काठमाडौ- नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा प्रतितोला १ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन ९७ हजार २०० मा कारोवार भएको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७ सय रूपैयाँमा कारोबार भएकामा शुक्रबार १ हजारले वृद्धि भई ९६ हजार ७०० मा कारोबार भएको छ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार २१० मा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला १ हजार २५५ मा कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।