धादिङ- खनियाबास गाउँपालिकाले दार्खा स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा सुरुआत गरेको छ। अस्पताल सञ्चालनको लागि आवश्यक स्वास्थ्यकर्मी तथा भौतिक पूर्वाधार व्यवस्थापन गरी अस्पताल शुरुआत गरिएको जनाइएको छ।
मेडिकल अधिकृत, रेडियोग्राफर, ल्याब टेक्निसियन तथा नर्सलगायतका नयाँ जनशक्ति भर्ना गरिएको र पन्ध्र शय्याको अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आइतबहादुर तामाङले जानकारी दिए।
उनले बागमती प्रदेश सरकारले पाँच शय्याको अस्थायी कोभिड –१९ अस्पताल बनाउन सहयोग उपलब्ध गराएको र गाउँपालिकाले आफ्नो लगानी गरेर अस्पतालको रुपमा विकास गरिएको बताए।
जिल्लाको विकट क्षेत्रमा सरकारी तवरबाट अस्पताल सञ्चालन भएपछि स्थानीयबासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।