• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
एमसिसीदेखि क्रिश्चियन मिसनरी कार्यक्रमसम्मलाई ७ अर्ब कर छुट
64x64
सविन मिश्र बुधबार, कात्तिक १९, २०७७  ११:४३
1140x725

काठमाडौं- सरकारले गैरसरकारी संस्था, क्रिश्चियन मिसनरी कार्यक्रमसहित अन्य धार्मिक गतिविधि सञ्चालन गर्ने संस्था र विकास आयोजनाका लागि ६ अर्ब ८५ करोड रूपैयाँ राजस्व छुट दिएको छ। गत आर्थिक वर्षको साउनदेखि फागुसम्मको अवधिमा त्यस्ता संस्थाले आयात गरेका २१ अर्ब ५९ करोड रूपैयाँ बराबरको वस्तुमा यो छुट दिइएको हो। 

अर्थ मन्त्रालयले तयार गरेको विवरणअनुसार युनाइटेड मिसन टु नेपाल नामक क्रिश्चियन मिसनरी कार्यक्रम सञ्चालन गर्ने संस्थालाई ५ लाख १८ हजार १५२ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले २२ लाख ४२ हजार रूपैयाँको सामान नेपाल भित्र्याउँदा त्यसमा लाग्ने राजस्व छुट दिइएको हो। 

युनाइटेड मिसन टु नेपालको वेबसाइटमा राखिएको विवरणअनुसार यो संस्थाले नेपालमा गरिबीको कारण पहिचान र समाधानका लागि जिसस क्राइस्टको नाम र भावनाअनुसार काम गर्ने गर्दछ। 

त्यसैगरी शंख चक्रधारी लक्ष्मीसहित श्री वेणु गोपाल भगवानको नाममा ९ लाख ३३ हजार रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले १९ लाख ८९ हजार रूपैयाँको सामान आयात गर्दा लाग्ने राजस्व छुट दिइएको हो। 

अर्थमन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार बुद्ध धर्म महाविधार सांगे छोएल गुम्बा काठमाडौंलाई ८७ हजार ३७३ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले आयात गरेका १ लाख ५० हजार रूपैयाँका वस्तुमा लाग्ने राजस्वमा छुट दिइएको हो। 

यस्तै तिमी र म नेपाल नामक गैरसरकारी संस्थालाई १३ लाख २ हजार ४४४ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले आयात गरेको ३६ लाख ५८ हजार रूपैयाँको सामान आयात गर्दा यो रकम कर छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ। 

रूपान्तरण नेपाल दैलेख नामक गैरसरकारी संस्थालाई ३६ लाख १३ हजार ९५४ रूपैयाँ राजस्व छुट दिने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ। यो संस्थाले आयात गरेका १ करोड ४ लाख रूपैयाँ बराबरका सामानमा लाग्ने कर छुट दिइएको हो। 

अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गत एमसिए नेपालले आयात गरेका वस्तुमा लाग्ने ७३ लाख ६ हजार रूपैयाँ राजस्व छुट दिइएको छ। एमसिएले आयात गरेका ३ करोड ८९ लाख रूपैयाँका वस्तुमा लाग्ने राजस्व छुट दिइएको हो। 

Ncell 2
Ncell 2

अधिकांश विकास आयोजनालाई सुविधा
अर्थमन्त्रालयले विकास निर्माणका आयोजनाहरूले आयात गर्ने वस्तुमा लाग्ने कर छुट दिएको छ। नेपाल विद्युत प्राधिकरण, सडक विभाग, विभिन्न अस्पताल तथा खेलकुद संस्थालाई पनि राजस्व छुट दिइएको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न ठेकेदार कम्पनीले पनि यो सुविधा पाएका छन्। स्वदेशी तथा विदेशी ठेकेदार कम्पनीलाई यस्तो सुविधा दिइएको छ। 

जिल्ला समन्वय समिति काभ्रे, हेल्भेटास नेपाल, हेल्पिङ ह्यान्ड्स फर रिलिफ एन्ड डेभलपमेन्ट, राष्ट्रिय खेलकुद परिषद, चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी, चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक, चाइना रेलवे ग्रुप कम्पनी तथा विभिन्न मन्त्रालयलाई यो सुविधा दिइएको छ। 

नेपाली सेनाले १ अर्ब ८७ करोड ५५ लाख रूपैयाँ कर छुट सुविधा पाएको छ। सेनाले आयात गरेका २ अर्ब ४५ लाख रूपैयाँका वस्तुमा लाग्ने यो राजस्व छुट दिइएको हो। 

संसदीय समिति र महालेखाको सधैं प्रश्न
सरकारले यसरी दिने कर छुटका विषयमा महालेखा परीक्षकको कार्यालय र संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले राजस्व छुटका विषयमा सरकारमाथि सधैं प्रश्न उठाउने गरेका छन्। यद्यपि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् यस्ता छुट सुविधा दिने गरेको छ। दातृ निकायको सहयोगमा सञ्चालन हुने आयोजनामा कर छुट दिनुपर्ने सम्झौता हुने भएकाले अधिकांश विकास आयोजनामा सरकारले यसरी राजस्व छुट दिन्छ। 

अर्थमन्त्रालयले राजस्व छुटको निर्णय गर्दा राजपत्रमा सूचना प्रकाशन गर्नुपर्छ। अर्थले भन्सार महसुल, अन्त:शुल्क र मूल्य अभिवृद्धि कर छुट दिने गरेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ११:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने नेपाल राष्ट्र बैंकका गभर्नरका डा.विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै १५ प्रतिशत लाभांश सम्बन्... शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) गभर्नर डा. विश्व पौडेलले शुक्रबार एक कार्यक्रमबिच मौद्रिक नीति सार्वजनिक गरेका हुन्। शुक्रबार, असार २७, २०८२
बैंकहरुमा राष्ट्रिय परिचयपत्र मार्फत केवाईसी संकलन हुने राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३  को मौद्रिक नीतिमार्फत यस्तो घोषणा गरिएको हो। शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्