• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार, चिनियाँ सबैभन्दा धेरै

कुनै पनि विदेशी श्रमिकलाई छैन रोक, श्रम स्वीकृतिमा थप सहज : विभाग
64x64
निर्मला घिमिरे मंगलबार, मंसिर ९, २०७७  ०६:३४
1140x725

काठमाडौं– कोरोना महामारीका बीच पनि नेपालमा विदेशी श्रमिकहरु आउने क्रम रोकिएको छैन। सामान्य अवस्थाको तुलनामा नेपालमा काम गर्न आउने विदेशी श्रमिकहरुको संख्या भने केही कमी आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक एंव प्रवक्ता मणिनाथ गोपले बताए। 

'विदेशी श्रमिकहरु नेपालमा आइराख्नु भएको छ। कुनै पनि देशबाट नेपालमा श्रम गर्न आउन हामीले रोक लगाएका छैनौं तर सामान्य अवस्थाको तुलनामा अहिले श्रम गर्न आउनेहरुको संख्यामा कमी आएको छ,’ प्रवक्ता गोपले नेपाल लाइभसँग भने। 

सञ्चालन भइरहेका आयोजनाका लागि श्रम स्वीकृति
निर्देशक गोपका अनुसार पछिल्लो समय नेपालमा पहिलेदेखि सञ्चालन भइरहेका आयोजनाहरुका लागि विदेशी श्रमिकहरु आउने गरेका छन्। कोरोना महामारीका कारण नयाँ आयोजनाहरू खासै सञ्चालनमा आएका पनि छैनन्। जसले गर्दा पनि विदेशी लगानीमा निमार्णाधीन ठूला आयोजनाहरुमा मात्र श्रम स्वीकृति लिएर विदेशी श्रमिकहरु नेपाल आइरहेका छन्। 

राष्ट्रिय गौरवका आयोजनाहरु, भेरी बबई आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रो पावरहरूलगायत सञ्चालित आयोजनाहरुका लागि नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएर विदेशी श्रमिकहरु आइरहेको विभागले जनाएको छ। 

चालु आर्थिक वर्षको ४ महिना (साउन देखि कात्तिकसम्म) ३ सय ३३ विदेशी श्रमिकहरुले नयाँ श्रम स्वीकृति लिएका छन् भने ५ सय ३० जनाले श्रम स्वीकृति नवीकरण गराएका छन्। 

नेपालमा श्रम गर्न आउने सबैभन्दा बढी चिनियाँ
नेपालमा श्रम गर्न आउने विदेशीहरूमध्ये सबैभन्दा बढी चिनियाँ श्रमिकहरु छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको २०७३ सालदेखि हालसम्मको तथ्यांक हेर्दा नेपालमा श्रम गर्न ६ हजार ४ सय ७५ जना गैरनेपाली (विदेशी) श्रमिकहरुले श्रम स्वीकृति लिएका छन्। जसमध्ये सबैभन्दा बढी चिनियाँ ४ हजार ६ सय ३५ जना छन्।

चिनियाँपछि भारतीय १४५ श्रमिकले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ। भारतबाट रोजगारीका लागि नेपाल आउने श्रमिकहरुलाई श्रम स्वीकृति अनिवार्य भने गरिएको छैन। भारतबाट हजारौँको संख्यामा श्रमिकहरु रोजगारीका लागि आउने गरे पनि केही ठूला आयोजना तथा कम्पनीका लागि आउने श्रमिकहरुले मात्र श्रम स्वीकृति लिने गरेको  विभागले जनाएको छ। 

