काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रूपैयाँ तोकेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले वृद्धि भई एक हजार २७५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।