काठमाडौं- मोहनप्रसाद पाण्डेले संघीय संसद सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार अपराह्न उनलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
स्याङ्जाका पाण्डे समानुपातिक तर्फबाट सांसद बनेका हुन्।
कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा पाण्डेले अवसर पाएका हुन्। निर्वाचनअघि कांग्रेसले निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीको खस आर्य वर्गतर्फ केसीपछि पाण्डेको नाम उल्लेख थियो।
केसीको गत कात्तिक १७ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।