नेपालमा श्रम गर्न आउँछन् ९० भन्दा बढी देशका श्रमिक 
नेपालमा श्रम गर्न ९० भन्दा बढी देशका श्रमिकहरु आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले देखाउँछ। अफगानिस्तान, अर्जेन्टिना, अर्मेनियाँ, अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, बेल्जियम, भुटान, बोलिभिया, ब्राजिल, कम्बोडिया, क्यामेरुन, क्यानडा, चीन, कोलम्बिया, कोस्टारिका, डेनमार्क, इजिप्ट, फिनिल्याण्ड, फ्रान्स, जर्मनी, घाना, ग्रिस, भारत, जापान, मलेसिया, मेक्सिको, मोरक्को, म्यानमार, न्युजिल्याण्ड, फिलिपिन्स, पाकिस्तान, नर्वे, साउथ अफ्रिका, स्पेन, टर्की, युगाण्डा, भियतनाम लगायत मुलुकबाट श्रमिकहरु रोजगारीका लागि नेपाल आउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा रोजगारीका लागि आउने विदेशी श्रमिकहरु अधिकांश उच्च दक्षता भएका छन्। विदेशी लगानीमा सञ्चालन हुने अधिकांश आयोजनाहरुमा लेवर कामका लागि समेत विदेशी श्रमिकहरु आउने गरेका छन्। विशेष गरी नेपालमा दक्ष श्रमिकहरुको अभावका कारण पनि विदेशी श्रमिकहरु ल्याउने गरिएको विभागले जनाएको छ। 

कुनै पनि विदेशी श्रमिकलाई छैन रोक, श्रम स्वीकृतिमा थप सहज
नेपाली श्रमिकहरुका कतिपय रोजगारदाता मुलुकहरुले कोरोना महामारीको कारण देखाउँदै विदेशी श्रमिकहरु आवागमनमा रोक लगाए पनि नेपालले भने विदेशी श्रमिक आगमनमा रोक लगाएको छैन। बरु विदेशी श्रमिकहरुलाई श्रम स्वीकृतिका लागि थप सहज व्यवस्था गरिदिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। 

‘यो अवस्थामा श्रम स्वीकृतिका लागि विभाग धाइरहन नपरोस् भनेर हामीले सहज व्यवस्था गरेका छौँ। उहाँहरु श्रम स्वीकृतिका लागि विभाग धाइरहनुपर्दैन। जुन कम्पनीले विदेशी श्रमिकहरु ल्याएको छ। उक्त कम्पनीका प्रनिनिधिहरुसँग श्रमिकको विस्तृत विवरण फोनबाटै बुझेर हामीले श्रम स्वीकृति दिने व्यवस्था गरेका छौँ,’ विभागका प्रवक्ता गोपले भने।

विदेशी श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा
सरकारले नेपालमा कार्यरत विदेशी श्रमिकहरुलाई पनि अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने व्यवस्था गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोषमा आबद्ध हुने विदेशी श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत तथा रोजगारदाताका तर्फबाट मासिक २० प्रतिशत मासिक रुपमा कोषमा जम्मा गर्नुपर्दछ। कोषमा योगदान गरेका विदेशी श्रमिकहरुले नेपाली श्रमिकसरह सेवासुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ। उनीहरुले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्धअवस्था सुरक्षा योजना अन्तर्गतका सबै सेवासुविधा प्राप्त गर्न सक्छन्।  तर तेस्रो योजनाका रुपमा अघि सारिएको आश्रित परिवार योजनामा भने विदेशी कामदारको हकमा केही हेरफेरको तयारी थालिएको कोषले जनाएको छ। कार्यविधि संशोधनका क्रममा यो योजनाअन्तर्गत विदेशी श्रमिकको मृत्यु भएको हकमा आश्रित परिवारलाई एकमुष्ठ ७ लाख दिने गरी तयारी थालिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। 

हालको व्यवस्थामा भने योगदानकर्ताको जुनसुकै कारणले मृत्यु भए पनि योगदानकर्ताका आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आजीवन पाउँछन्। मृतक योगदानकर्ताका छोराछोरीले १८ वर्ष उमेर पूरा नहुँदासम्म शैक्षिकवृतिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक रुपमा र दुई वा दुईभन्दा बढी सन्तान रहेको हकमा ६० प्रतिशत रकमलाई दामासाही उपलब्ध गराइन्छ। त्यस्तै मृतक योगदानकर्ताको अन्तिम संस्कारका लागि २५ हजार कोषबाट उपलब्ध गराउने व्यवस्था छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्