• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओरालो लाग्दै सिंहदरबार वैद्यखाना

64x64
रासस सोमबार, कात्तिक २४, २०७७  १७:२३
1140x725

काठमाडौं- करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ। आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो।

सरकारले २०५१ सालमा वैद्यखाना विकास समितिमार्फत सञ्चालनमा ल्याएको भए पनि वैद्यखाना झन खस्किँदै गएको छ। समितिले वैद्यखानाको विविधीकरण र विस्तार गर्दै १० वर्षमा २५ करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो। व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा उक्त लक्ष्य कागजमा मात्रै सीमित हुन पुगेको छ। विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि विगत दुई/तीन वर्षदेखि २५/३० प्रकारका औषधि मात्रै उत्पादन गरिरहेको वैद्यखानाका कर्मचारी बताउँछन्।

कर्मचारीका अनुसार प्रबन्ध निर्देशकको लापरवाहीका कारण दिन प्रतिदिन वैद्यखानाको उत्पादनमा कमी आउँदै गएको छ। यसतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण हुन नसक्नु ज्यादै दुःखद् विषय भएको कर्मचारीको भनाइ छ। वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले वैद्यखानालाई आफ्नो मनोमानी ढङ्गले सञ्चालन गर्दा उत्पादन न्यून भएको कर्मचारीको गुनासो छ। विगत एक वर्षदेखि शिलाजीतको मौज्दात सकिँदा पनि बोलपत्र आह्वान गर्न नसक्नु, आर्थिक वर्ष २०७६/०७७ मा एक करोड रुपैयाँभन्दा बढी जडीबुटीको टेण्डर हुँदा पनि झण्डै ५० प्रतिशत जडीबुटी मात्र खरिद गर्नु, बजारमा अत्यधिक माग हुँदाहुँदै पनि उत्पादन घटाउनुका कारण वैद्यखाना ओेरालो लाग्दै गएको बताइएको छ।

भौतिक पूर्वाधारले सम्पन्न उद्योग धारासायी हुने अवस्थामा पुग्न लागेको भन्दै वैद्यखानाका कर्मचारीले चिन्ता व्यक्त गरेका छन्। निजी क्षेत्रबाट सञ्चालित यस्तै आयुर्वेद उद्योग उत्पादनमा विविधीकरण गर्दै स्वदेश र विदेशमा बजार विस्तारमा सफल रहे पनि सरकारी लगानीको वैद्यखाना बन्द हुने अवस्थामा पुग्नुमा व्यवस्थापनकै कमजोरी रहेको कर्मचारीको ठहर छ। खर्च बढ्दो, उत्पादन घट्दो वैद्यखानाको उत्पादन घट्दो र प्रशासनिक खर्च बढ्दो क्रममा छ।

व्यवस्थापन पक्षले औषधिभन्दा प्रशासनतर्फ बढी रकम खर्च गर्ने गरेको बताइएको छ। वर्षमा झण्डै दुई करोडको हराहारीमा कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ। तर गत वर्षको उत्पादन हर्ने हो भन्ने त्योभन्दा पनि न्यून छ।

nimb
nimb
Ncell 2
Ncell 2

औषधिको उत्पादन घट्नुमा प्रशासनिक खर्च बढ्दै जानु र उत्पादनमा न्यून बजेट विनियोजन गर्नु पनि वैद्यखाना ओरालो लाग्नुका मुख्य कारण हो।

वैद्यखानाका योजना तथा तथ्याङ्क शाखाका अनुसार वैद्यखानाका उत्पादनको माग स्वदेशमा मात्र नभई विदेशमासमेत छ। निजी क्षेत्रको तुलनामा वैद्यखानाका उत्पादनको मूल्य र गुणस्तरसमेत प्रतिस्पर्धी रहेकाले बजारको समस्या छैन। बजारमा अत्यधिक माग रहेको शिलाजीत, च्यवनप्रास, पीडाहर मलहम, ताम्रचुडादीतैल, बाजीकरण शक्ति, अशोकारिष्टलगायत औषधिको अभाव हुँदा पनि सम्बन्धित निकाय मौन रहेको उपभोक्ताको गुनासो छ। यही अवस्था रहेमा वैद्यखानाको भविष्य सङ्कटमा पर्ने उनीहरुको भनाइ छ। निकट भविष्यमा वैद्यखानालाई कच्चापदार्थसमेत अभाव हुनसक्छ।

समयमा जडीबुटी नपाउनु पनि सिंहदरबार वैद्यखानाको अर्को समस्या र चुनौती दुवै रहेको दाबी प्रवन्ध निर्देशक खरेलको छ। उनले भने, 'सरकारले जडीबुटी प्रवर्द्धनमा चासो नदेखाएका कारण नै जडीबुटी अभावमा समस्या आएको हो।' उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ। तर वैद्यखानाले त्यस्ता औषधिको उत्पादन मागअनुसार हुन सकेको छैन।

प्रबन्ध निर्देशक डा खरेलले आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताए। बजारको माग अनुसार उत्पादनमा जोड दिएको उनको भनाइ छ।

सिंहदरबार वैद्यखाना विकास समितिले नेपालभरिका सरकारी आयुर्वेदिक अस्पताललाई बर्सेनि ठूलोमात्रामा आयुर्वेदिक औषधि बिक्री गर्दै आएको थियो। तर पछिल्लो समय यसमा पनि उल्लेखनीय कमी आएको बताइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवा... शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेकासशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहि... शनिबार, जेठ ३०, २०८३
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । शनिबार, जेठ ३०, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्