काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर परामर्श गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री ओलीले भारत र चीनबाट उच्च पदस्थ व्यक्तिहरूको भ्रमण हुन लागेकाले सुरक्षाका विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगला मंसिर ११ गते र चीनका रक्षामन्त्री वेई फेङ मंसिर १४ गते नेपाल आउने भएपछि प्रधानमन्त्रीले चारै सुरक्षा निकायका प्रमुखसँग परामर्श गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।