डडेल्धुरा- जिल्ला कारागारभित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनियन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ। कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो।
बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब कारागारलाई उपलब्ध गराएको थियो। कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा सचिव पुष्कर भण्डारीले बताए।
कानुनसम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको उनले बताए। यसले ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरु सहज हुनेछ। बजेट अभावका कारण भौतिक पूर्वाधारलगायत कानूनप्रदत्त विषयवस्तुहरुको पूर्ति नभएको अवस्थामा किताब र खेल सामग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।