• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एमसिसीदेखि क्रिश्चियन मिसनरी कार्यक्रमसम्मलाई ७ अर्ब कर छुट

64x64
सविन मिश्र बुधबार, कात्तिक १९, २०७७  ११:४३
1140x725

काठमाडौं- सरकारले गैरसरकारी संस्था, क्रिश्चियन मिसनरी कार्यक्रमसहित अन्य धार्मिक गतिविधि सञ्चालन गर्ने संस्था र विकास आयोजनाका लागि ६ अर्ब ८५ करोड रूपैयाँ राजस्व छुट दिएको छ। गत आर्थिक वर्षको साउनदेखि फागुसम्मको अवधिमा त्यस्ता संस्थाले आयात गरेका २१ अर्ब ५९ करोड रूपैयाँ बराबरको वस्तुमा यो छुट दिइएको हो। 

अर्थ मन्त्रालयले तयार गरेको विवरणअनुसार युनाइटेड मिसन टु नेपाल नामक क्रिश्चियन मिसनरी कार्यक्रम सञ्चालन गर्ने संस्थालाई ५ लाख १८ हजार १५२ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले २२ लाख ४२ हजार रूपैयाँको सामान नेपाल भित्र्याउँदा त्यसमा लाग्ने राजस्व छुट दिइएको हो। 

युनाइटेड मिसन टु नेपालको वेबसाइटमा राखिएको विवरणअनुसार यो संस्थाले नेपालमा गरिबीको कारण पहिचान र समाधानका लागि जिसस क्राइस्टको नाम र भावनाअनुसार काम गर्ने गर्दछ। 

त्यसैगरी शंख चक्रधारी लक्ष्मीसहित श्री वेणु गोपाल भगवानको नाममा ९ लाख ३३ हजार रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले १९ लाख ८९ हजार रूपैयाँको सामान आयात गर्दा लाग्ने राजस्व छुट दिइएको हो। 

अर्थमन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार बुद्ध धर्म महाविधार सांगे छोएल गुम्बा काठमाडौंलाई ८७ हजार ३७३ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले आयात गरेका १ लाख ५० हजार रूपैयाँका वस्तुमा लाग्ने राजस्वमा छुट दिइएको हो। 

यस्तै तिमी र म नेपाल नामक गैरसरकारी संस्थालाई १३ लाख २ हजार ४४४ रूपैयाँ कर छुट दिइएको छ। यो संस्थाले आयात गरेको ३६ लाख ५८ हजार रूपैयाँको सामान आयात गर्दा यो रकम कर छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ। 

रूपान्तरण नेपाल दैलेख नामक गैरसरकारी संस्थालाई ३६ लाख १३ हजार ९५४ रूपैयाँ राजस्व छुट दिने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ। यो संस्थाले आयात गरेका १ करोड ४ लाख रूपैयाँ बराबरका सामानमा लाग्ने कर छुट दिइएको हो। 

अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गत एमसिए नेपालले आयात गरेका वस्तुमा लाग्ने ७३ लाख ६ हजार रूपैयाँ राजस्व छुट दिइएको छ। एमसिएले आयात गरेका ३ करोड ८९ लाख रूपैयाँका वस्तुमा लाग्ने राजस्व छुट दिइएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकांश विकास आयोजनालाई सुविधा
अर्थमन्त्रालयले विकास निर्माणका आयोजनाहरूले आयात गर्ने वस्तुमा लाग्ने कर छुट दिएको छ। नेपाल विद्युत प्राधिकरण, सडक विभाग, विभिन्न अस्पताल तथा खेलकुद संस्थालाई पनि राजस्व छुट दिइएको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न ठेकेदार कम्पनीले पनि यो सुविधा पाएका छन्। स्वदेशी तथा विदेशी ठेकेदार कम्पनीलाई यस्तो सुविधा दिइएको छ। 

जिल्ला समन्वय समिति काभ्रे, हेल्भेटास नेपाल, हेल्पिङ ह्यान्ड्स फर रिलिफ एन्ड डेभलपमेन्ट, राष्ट्रिय खेलकुद परिषद, चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी, चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक, चाइना रेलवे ग्रुप कम्पनी तथा विभिन्न मन्त्रालयलाई यो सुविधा दिइएको छ। 

नेपाली सेनाले १ अर्ब ८७ करोड ५५ लाख रूपैयाँ कर छुट सुविधा पाएको छ। सेनाले आयात गरेका २ अर्ब ४५ लाख रूपैयाँका वस्तुमा लाग्ने यो राजस्व छुट दिइएको हो। 

संसदीय समिति र महालेखाको सधैं प्रश्न
सरकारले यसरी दिने कर छुटका विषयमा महालेखा परीक्षकको कार्यालय र संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले राजस्व छुटका विषयमा सरकारमाथि सधैं प्रश्न उठाउने गरेका छन्। यद्यपि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् यस्ता छुट सुविधा दिने गरेको छ। दातृ निकायको सहयोगमा सञ्चालन हुने आयोजनामा कर छुट दिनुपर्ने सम्झौता हुने भएकाले अधिकांश विकास आयोजनामा सरकारले यसरी राजस्व छुट दिन्छ। 

Xtrem

Xtrem

अर्थमन्त्रालयले राजस्व छुटको निर्णय गर्दा राजपत्रमा सूचना प्रकाशन गर्नुपर्छ। अर्थले भन्सार महसुल, अन्त:शुल्क र मूल्य अभिवृद्धि कर छुट दिने गरेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ११:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्