काठमाडौं- काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका दुवै जना सिडिओलाई मन्त्रालय तानेको हो। काठमाडौंका सिडिओ जनकराज दाहाल र भक्तपुरकी सिडिओ हुमकला पाण्डे थिए।
उनीहरुका ठाउँमा कालिप्रसाद पराजुली र प्रेम भट्टराईलाई पठाइएको छ। पराजुलीलाई काठमाडौंको सिडिओ बनाएर पठाइएको हो भने भट्टराईलाई भक्तपुरमा सिडिओ बनाइएको गृह स्रोतले बताएको छ।
यसअघि पराजुली मन्त्रालयमा थिए। भट्टराईलाई धनुषाबाट भक्तपुरमा पठाइएको हो। धनुषाको सिडियो सहसचिव बन्धु बास्तोला भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।