काठमाडौ- पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको आइतबार निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए।
उनलाई विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
सांसद लामा २०५६ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। उनी २०४९ सालमा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएका थिए। तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका लामा २०३३ सालमा नख्खु जेल विद्रोह (ब्रेक) गरेर बाहिर निस्की जनसमुदायमा राजनीतिक र सामाजिक परिवर्तनका निम्ति भूमिगत रुपमा भूमिका निभाएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।