• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

नेपाली लजाउँछन्, भारतीय कवाडी बेचेर परिवार चलाउँछन् 

64x64
निर्मला घिमिरे शनिबार, मंसिर ६, २०७७  ०८:५२
1140x725

काठमाडौं– हरियो पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा लामबद्ध भएकाहरुलाई लामबद्ध हुनुको कारण सोध्नुस्। ‘देशमा अवसर छैन के गर्नु?,’ अधिकांशको जवाफ यही हुन्छ। 

के साँच्चै नेपालमा अवसर नै छैन त? यो प्रश्न नेपालमा कवाडी संकलन गरेर गुजारा टारिरहेका भारतीय श्रमिक सिकन्दर जादवलाई सोध्ने हो भने उनले भनिदिन्छन्– ‘नेपाल काम करने वालों के लिए अवसरों की खान है।’ अर्थात् काम गर्नेहरुका लागि नेपाल अवसरको खानी हो। 

हुन पनि उनका लागि नेपाल अवसरकै खानी बनेको छ। शारीरिक अशक्तता भएर पनि ३५ वर्षीय सिकन्दरले नेपालमा कवाडी संकलन गरेरै भारतको उत्तर प्रदेश मोतिहारीमा रहेको आफ्नो ६ जनाको परिवार पालिरहेका छन्। केही समय अगाडि पक्षघातका कारण उनको आधा शरीर नचल्ने भएको थियो। तर पक्षघात जितेर पाखुरीसँगै उनी हिजोआज परिवार चलाइरहेका छन्। एउटा आँखा पनि फुलो परेको छ। आँशु बगिरहन्छ। ‘आँखा फुली परेको छ। यो हात पनि राम्रो काम गर्दैन हजुर, पहिले त आधा शरीर नचल्ने भएको थियो । लेकिन प्रभुका दया न, कुछ ठीक हो गया। कमाने खानेके लिए हो गया,’ काम गरेर खान सक्ने भएकोमा उनी निकै खुसी देखिन्छन्। 

सिकन्दर कामको सिजन ९उनको कामका लागि सिजन भनेको वैशाख र जेठको २ महिना, अनि दसैंअगाडि भदौ र असोजको केही समय० मा काठमाडौं छिर्छन् ।  बिहानै उठ्छन् । साइकल लिएर बोत्तल, कागज, फलाम, भन्दै उनी उपत्यकाका अधिकांश स्थान चहार्छन्। सामान संकलन गरेर  ल्याउँछन् र कवाडी संकलन केन्द्रमा बिक्री गर्छन् । यसै गरेर उनले मासिक २० देखि ३० हजारसम्म कमाइ गरिरहेका छन्। 

नेपालमा विद्यालय भर्ना हुने बेलामा वैशाखदेखि जेठसम्म किताब कापी पाइन्छ। अनि दसैं भन्दा केही अगाडिको समयमा चाहिँ कवाडहरु पाइन्छ। 
‘यस्तै छ हजुर कवाडको सिजनमा नेपाल आउँछु,’ सिकन्दर भन्छन्, ‘अरु बेला पञ्जाबमै खेतको काम गर्छु।’ खेतको काम पनि धान, गहुँ काटेर भित्र्याउने बेलामा मात्रै पाउँने हुँदा उनी ७ वर्षदेखि नेपालमै निर्भर छन्। कबाडी संकलन गरेकै पैसाले उनी घर खर्च चलाईरहेका छन्। ‘बालबच्चा साना साना छन्। अरु आम्दानीको बाटो केही छैन। ‘कवाडीमै दुःख गर्दा घरखर्च चलाउन पुगिरहेको छ हजुर, तर कोरोनाले गर्दा त माल पाउँदैन। कति समय काम पनि भएन,’ सिकन्दरले सुनाए। 

कोरोनाको समयमा सिकन्दरलाई निकै गाह्रो पर्‍यो। कवाडी संकलनको काम पनि ठप्प भयो। काम ठप्प भएसँगै मुखमा माड लगाउने बाटो बन्द भयो। राहत पाइन्छ कि भनेर यताउता बुझे। ‘इन्डियामा त हामीहरुको रासन कार्ड हुन्छ। यहाँ राहतका लागि नागरिकता चाहिन्छ भनेको थियो। नागरिकता थिएन। मारवाडीले बाँडेको थोरै राहत पाइयो त्यसले २–३ छाक टर्‍यो,’ उनले भने। वडाबाट ५ किलो चामल राहत लिन नागरिकता चाहिने भनेपछि उनले त्यो राहत त पाउने कुरै भएन। यहाँ मुस्किल हुँदै गएपछि उनी मोतिहारी नै फर्किए। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना महामारीपछि नेपालमा लकडाउन खुकुलो भएसँगै पुनः नेपाल फर्किएका उनी पहिलेजस्तो कमाइ नभएको बताउँछन्। यो समयमा उनले मासिक १५ हजारसम्म मुस्किलले कमाइ गरे। 

मोतिहारीकै राजकिशोर पाण्डे ९५०० पनि सिकन्दरसँगै काम गर्छन्। उनीहरु एउटै कवाडी संकलन केन्द्रमा कवाडी संकलन गरेर बिक्री गर्छन्। कवाडी संकलन गरेर राख्ने गोदामकै कुनामा रात कटाउँछन्। उनले नेपालमा कवाडी संकलन गरेर गुजारा चलाउन थालेको २० वर्ष भयो। ‘सिजनमा नेपालमा फर्किन्छु। २÷४ महिना काम गर्छु। दुःख गरेअनुसार कमाइ ठीकै हुन्छ,’ राजकिशोर सुनाउँछन्।

उनले पनि कवाडी संकलन गरेरै ५ जनाको परिवार खर्च धानिरहेका छन्। छोराछोरी पढाएका छन् ।

राजकिशोरलाई नेपाल अवसरको खानी जस्तो लाग्छ। ‘अवसर नभए त हामी मोतिहारीबाट यहाँ किन आउँनु? काम गरेपछि कमाइ ठीकै हुन्छ। छोराछोरी पढाउन। घर खर्च चलाउन पुग्छ र पो हामी आउँछौँ,’ उनले भने। 

सिकन्दर र राजकिशोर मात्रै होइन अधिकांश भारतीय श्रमिकहरुले नेपालमा कवाडी संकलन गरेर राम्रो आम्दानी गरिरहेका छन्। तर कवाडी संकलनको काममा नेपालीहरु भने छिटफुटमात्र भेटिन्छन्। त्यो पनि तराईवासीहरु। 

अधिकांश नेपाली श्रमिकहरु नेपालमा अवसर नभएको भन्दै परिवार खर्च चलाउनकै लागि खाडीलगायत मुलुक चहार्छन्। बरु त्यहाँ पुगेर उनीहरु जस्तोसुकै काम गर्न पनि तयार हुन्छन्। तर खाडीको चर्को घाममा दिनरात पसिना बगाउँदा पनि अधिकांशको कमाइ नेपालमा कवाडी संकलन गर्नेहरुको जत्ति पनि नभएका घटनासमेत थुप्रै छन्।  यो दृश्यले नेपालमा अवसर नभएको होइन अवसरको सदुपयोग नगरिएको भन्ने प्रष्ट देखाउँछ। नेपालीहरु जस्तोसुकै काम नगर्ने, काम गरेर सानो भइएला कि १ इज्जत जाला कि १ यो काम गर्दा कसैले केही भन्ला कि१ भनेर लजाउने प्रवृत्तिले पनि देशको अवसर कुल्चिएर अवसरको खोजीमा परदेशिने प्रवृत्ति बढेको पाइएको छ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्