लन्डन- इङ्ग्ल्याण्डका चर्चित ब्याट्सम्यान जेम्स भिन्स पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ।
उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ। सङ्क्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका हुन्।
कोरोना भाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन्। लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु सङ्क्रमित हुने क्रम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।