काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताको नजरमा इतिहाँसकै असफल ओली सरकारसँग सम्झौता नगर्न आग्रह गरेका छन्। आइतबार एक ट्वीट गर्दै उनले केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाएको निर्णय गरिसकेकाले यो सरकारसँग सम्झौता नगर्न आग्रह गरेका हुन्।
‘हामीले बारम्बार ओली प्रवृत्तिलाई इन्कार गरेका छौं। केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाइसकेको निर्णय गरिसकेको छ‚’ पौडेलले लेखेका छन्‚ ‘जन नजरमा इतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस्। हेक्का रहोस्‚ कांग्रेस एउटा व्यक्ति होइन‚ लाखौं सहिदको बलिदानले बनेको संस्था हो। पॅँच वर्ष हामी प्रतिपक्षमा रहन्छौं।’
नेकपाभित्र संकट बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।