काठमाडौं- स्वास्थ्यावस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि शुक्रबार सिम्रिक एयरमार्फत् काठमाडौंं ल्याइएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।