काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले दबाब र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले कानुन र नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन आग्रह समेत गरे।
‘नियम र कानुन हेरेर काम गर्नुहोस, कसैको दबाबमा नपर्नुहोस्,’ उनले भने, ‘कानुन र कर्तव्य सम्झिएर जनताको सेवा नै कर्मचारीको मूल लक्ष्य हो।’ गृह सचिव न्यौपानेले शान्ति सुरक्षा मजबुद बनाउँदै जीउधनको रक्षाका लागि क्रियाशील रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो। बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखका अतिरिक्त लमजुङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।