकी रहेको रकमको एक तिहाइ) अवकाशका रूपमा जम्मा गरिने छ भने बाँकी १ हजार ८ सय ८९ रुपैयाँ (कुल योगदान रकममा कोषको खर्च कटाएर बाँकी रहेको रकमको दुई तिहाई) पेन्सन कोषमा जम्मा हुनेछ। 

अवकाश सुविधाअन्तर्गत योगदानकताले उक्त रकम आवश्यक परे सोही रकम धितो राखेर सापटीका रुपमा प्रयोग गर्न सक्छन्। बीचमा आवश्यक नपरेको अवस्थामा सो रकम ६० वर्ष पूरा भएपछि एकमुष्ठ रूपमा पाइन्छ। 

विद्यमान व्यवस्थाअनुसार वृद्धवस्था योजनाअन्तर्गत योगदानकर्ताको कुल योगदान रकमको २८ दशमलव ३३ प्रतिशत रहने व्यवस्था छ। २०७६ असार मसान्तपछि रोजगारीमा आएका श्रमिकले अनिवार्य रुपमा पेन्सनमा जानु पर्नेछ भने २०७६ असार मसान्तअघि नै रोजगारीमा जोडिएकाहरुले अवकाश तथा पेन्सन दुई स्किममध्ये एउटा रोज्न पाउँछन्। 

त्यसैगरी, औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा समेत केही हेरफेर गर्न लागिएको छ। योगदान सुरु गरेको ३ महिनादेखि छाडेको ३ महिनासम्म मात्रै यो सुविधा पाउने व्यवस्थालाई परिमार्जन गरी अवकाश तथा पेन्सन सुविधा लिइरहेका ६० देखि ७० वर्ष उमेरसम्मका वृद्धवृद्धलाई औपाधि उपचार सुविधा उपलब्ध गराइने व्यवस्था प्रस्ताव गरिएको छ। 

त्यस्तै योगदानकर्ता श्रमिक सुत्केरी भएको अवस्थामा ६ हप्तासम्मको उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ। हाल गर्भावस्था परीक्षण र ३ महिनासम्म शिशु उपचार खर्च कोषले व्यहोर्ने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आश्रित परिवार सुरक्षा योजनामा समेत परिमार्जनका लागि प्रस्ताव गरिएको कोषले जनाएको छ। सो योजनाअन्तर्गत विदेशी श्रमिकको हकमा आश्रित परिवारलाई एकमुष्ठ ७ लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्थाको प्रस्ताव गरिएको छ। 

सबै श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सुझाव 
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको २ वर्ष पूरा भइसकेको छ। तर यसमा भएका कानुनी अस्पष्टताका कारण लक्षितवर्ग नै कोषमा आकर्षित हुन सकेका छैनन्। यो अवस्थालाई मध्यनजर गर्दै कानुनी अस्पष्टतामाथि सम्बन्धित सरोकारवालाबीच व्यापक छलफल गरी आवश्कताअनुसार कानुनी व्यवस्थामा परिमार्जन गर्न सरकोकारवालाले सुझाएका छन्। विभिन्न मजदूर संगठनहरुले अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा आबद्ध सबै श्रमिकलाई अनिवार्य योजनामा समेट्न आग्रह गरेका छन्। रोजगारदाताहरुले भने अन्तराष्ट्रिय अभ्यासलाई समेत अध्ययन गरी योजनालाई रोजगारदातामैत्री समेत बनाउनुपर्ने जोड दिएका छन्। 

योजनाको दायरा फराकिलो बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यान्वयनमा सबै तहका सरकारको समान सहभागिता आवश्यकता रहेको औँल्याएका छन्। बृहत्तर र अर्थपूर्ण सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय तहका सरकारको संयोजन र सहभागिता आवश्यकता भएको प्रधानमन्त्री ओलीले औँल्याएका हुन्। 

उनले सामाजिक सुरक्षा अवधारणाले सामाजिक विकासको एउटा उन्नत स्तरलाई समेत प्रतिबिम्बित गर्ने दाबी गरे। सरकारले २ वर्ष अगाडि नयाँ ढंगले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रारम्भ गरी उन्नत अवधारणाको अभ्यास थालेको उनको भनाइ छ। 

‘योगदान गर्नसक्ने नागरिक मात्र होइन, अलपत्र, गरिबीको चपेटामा रहेका तथा अभिभावकत्वको अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्ने व्यवस्था पनि संविधानमा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधाले निर्दिष्ट गरेअनुसार सबै नागरिकलाई सम्बोधन गर्दै सामाजिक सुरक्षाको अवधारणालाई सरकारले कार्यान्वयनमा ल्याएको छ।’

दिगो विकासको लक्ष्य तथा श्रमसम्बन्धी लक्ष्य हासिलका लागि सामाजिक सुरक्षा कोषको परिचालन, दायरा वृद्धि, सहभागीको संख्या वृद्धि तथा कोष सबलीकरणमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे। 

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि समेट्छौँ : श्रममन्त्री यादव 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

तेस्रो सामाजिक सुरक्षा दिवस मनाइरहँदा समेत लक्षित वर्ग नै सामाजिक सुरक्षाको पहुँच बाहिर रहेका कारण लक्षित श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन्।

‘अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने, ‘सामाजिक सुरक्षाका सम्बन्धमा अन्तराष्ट्रिय अभ्यासको अनुसरण गर्ने समेत प्रतिबद्धता जनाउन चाहन्छु।’ 

योगदानकर्ताले जम्मा गरेको रकमको उचित लगानी तथा प्रतिफलका लागि लगानी कार्यविधि कार्यान्वयनका क्रममा रहेको समेत उनले उल्लेख गरे।   

कार्यान्वयनको दायरा बढाउँछौं : कार्यकारी निर्देशक ज्ञवाली 
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली अहिलेको अवस्था सामाजिक सुरक्षा योजना कार्यान्वयनको दृष्टिबाट सुरुवातको चरण मात्र भएको र यसको दायरा बढाउने बताउँछन्। ‘कार्यान्वयनको क्रममा देखिएका कानुनी अस्पष्टता, व्यवहारिक कठिनाइ, सुरक्षा अवधारणाको पर्याप्त मात्रामा बुझ्ने बुझाउने कार्यक्रम तथा कार्यविधिको परिमार्जन आवश्यकता महसुस गरी सोहीअनुसार कार्यक्रम अगाडि बढाइएको छ। लगानी कार्यविधि स्वीकृतिको पर्खाइमा छ,’ कार्यकारी निर्देशक ज्ञवालीले भने। उनले समयानुकुल थप परिमार्जनको आवश्यकता भए त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए। 

उनका अनुसार हाल कोषमा १२ हजार ९ सय १५ रोजगारदाता तथा १ लाख ७९ हजार ७ सय ९१ श्रमिक सूचीकृत छन्। कोषमा ३ अर्ब १० करोड योगदान रकम संकलन भएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्