काठमाडौं- प्रधानमन्त्री केपी ओली सोमबार बिहान इलाम र ताप्लेजुङ जाने भएका छन्।
सोमबार २ जिल्लाको विकास निर्माण अवस्थाको विषयमा अवलोकन गर्न प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत कात्तिक २६ गते ओली संखुवासभाको किमाथान्कालगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए। पछिल्लो समय ओली पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि विकास निर्माण अवलोकन गर्न भन्दै उपत्यका बाहिरका जिल्लाको भ्रमणमा निस्कन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।